Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

खबरडबली संवाददाता

काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्  । ओटावामा बुधबार आयोजित विशेष समारोहमा उहाँले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।     

ओहोदाको प्रमाणपत्र पेस गरेपछि गभर्नर जनरलसँग भएको शिष्टाचार भेटमा राजदूत पौड्यालले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट उनको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै क्यानडाका मित्रवत् जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गर्नुभएको ओटावास्थित नेपाली राजदूतावासले आज जनाएको छ ।     

राजदूत पौड्यालले नेपाल र क्यानडाबीचको मैत्रपूर्ण सम्बन्धबारे अवगत गराउँदै लोकतन्त्रको सुदृढीकरण, द्रुत आर्थिक विकासका निम्ति नेपाल सरकारले गरेका प्रयास तथा प्राथमिकताका सम्बन्धमा जानकारी दिएका थिए । सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्ने तथा अवरोधरहित रूपमा अतिकम विकसित देशको सूचीबाट स्तरोन्नत हुन भएका प्रयासबारे पनि उनले जानकारी दिएका थिए ।     

नेपालको सामाजिक–आर्थिक विकास तथा विषम परिस्थितिमा क्यानडाले अविराम सहयोग गरेकामा कृतज्ञता ज्ञापन गर्दै राजदूत पौड्यालले द्विपक्षीय व्यापार, पर्यटन, लगानी, प्रविधि हस्तान्तरण, दुवै देशका जनताबीचको सम्बन्ध विस्तार तथा दुवै पक्षलाई लाभदायक हुने आर्थिक साझेदारी अभिवृद्धि गनै क्यानडा सरकार तथा निजी क्षेत्रसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू प्रतिबद्ध रहेको बताए ।     

उक्त दूतावासका अनुसार गभर्नर जनरल सिमनले नेपालको नेतृत्वप्रति शुभेच्छा प्रकट गर्दै क्यानडा र नेपालबीचको सम्बन्ध सुमधुर रहेकामा प्रशन्नता व्यक्त गरे। साथै उनले पारस्परिक सम्बन्धलाई अझ प्रगाढ तुल्याउन क्यानडा सरकारबाट पूर्ण सहयोग हुने बताए ।     
     
त्यस अवसरमा क्यानडा सरकारका उच्च पदस्थ अधिकारीका साथै उक्त दूतावासका कर्मचारीको उपस्थिति थियो ।     

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संयुक्त रणनीति बनाउन कांग्रेसले बोलायो विपक्षी दलहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसले विपक्षी दलहरुको संयुक्त बैठक बोलाएको छ । संसदमा जारी अवरोधपछि उत्पन्न परिस्थितीका बारेमा छलफल गर्न कांग्रेसले विपक्षीदलहर...

सरकारमा संलग्न स्वेत अपराधीहरूलाई कारबाहीको दायरामा ल्याउनु पर्छः नैनसिंह महर

कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राख्न महरको माग

काठमाडाैं महानगरका प्रमुख बालेनविरुद्ध कुटपिट र लुटपाटको मुद्दा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित काठमाडौं महानगरपालिकाका ३ जनाविरुद्ध मुद्दा दायर ...

काठमाडौं महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं  । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटलाई नागरिक केन्द्रीत तथा सहभागितामा आधारित बनाउन सुझाव मागेको छ । ...

धरौटीमा रिहा भए रवि ओड

काठमाडौं  । नेपाल आइडल फेम गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दा लागेका ओडलाई जिल्ला अदालत कञ्चनपुरले ५ लाख धरौटीमा रिहा गरेको...

नेपालकाे संसदीय इतिहासलाई फर्केर हेर्दा

उपसभामुखलाई चड्कनदेखि सांसद-मन्त्रीबीच हात हालाहाल र ब्रिफकेस तोडफोडसम्म

जनकपुरमा युवा संघले गर्याे देउवा र गुरुङको पुत्ला दहन

जनकपुरधाम ।युवा संघ नेपालले जनकपुरमा  कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति धनराज गुरुङको पुत्ला जलाएका छन् । उनीहरूले जनकपुरको जनकचौकमा  सभाप...

सत्तामा बस्नेहरूले उत्तर दिने हो, प्रश्न गर्न मिल्दैनः प्रदीप पौडेल

काठमाडौं । कांग्रेस सांसद प्रदीप पौडेलले सत्तामा बस्नेहरूले प्रश्न गर्न नमिल्ने बताएका छन्। काठमाडौंमा बिहीवार आयोजित प्रजातान्त्रिक विचार समाजको कार्...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि

काठमाडौं। नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी डाटा चलाउनका लागि विभिन्न प्रकारका इन्टरनेट सुविधा उपलब्ध गराइरहेको छ। इन्टरनेट सुविध...

काेशीमा भागबण्डा नमिल्दा पछि धकेलियो सरकार विस्तार

विराटनगर । भागबण्डाको टुंगो लगाएर आजै सरकार विस्तार गर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तयारी मन्त्रालय भागबण्डामा सहमति नहुँदा धकेल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies