Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

सङ्घीय मामिलाका काम ओझेल परेः मन्त्री जोशी

खबरडबली संवाददाता

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सामान्य प्रशासनको तुलनामा सङ्घीय मामिलाका काम ओझेलमा परिरहेको बताएका छन् । 

प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले मन्त्रालयको मुख्य जिम्मेवारी सङ्घीय मामिला र कर्मचारी व्यवस्थापन रहेकामा सङ्घीय मामिलाको काम ओझेलमा परेको महसुुस भएको बताए । मन्त्री जोशीले भने, “मन्त्रालयले केन्द्रीय, प्रदेश र स्थानीय सरकारबीच सुशासनको व्यवस्थापन गर्नुपर्छ तर त्यहाँ कानुनको अभावमा अहिले समन्वयको चुनौति छ । त्यसैले प्रदेश र स्थानीय सरकारका कामकारवाहीलाई प्रभावकारी र व्यवस्थित गर्न अप्ठ्यारो महसुस भइरहेको छ ।” 

उनले अहिले धेरैजसो समय सङ्घीयताभन्दा सामान्य प्रशासनका लागि खर्च गर्न परिरहेको र मन्त्रालयको पूँजीगत खर्च अत्यन्त न्यून रहेकोबारे पनि बैठकलाई जानकारी गराए । 

मन्त्रालय मातहत तराई–मधेश समृद्धि कार्यक्रम  र  नवप्रवद्र्धन कार्यक्रम सञ्चालनमा रहेका भए पनि ती कार्यक्रमका लागि विनियोजित बजेट हालसम्म निकासा नभएको सो अवसरमा जानकारी दिइयो । मन्त्री जोशीले बजेट निकासी व्यवस्थापनमा समितिबाट  सहयोगको अपेक्षा रहेको बताए । 

नेपाल सरकारका केन्द्रीय कार्यालय, प्रदेश कार्यालय सचिव र पालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा र पदस्थापनको जिम्मेवारी मन्त्रालयले  गर्दैआएको छ ।

त्यस्तै, सुशासनप्रवर्द्धन र भ्रष्टाचार न्यूनिकरणका क्षेत्रमा देखिएका समस्या, कमजोरी र असन्तुष्टि अन्त्य गर्न सबै पक्ष मिलेर काम गर्नुपर्ने आवश्यकतासमेत मन्त्री जोशीले औँल्याए । “केन्द्रीय सरकारले नीति, विधि र मापदण्ड बनाउने हो, जनतालाई सेवादिने भनेको पालिका र प्रदेश सरकारले हो । त्यसर्थ पालिकाको अवस्थालाई सुधार्न सबै मिलेर गम्भीरढङ्गले काम गर्नुपर्ने आवश्यकता छ”, उनले भने । 

देशभरमा सुशासन कायम गर्न र कर्मचारी प्रशासनमा देखिएका समस्या सम्बोधनका लागि सङ्घीय निजामती सेवा ऐनसम्बन्धी विधेयकलाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउन आवश्यक रहेको पनि उनको भनाइ थियो । 

यसअघि बैठकमा सदस्यहरूले सङ्घीयता कार्यान्वयनसँग जोडिएको निजामतीलगायतका चार महत्वपूर्ण विधेयकको छिनोफानो गर्न अब विलम्ब गर्न नहुने सुझाव दिए । समिति सदस्य हृदयराम थानीले समितिले चाल्ने कदम सुझबुझपूर्ण र परिपक्क हुनपर्ने तथा  औचित्यपुष्टि  हुने काममात्र गर्न सुझाव दिए । 

बैठकमा सभापति रामहरि खतिवडाले कतिपय विधेयकलाई निष्कर्षमा पुर्‍याउनुअघि राजनीतिक सहमतिको खाँचो औँल्याए । संवैधानिक परिषद्, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र निर्माणसामाग्री सम्बन्धी विधेयकबारे राजनीतिक दलका प्रमुख सचेतक, विषयविज्ञसँगको परामर्शपछि अघि बढाइने उनले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउँछ : मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...

पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...

निर्वाचित एमालेकाे पहिलाे बैठक भाेलि बस्ने

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...

तरुलखेतीबाट २२ जनालाई रोजगारी

विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु, एक सय ५० जना गणक कार्यक्षेत्रमा खटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...

सप्तरीमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...

रास्वपाद्वारा समन्वय कार्यदल गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...

वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending