काठमाडौं । क्रिप्टोकरेन्सी एक्सचेन्ज बिनान्सका संस्थापक तथा पूर्व सीईओ चाङपेङ झाओलाई चार महिनाको जेल सजाय सुनाइएको छ ।
झाओलाई अमेरिकी सम्पत्ति शुद्धीकरण विरोधी कानूनको उल्लङ्घन गरेको आरोपमा दोषी ठहर गरिएको छ । अमेरिकी जिल्ला अदालतका न्यायाधीश रिचर्ड जोन्सले यो सजाय सुनाएका हुन् ।
अदालतले क्रिप्टोकरेन्सी एक्सचेन्जमा ४.३२ बिलियन डलर जरिवाना पनि लगाएको छ । जबकि, झाओले ५० मिलियन डलर जरीवानाका साथै युएस कमोडिटी फ्युचर्स ट्रेडिङ कमिसनलाई ५० मिलियन डलर तिरिसकेका छन् ।
विनान्सलाई अपराधीहरूलाई फाइदा हुने ‘वाइल्ड वेस्ट’ मोडल अपनाएको आरोप लागेको थियो । यस मोडल मार्फत हमास, अल-कायदा र इस्लामिक स्टेट लगायतका ठूला आतंकवादी संगठनहरूको एक लाख संदिग्ध लेनदेन रिपोर्ट गरिएका थिए ।
झाओको एक्सचेन्जले बाल यौन दुर्व्यवहार सामग्रीको व्यापारलाई समर्थन गरेको आरोप लगाइएको छ । झाओले अदालतमा भनेका थिए- 'मलाई माफ गर्नुहोस्, म विश्वास गर्छु कि जिम्मेवारी लिने पहिलो चरण गल्तीहरू पूर्ण रूपमा पहिचान गर्नु हो । यहाँ म एन्टि मनी लान्ड्रिङ ऐन लागू गर्न असफल भएँ, त्यो गल्तीको गम्भिरता महसुस गरेको छु ।'
झाओ क्रिप्टो बजारमा CZ को रूपमा चिनिन्छन् । झाओ जेल जाने अमेरिका र सम्भवतः संसारकै सबैभन्दा धनी व्यक्ति हुन् । ब्लूमबर्गका अनुसार झाओको कुल सम्पत्ति करिब ४३ अर्ब डलर रहेको छ ।
गत वर्ष नोभेम्बरमा अमेरिकी महान्यायाधिवक्ता मेरिक गारल्यान्डले विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बिनान्सलाई ४.३ अर्ब डलर जरिवाना लगाएका थिए । त्यसपछि झाओले आफ्नै कम्पनीबाट राजीनामा दिनुपरेको थियो । साथै आगामी ३ वर्षसम्म कम्पनीमा कुनै पनि व्यवस्थापकीय पदमा बस्न प्रतिबन्ध लगाइएको छ ।
बिनान्स २०१७ मा सुरु भएको थियो । बिनान्ससँग यसको इकोसिस्टममा धेरै क्रिप्टो एक्सचेन्जहरू छन् जुन यसले अधिग्रहण र निर्माण गरेको छ । यस बाहेक, यसको आफ्नै क्रिप्टोकरेन्सी, धेरै क्रिप्टो वालेटहरू र नयाँ क्रिप्टोकरन्सीहरू सुरू गर्न लन्चप्याड पनि छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: