Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

नेपालकाे संसदीय इतिहासलाई फर्केर हेर्दा

उपसभामुखलाई चड्कनदेखि सांसद-मन्त्रीबीच हात हालाहाल र ब्रिफकेस तोडफोडसम्म

खबरडबली संवाददाता

काठमाडौं । जनप्रतिनिधिहरूकाे  सर्वोच्च संस्था प्रतिनिधिसभा नै रणमैदान बन्यो भन्दा जाेकाेही पनि अचम्मित हुन्छन् होला । तर, बिहीबारको संसद बैठक कुनै रणमैदान भन्दा फरक थिएन ।

नेपालको संसदीय इतिहासमा यो पहिलो घटना भने होइन । संसदमा भएको आजको घटना नेपालको संसदीय इतिहासमा पुनः नदोहोरीएला भन्न पनि सकिन्न किनकी संसद बैठकमा यस अघिपनि पटक-पटक यस्ता घटना नभएका भने होइनन् ।

दलहरू संसदीय मर्यादाप्रति गम्भीर नहुँदा, सरकारले विपक्षीलाई विश्वासमा लिन नसक्दा, प्रतिपक्षले सरकारप्रति प्रतिशोध साँध्ने स्थानको रुपमा सदनलाई प्रयोग गर्दा र सभामुखहरूले पनि सत्ता-प्रतिपक्षीबीचको टकराव प्रकट गर्ने थलोको रुपमा सदनलाई प्रयोग हुन नदिने चलाखी अपनाउन नसक्दा बेलाबखत यस्ता मुठभेडहरू निम्तिने गरेका छन् ।

२०४६ को जनआन्दोलन पछि भएका निर्वाचनबाट निवाचित जनप्रतिनिधिहरुले  नेपालको संसदीय अभ्यासका क्रममा पटकपटक झडप गरेका छन् ।

कुन-कुन समयमा भएका थिए त सदन भित्रै झडप ?

नेपालको संसदीय इतिहासलाई फर्केर हेर्दा संसद भवन भित्र पटक-पटक झडप भएका छन् । मूख्य गरी ०५० काे दशकमा तीन पटक, ६० र ७० काे दशकमा एक-एक पटक झडप भएका थिए भने बिहीबार पनि संसद कुनै रणमैदान भन्दा कम रहेन । 

यी त केही प्रतिनिधि मूलक ङटना मात्र हुन्, नेपालको संसदीय इतिहासमा यसरी संसदलाइ नै रणमैदान बनाइएका अन्य घटनाहरू पनि अनगिन्ती रहेका छन्  ।

उपसभामुखलाई चड्कन

२०५० चैत ११ को प्रतिनिधि सभा बैठकलाई उपसभामुख महन्थ ठाकुरले चलाइरहेका थिए। खानी तथा खनिज पदार्थ (पहिलो संशोधन विधेयक) माथि मतविभाजन माग गर्‍यो, प्रमुख प्रतिपक्षी एमालेले । सत्तापक्षका धेरै सांसद अनुपस्थित भएकाले त्यस्तो माग गरिएको थियो । परिणाम घोषणा गर्नेबेलामा सत्तापक्षीय सांसद बालाराज कार्की र प्रकाश कोइराला सभामा प्रवेश गरेर मतदानमा भाग लिन पाउनुपर्ने माग राखे । उता प्रतिपक्षले परिणाम सुनाउन दबाब दियो। परिणाम सुनाउँदा सत्तापक्ष हार्ने निश्चित थियो । होहल्लाका बीच बैठक स्थगित भयो । त्यसपछि सदनमा झडप सुरु भयो । उपसभामुख ठाकुरमाथि पनि चड्कन प्रहार भएको थियो । कुर्सी तोडफोड भएको भयो । हानाहानमा कुर्सी, माइकका डण्डीदेखि चुरोटका बट्टासमेत प्रहार भएका थिए ।

संसद् बैठक स्थगित हुँदा पनि भिडन्त जारी

२०५५ असोज १ गतेको बैठकमा ‘स्थानीय स्वायत्त शासन विधेयक’ कार्यसूचीमा थियो । सभामुखले स्थानीय विकास मन्त्री केशवलाल श्रेष्ठलाई विधेयक प्रस्तुत गर्न समय दिनासाथ एमालेका सांसदहरुले विरोध सुरु गरे । उसका सबैजसो सांसदहरू रोस्ट्रमतर्फ लागे । मर्यादापालकले रोक्ने प्रयास गरे । त्यसपछि सत्ता पक्ष र विपक्षीबीच झडप सुरु भयो । सदन २० मिनेटसम्म रणभूमिमा परिणत भयो । संसद् बैठक स्थगित भइरहँदा पनि भिडन्त जारी रह्यो ।

 सांसद र मन्त्रीबीच  हात हालाहाल

२०५७ फागुन ८ को प्रतिनिधि सभा बैठकमा सभामुख तारानाथ रानाभाटले बैठकको सुरुवातमै पर्यटनमन्त्री ओमकार श्रेष्ठलाई समय दिए । उनी रोस्ट्रमतिर अघि बढेका थिए । उनी अघि बढेसँगै एमालेका सांसदहरू पनि उठेर अघि बढे । जबर्जस्ती संसद चलाउन खोजेको भन्दै एमालेले विरोध गर्न थाल्यो । त्यतिबेला मन्त्री रोष्टममा पुगेका मात्रै थिए, एमालेका सांसदहरुले समातेर अगाडि बढ्न दिएनन् । त्यसपछि एमालेका सांसदहरू र मन्त्रीबीच केही बेर हात हालाहाल भयो ।

ब्रिफकेस ताेडफाेड

२०६७ मंसिर ३ गतेको व्यवस्थापिका संसद् बैठकमा सभामुख सुवास नेम्वाङले तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई बजेट वक्तव्य प्रस्तुत गर्न समय दिएका थिए । सोही अनुसार पाण्डे बजेट वक्तव्य राखिएको ब्रिफकेस बोकेर रोस्ट्रमतर्फ जान लाग्दै थिए । माओवादी सांसदहरुले उनलाई घेरे । र, ब्रिफकेस नियन्त्रणमा लिएर फुटाइदिए । 

बजेट ल्याउने विषयमा सत्ताधारी कांग्रेस-एमाले र प्रतिपक्षी माओवादीबीच केही दिनयता विवाद थियो । सत्तापक्ष पूर्ण बजेट र माओवादी आंशिक बजेटको पक्षमा थिए । सहमतिको प्रयास भइरहेको थियो । जसका कारण दिउँसो २ बजेका लागि बोलाइएको त्यसको दिनको संसद् बैठक नै राति १० बजे सुरु भएको थियो । तर, सहमति नजुट्दै सरकारले बजेट ल्याउने भएपछि सदनमा माओवादीले उग्र व्यवहार गरेको थियो ।

बैठकमै तोडफोड

२०७१ माघ ५ को संविधानसभाको बैठकबाट संविधान लेखन कार्य नियमावलीको व्यवस्था अनुसार मतदान प्रक्रियाबाट ‍अघि बढाइन खोजिँदैथियो । सत्तापक्षको त्यस किसिमको तयारी थियो । अर्कोतिर माओवादीले र ऊ वरिपरिका दलहरुले भने सहमतिको वकालत गरिरहेका थिए । सो बैठकमा संविधानसभा अन्तर्गतको राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले पनि सम्बोधन गरेका थिए । उनले कडा भाषण गरेका थिए ।

सभाध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समिति गठन गर्न कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठलाई समय दिएका थिए । त्यस लगत्तै माओवादी सभासदहरू रोस्ट्रम घेराउ गर्न पुगेका थिए । केही सभासद् सभामुखको स्थानमा पुग्ने प्रयासमा थिए । उनीहरूलाई मर्यादापालकले रोकेका थिए । त्यसपछि बैठकमा तोडफोड चल्यो । केही बेरपछि बैठक स्थगित भयो ।

शिर्षनेता नै धकेला धकेलमा

२०८१ जेठ ३ गतेको प्रतिनिधि सभा बैठकमा पनि कांग्रेस र एमालेका सांसदहरूबीच धकेलाधकेलको स्थिति उत्पन्न भयो ।

विभिन्न सहकारीमा जम्मा भएको रकम हिनामिना भएको र त्यसमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय समिति गठनको माग गर्दै आएको थियो । र समिति गठन नभएसम्म सदन चल्न नदिने भन्दै अवरोध पनि गर्दै आएको थियो । सहमतिको प्रयत्न चलिरहेको भए पनि त्यसले निष्कर्ष पाइसकेको थिएन ।

बिहीबारको बैठक पनि सुरु हुनासाथ कांग्रेसले वेल घेराउ गरेको थियो । तर सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रलाई पटकपटक गरी पढिसकेर गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएपछि झडपको स्थिति बनेको थियो । त्यतिञ्जेल सबै जसो पार्टीका सांसदहरू उठेका थिए । एमालेकै सांसदहरू पनि आ-आफ्नो ठाउँबाट उठेर वरपर पुगिरहेका थिए । त्यस क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस उपसभापति धनराज गुरुङ आमनेसामने भएका थिए । त्यहाँ दुवै उत्तेजित देखिन्थे । गुरुङले भने हात उठाएर चर्को स्वरमा ओलीको प्रतिवाद गरेका थिए । एमालेका सांसदहरू महेश बर्तौला, ठाकुर गैरे तथा सूर्य थापा ओलीको ‘सुरक्षा’का लागि ओली र गुरुङको बीचमा पुगेपछि धकेलाधकेलको स्थिति उत्पन्न भएको थियो ।

सभामुखले समय दिएका गृहमन्त्री लामिछाने रोस्ट्रममा जानै पाएका थिएनन् । उनले पुनः आसन ग्रहणका लागि अनुरोध गरे । उनले कार्यसूचीका बाँकी सूचीलाई हटाए र बैठक स्थगित गरिदिए । यता वेलमा नाराबाजी र धकेलाधकेल जारी थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्रिकेट विश्वकप लिग–२ मा नेपाल र अमेरिका भिड्दै

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुँदैछ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदा...

चोकचोकका विशाल बोर्ड रित्तिए, डिजिटल विज्ञापनले खायो बजार

काठमाडौं । एक समय यस्तो थियो, सहरका चोक–चोकमा ठडिएका होर्डिङ बोर्डमा विज्ञापन राख्न कम्पनीहरूबीच प्रतिस्पर्धा चल्थ्यो । कसको बोर्ड कहाँ देखिने भन्ने ह...

कहिले गृह, कहिले बालुवाटार- गुप्तचर विभाग किन बन्छ सत्ता संघर्षको मोहरा ?

काठमाडौं । नेपालका शक्तिशाली तर सधैँ छायाँमा रहने निकायमध्ये एक हो राष्ट्रिय अनुसन्धान विभाग । सरकार बदलिँदा यसको ‘बास’ पनि बदलिने पुरानो प्रवृत्ति फे...

सुकुमबासी’ भन्दै वन अतिक्रमण, ३५ मध्ये २ घर मात्रै सुकुमबासी

बाराको ३ नं पुलबाट चार दशक पुरानो अतिक्रमण हटाइयो, ‘सुकुमबासी’ दाबी कमजोर बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाराको ३ नं पुल क्षेत्रमा च...

श्रम संस्कृति पार्टीको कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित

सुुनसरी । श्रम संस्कृति पार्टी कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित भएका छन् ।सुनसरीकाे धरानमा भएको प्रदेश भेलाले खोटाङका राईलाई अध्यक्षमा निर्व...

६० वर्षमा एसईई पास : भक्तपुरका आमा–हजुरआमाले तोडे उमेरको बाधा

भक्तपुर । “पढ्ने रहरलाई उमेरले छेक्दैन” भन्ने भनाइ भक्तपुरकी ६० वर्षीया रमिनकुमारी राईले व्यवहारमै प्रमाणित गरेकी छन् । जीवनभर घरपरिवार, विवाह र छोराछ...

दुई दिनको वर्षाले काभ्रेका किसानलाई ४६ करोडको चोट

काभ्रेपलाञ्चोक । वैशाख १२ र १३ गते परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकका किसानलाई ठूलो आर्थिक मार परेको छ । प्रारम्भिक विवरणअनुसार पनौती नगरपालिका र बे...

आजको मौसम : केही ठाउँमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरप...

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको ...

मनसुनको चेतावनी : २ लाखभन्दा बढी जनता प्रभावित हुनसक्ने

काठमाडौँ । यस वर्षको मनसुनले देशभर ठूलो जनधनको क्षति पुर्‍याउन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending