Ntc summer Offer
Khabar Dabali १९ जेष्ठ २०८१ शनिबार | 1st June, 2024 Sat
NIMB

काेशीमा भागबण्डा नमिल्दा पछि धकेलियो सरकार विस्तार

खबरडबली संवाददाता

विराटनगर । भागबण्डाको टुंगो लगाएर आजै सरकार विस्तार गर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तयारी मन्त्रालय भागबण्डामा सहमति नहुँदा धकेलिएको छ ।

मुख्यमन्त्री कार्कीले एमालेको तर्फबाट सरकार विस्तारको लागि तयारी भएपनि माओवादीबाट थप छलफलको माग भएको बताएका छन् ।

नेकपा माओवादी केन्द्र कोशी प्रदेशका इञ्चार्ज हरिबोल गजुरेलले आफ्नो पार्टीले आर्थिक मामिला तथा योजना मन्त्रालय पाउनुपर्ने अडान राखेकोमा सहमति नजुटेपछि आज सरकार विस्तार हुन नसकेको बताए । ‘अर्थ मन्त्रालयमा कुरा मिलेको छैन । अरू सबै विषय मिलिसकेको हो’ उनले भेन, ‘आजै मन्त्रीमण्डल विस्तार हुने सम्भावना कम भएको छ ।’

गत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री कार्कीले सोही दिन एमालेबाट रामबहादुर राना मगर र माओवादीबाट गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरेका थिए । उनीहरुलाई अहिलेसम्म विभागीय जिम्मेवारी दिइएको छैन ।

आर्थिक मामिला मन्त्रालय पाएको खण्डमा आफू मन्त्री हुनुपर्ने भन्दै माओवादी सांसद दुर्गाप्रसाद चापागाईंले पहल गरिरहेका छन् । तर, एमालेले आर्थिक मामिला मन्त्रालय सरकारको नेतृत्व गर्ने दलले नै राख्नु उपयुक्त हुने भन्दै भौतिक पूर्वाधार विकास मन्त्रालय लिन माओवादीलाई आग्रह गरेको छ । एमालेले आर्थिक मामिला एमालेले नै लिनेगरि यसअघि नै करिब सहमति भइसकेको भन्दै माओवादीभित्रको आन्तरिक छलफलको कारण आज सरकार विस्तार हुन नसकेको जनाएको छ ।

माओवादीले आर्थिक मामिला मन्त्रालय नपाए उप्रेतीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा दिने संभावना छ । माओवादीले निवर्तमान मुख्यमन्त्री केदार कार्कीको मन्त्रीमण्डलमा समावेश भएकाहरुलाई नै पुनः मन्त्रीमण्डलमा पठाउने तयारी रहेको छ । यसअघि मन्त्री रहेका उप्रेतीसहित राजेन्द्रकुमार कार्की र नारायणबहादुर मगर नै दोहोरिने माओवादीका एक पदाधिकारीले बताए ।

एमालेबाट पनि खोटाङका पाँचकर्ण राई, मोरङका लिलाबल्लभ अधिकारी र झापाका एकराज कार्की मन्त्री बन्ने निश्चित रहेको स्रोतले जनाएको छ । अहिले एउटा मन्त्रालय खाली राख्ने तयारीमा मुख्यमन्त्री छन् । सरकारलाई समावेशी बनाउन केहि राज्यमन्त्री बनाउने तयारी छ । मन्त्रीको आकांक्षी रहेका एमालेका सिर्जना राई र निरन राई राज्यमन्त्री बन्ने संभावना छ ।

यसअघि संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीको सरकारमा सहभागी भएकाहरु नै यसपटक एमालेबाट अवसर पाउने भएका छन् । बिहीबार सहमति जुट्न नसकेपनि शुक्रबारसम्ममा सरकार विस्तार हुने मुख्यमन्त्री निकट स्रोतले जनाएको छ ।

नेकपा (एकीकृत समाजवादी) हाल प्रतिपक्षीमा बसेको छ । यस्तै जसपा नेपालकी सांसद निर्मला लिम्बूले पनि आफूलाई मन्त्रीमण्डलमा समावेश गराउनु पर्ने दबाब दिइरहेको बताइएको छ । सोही कारण पनि एक मन्त्रालय खाली राख्नु परेको एमाले स्रोत बताउँछ ।

मुख्यमन्त्री कार्कीले गत वैशाख ३१ गते विश्वासको मत लिएलगत्तै एक हप्तामा मन्त्रीमण्डलले पूर्णता पाउने बताएका थिए । बजेट निर्माण गर्नुपर्ने साथै आर्थिक वर्षको अन्त्यमा बजेट खर्चलाई बढाउनु पर्ने प्रदेश सरकारलाई दबाब छ । सोही कारण पनि मन्त्रीमण्डल विस्तारको काम सकेर बजेट निर्माणमा लाग्ने मुख्यमन्त्रीको तयारी छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रेम सम्वन्धमा खटपाट भएपछि झापामा एक छात्रामाथि धारिलो हतियार प्रहार

झापा । पछिल्ले समय प्रेम सम्बन्धमा खटपट हुँदा प्रेम सम्बन्ध अप्रिय घटनामा परिणत हुन थालेको छ । झापामा यस्तै भएका कारण अर्को अप्रिय घटना घटेको छ। दम...

सडकको पहुँचसँगै सुगम बनेको निसेलढोर गाउँ

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका ५ स्थित निसेलढोर गाउँ । एक दशक अगाडिसम्म विकट रहेको निसेलढोर सडकको पहुँचसँगै अहिले सुगम बनेको छ ।  तस्बिरः डम...

टी-२० विश्वकप: कुन देशले कति पटक जिते ?

काठमाडौं। आइसीसी टी-२० विश्वकप आइतबारदेखि शुरु हुदै छ । जुन २९ सम्म हुने यस विश्वकपमा २० देशले भाग लिदै छन् । यस विश्वकपमा आयोजक अमेरिका र वेस्ट इण...

म्याग्दीमा कृषकलाई हाते ट्र्याक्टर वितरण

म्याग्दी  । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ का कृषकलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । परम्परागत कृषि प्रविधिलाई आधुनिकीकरण गर्दै कृषकको लागत घटाउन ...

बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ

इलाम । इलाममा बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ परेका छन् । इलामको माई नगरपालिका–१० ढोडेनीका ६६ वर्षीय दिलबहादुर राईको हत्या गरी फरार रहेका ३५ व...

नेपाल प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)मा बढुवाकालागि सिफारिस गरिएको छ । गृह मन्त्रालयको बढुवा समि...

यसवर्ष मनसुन भित्रिएपछि अत्यधिक वर्षा हुने पूर्वानुमान

काठमाडौं । नेपालमा आगामी १० दिनमा मनसुन भित्रिने भएको छ । नेपालको कोशी प्रदेशबाट अबको दशदेखि १२ दिनभित्र मनसुन भित्रिने विज्ञहरुको अनुमान छ । मनसुन...

करोडौँको निर्वाचन सामग्री प्रयोगविहीन

काठमाडौं। आवश्यकता र प्राविधिक विश्लेषणबिना खरिद गरिएका करोडौँ रुपियाँ बराबरको निर्वाचन सामग्री प्रयोगविहीन भएको छ । ती सामग्री अहिले निर्वाचन आयोगमा ...

भारतमा तातो हावाको लहर : ‘राष्ट्रिय सङ्कटकाल’ घोषणा गर्न उच्च अदालतको आग्रह

काठमाडाैं । भारतको एक अदालतले तातो हावाको लहरलाई लिएर राष्ट्रिय सङ्कटकाल घोषणा गर्न आग्रह गरेको छ । राजस्थान उच्च अदालतले चरम मौसमी समस्या र गर्मीका क...

देशभर चट्याङसहित वर्षा र केही स्थानमा तातो हावा चल्ने

काठमाडौं । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तर प्रदेशदेखि बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies