Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

सरकारले गरिबी निवारणमा जोड दिनुपर्छ: ओली

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले गरिबी निवारणमा विशेष जोड  दिनुपर्ने बताएका छन् । 

भूमि अधिकार तथा श्रमिक सङ्गठन नेपालले आज काठमाडौंमा आयोजना गरेको ‘महिला सशक्तीकरण सांस्कृतिक तथा व्यापार महोत्सव’ को उद्घाटन गर्दै उनले सरकारले जनताको आवास र  आम्दानीको स्थितिलाई सुदृढ र सुनिश्चित गर्दै गरिबी निवारणमा जोड दिनुपर्ने बताए । 

उनले हरेक मानिसले हावाहुरी, हिउँद, बादल र गर्मीजस्ता समस्याबाट बच्नका लागि सुरक्षित आभाव र आधुनिक सुविधा हुनुपर्नेमा बताए । अहिले पनि जनताले पौष्टिक र सन्तुलित आहार, सर्बसुलभ गुणस्तरिय शिक्षा, सहज र गुणस्तरीय उपचारजस्ता आधारभूत आवश्यकताका लागि लड्नुपरेको भन्दै यी आधारभूत आवश्यकता पूरा गर्नसक्ने गरि आम्दानीवृद्धि हुनुपर्ने उनको भनाइ थियो ।  

“म पहिलो पटक प्रधानमन्त्री हुँदा नेपालजस्तो देशमा अब भोकले कोही पनि नमरून भनेर अभियान सुरूगरेको थिए । मलाई हटाइएपछि त्यो अभियान रोकियो । अर्को पल्ट प्रधानमन्त्री हुँदा फेरि त्यसलाई अगाडि बढाए”, उनले भने,“त्यसकारण देश र जनताले भोगेका समस्याप्रति जिम्मेवार हुन सबैलाई  आग्रह गर्दछु ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सुकुम्बासीका बस्ती बनाउने अभियान सञ्चालन गरेर उपत्यकाका सुकुम्बासीलाई व्यवस्थापन गर्नुपर्ने बताए । उनले भने,“सुकुम्बासीको समस्या समाधान गर्नुपर्दछ । तीनै तहका सरकारले नागरिकको गास, बास, खान पाउने  अधिकारप्रति उत्तरदायी हुनुपर्दछ ।”  

उनले पार्टी जनताको काम गर्न उद्देश्यसहित आफ्नो पार्टी सरकारमा गएकाले जनताको पक्षमा काम गर्ने प्रयास अगाडि बढाइरहेको बताए । सङ्गठनका अध्यक्ष शान्ता चौधरीले सरकारले सुकुम्बासी समस्या समाधान गर्नुपर्नेमा जोड दिइन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पर्सालाई पूर्ण खोप युक्त जिल्ला घोषणा

वीरगञ्ज । पर्सा जिल्लालाई पूर्ण खोप युक्त जिल्ला घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय पर्साले राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्रमा ...

सफा हिमाल अभियानले दुई मानव अस्थिपञ्जर भेटायो

काठमाडौं । नेपाली सेनाको अगुवाइमा सञ्चालन भई रहेको सफा हिमाल अभियानमा सहभागी टोलीले सगरमाथाको चौथो क्याम्प बाट १ (एक) वटा तथा ल्होत्से हिमालको शिखर नज...

अछामको एक कपडा पसलमा आगलागी

धनगढी । अछामको एक कपडा पसलमा आगलागी भएको छ । जिल्लाको मेल्लेख गाउँपालिका–७ नन्देगडाका जमुना देवी दमाईंको कपडा पसलमा आगलागी भएको हो । सुदूरपश्चिम प्...

सुनसरीमा एक युवकमाथि प्रहरीले चलायो गोली

काठमाडौं । सुनसरीमा प्रहरीले लागूऔषध कारोबारी युवतीमाथि गोली हानेर नियन्त्रणमा लिएको छ । रामधुनी नगरपालिका-६ मा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्र...

शुक्रबार बिहान कांग्रेस संसदीय दलकाे बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले शुक्रबार बिहान ८: ३० बजे संसदीय द...

द्विपक्षीय सम्बन्धको भविष्यलाई सुदृढ बनाउन पुटिनसँग सहकार्य गर्न चिनियाँ सी तयार

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बेइजिङ आगमनपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देशबीचको द्विपक्षीय सम्बन्धको भविष्यलाई सुदृढ बनाउन संयु...

सुडानमा खाद्यसङ्कट पर्ने संयुक्त राष्टसङ्घीय अधिकारीको चेतावनी

एजेन्सी । संयुक्त राष्ट्रङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) का वरिष्ठ अधिकारीले बुधबार सुडानका युद्धग्रस्त क्षेत्रहरूमा अनिकालका कारण जीवन बचाउ...

उत्तरी गाजामा पाँच सैनिक मारिएको इजराइली सेनाको स्पष्टोक्ति

एजेन्सी । इजराइली सेनाले बिहीबार उत्तरी गाजा पट्टीमा पाँच जना सैनिक मारिएको बताएको छ । उक्त स्थानमा हमास लडाकुहरू विरुद्ध सात महिनाभन्दा बढी समयदेखि न...

जेठ १६ देखि शिल्पी थिएटरमा नाटक ‘अग्निचक्षु’ मञ्चन हुने

काठमाडौं । नाटक ‘अग्निचक्षु’ यही जेठ १६ गतेदेखि काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुने भएको छ । साइलेन्ट एक्टको प्रस्तुतिमा मञ्चन हुने ...

अब संसदीय छानबिन समिति बन्दैन: रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय छानबिन समिति नबन्ने बताएको छ । प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदैँ रास्वपाका सांसद म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies