Khabar Dabali ४ जेष्ठ २०८३ सोमबार | 18th May, 2026 Mon
Investment bank

साउदीमा महिला फिटनेस प्रशिक्षकलाई ११ बर्षको जेल सजाय

खबरडबली संवाददाता

काठमाडौँ । साउदी अरब महिला अधिकारको दमनका लागि परिचित छ । पछिल्ला वर्षहरूमा महिलाका लागि धेरै सुधारहरू भएका छन्। अझै पनि यो देश धेरै हदसम्म पछाडि छ । पछिल्लो समय एक २९ वर्षीया फिटनेस प्रशिक्षकलाई उनको कपडा र उनले सोशल मिडियामा पोस्ट गरेको कारण ११ वर्षको जेल सजाय सुनाइएको छ ।

यसको विरोधमा मानवअधिकार संगठन एम्नेस्टी इन्टरनेशनलले साउदी अरबलाई उक्त महिलालाई सजायबाट मुक्त गर्न आग्रह गरेका छन् । मानाहेल अल(ओतैबीलाई जनवरीमा सजाय सुनाइएको थियो ।

यसैबीच साउदी अरेबियाले भने संयुक्त राष्ट्र मानव अधिकार कार्यालयलाई आफ्नो औपचारिक प्रतिक्रियामा अल-ओतैबीलाई सामाजिक सञ्जाल पोस्टको लागि सजाय दिइएको अस्वीकार गरेको छ । यसले उसलाई आतंकवादी अपराधको लागि दोषी ठहराएको र  उसको विचार र अभिव्यक्ति स्वतन्त्रताको अभ्यास वा उसको सामाजिक सञ्जाल पोस्टहरूसँग कुनै सरोकार नभएको बताएको छ ।

संयुक्त राष्ट्र संघले फिटनेस प्रशिक्षकलाई दोष दिएकोमा साउदी अरेबियाको आलोचना गरेको बताइएको छ ।

एम्नेस्टीका अनुसार अल(ओतैबीकी बहिनी फौजियामाथि पनि यस्तै आरोप छ, तर २०२२ मा सोधपुछका लागि बोलाएपछि उनी साउदी अरेबियाबाट भागेकी थिइन् । एम्नेस्टी अभियानकर्ताहरुले हालैका वर्षहरूमा साउदीको योजनाबद्ध महिला अधिकार सुधारहरूको खोक्रोपनलाई उजागर गरेको प्रतिक्रिया दिएका छन् ।

साउदी अरब एक कट्टर इस्लामिक देश हो, जुन पहिले वहाबी विचारधाराको सबैभन्दा ठूलो समर्थक थियो। तर सन् २०१७ मा साउदी अरबका युवराज मोहम्मद बिन सलमानले महिलाको हैसियतमा परिवर्तन ल्याउने वाचा गरेका छन् र कैयौं क्षेत्रमा सुधार पनि गरेका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्री अनुपस्थित भए पनि संसदीय समितिको बैठक बस्न सक्ने व्यवस्था हुँदै

काठमाडौं । प्रतिनिधिसभाको नियमावली संशोधनमार्फत मन्त्री उपस्थित नभए पनि संसदीय समितिको बैठक सञ्चालन गर्न सकिने व्यवस्था गर्न लागिएको छ। सोमबार बस्न...

बनेपास्थित सुकुमबासी होल्डिङ सेन्टरको संसदीय टोलीद्वारा निरीक्षण

काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालको नेतृत्वमा सोमबार बनेपा मा रहेको सुकुमबासी होल्डिङ सेन्टरको निरीक्षण गरेको छ। ...

सुनकोशीका दुई अस्थायी बेलिब्रिज निकालिए - खोटाङ पूर्वी तराईसँग सीधा यातायात सम्पर्कबाट विच्छेद

खोटाङ । निरन्तरको वर्षापछि सुनकोशी नदीमा पानीको बहाव बढेसँगै फरक-फरक सडकखण्डमा पर्ने फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज निकालिएको छ। यी अस्था...

फलफूलको रोगकिरा नियन्त्रणमा विषादीको विकल्पमा ‘जैविक झोल’ प्रयोग

म्याग्दी । म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना जोमसोममार्फत फलफूलबालीको रोगकिरा नियन्त्रणमा विषादी...

खगालगाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयमा खुसीयाली

हुम्ला । उत्तरी नाम्खा गाउँपालिका–३ को वडा केन्द्र खगालगाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयवासीले खुसीयाली मनाएका छन् । केही दिनअघि निर्माण सम्पन्न भ...

कञ्चनपुरमा घरभित्रै हत्या गरिएको अवस्थामा पुरुषको शव फेला

कञ्चनपुर। कञ्चनपुरमा घरभित्रै हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । दोधारा चाँदनी नगरपालिका–५, रकुनी टोलका ४५ वर्षीय लीलाराम सुनारको हत्य...

दश महिनामा करिब छ अर्ब राजस्व सङ्कलन

बागमती । आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा करिब रु छ अर्ब राजस्व सङ्कलन गरेको छ ।  कार्यालय प्रमुख ...

स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिक...

नेपाल बार एशोसिएशन ललितपुरमा नेकपाको सुवेदी प्यानलै विजयी

काठमाडौं । नेपाल बार एशोसिएशन ललितपुर को २९औं कार्यसमिति निर्वाचनमा नेकपा निकट कानुन व्यवसायीहरूले प्रभावशाली जित हासिल गरेका छन्। शनिबार सम्पन्न निर्...

सुन्धारा कारागारबाट जन्मकैद सजाय भोगिरहेकी महिला फरार

काठमाडौं । सुन्धारा कारागार बाट जन्मकैद सजाय भोगिरहेकी एक महिला कैदी मध्यराति फरार भएकी छन्। फरार हुनेमा विदुर नगरपालिका निवासी २५ वर्षीया सपना ताम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending