ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता योगेशकुमार भट्टराईले वर्तमान सरकारका दलहरुबीचको राजनीतिक समीकरण आगामी निर्वाचनसम्म कायम रहने बताएको छन् । सत्ता साझेदार दलहरुबीचको समीकरण आउने निर्वाचनसम्म कायम राख्ने सामूहिक सहमति र प्रतिबद्धता भएको उनले बताए।
आज पत्रकार महासङ्घ ताप्लेजुङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकार बनाउने अर्को विकल्प सहज नभएकाले उक्त प्रतिबद्धताअनुसार दलहरु अघि बढ्ने विश्वास व्यक्त गरे । छिमेकी देशहरुमा तीव्ररुपमा विकास भइरहेकाले उनीहरुलाई पछ्याउनका लागि पनि वर्तमान सरकार टिकाई राख्नुपर्ने उनको भनाइ छ ।
कतिपयले कांग्रेस र एमाले मिलेर सरकार बनाउन सुझाव दिए पनि त्यसका लागि समय बितिसकेको उनले बताए। वर्तमान सरकारलाई समर्थन गर्नुअघि मुलुकको बिगँ्रदो अवस्थालाई नियन्त्रण गर्न नेपाली कांग्रेससँग छलफल गर्न खोजेको तर कांग्रेसले तत्परता नदेखाएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गर्ने निर्णयमा पुगेको उनको भनाइ थियो ।
उनले सत्तामा सामेल ठूलो दल एमालेले सरकारको नेतृत्वलाई सजिलो बनाउने र असन्तुष्ट दलहरुलाई सन्तुष्ट बनाएर अघि बढ्ने जानकारी दिए । कतिपयले अहिलेको समीकरणलाई वामपन्थी एकता वा धु्रवीकरण भनेर भन्ने गरे पनि त्यो नभएको उनले स्पष्ट पारे।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी विवादमा परेको विषयमा कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको सन्दर्भमा उनले संसदीय छानबिन समिति अन्तिम हतियार भएकाले तत्काल प्रयोग गर्न नहुने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ४ गते, २०८३ - १८:२४
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सीमा व्यवस्थापन, वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र आर्थिक कूटनीतिका क्षेत्रमा सरकारले उच्च प्...
आषाढ़ ४ गते, २०८३ - १८:०१
आगामी वर्ष विद्युत् क्षमता पाँच हजार ५३५ मेगावाट पुग्छ
आषाढ़ ४ गते, २०८३ - १७:४५
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह म...
आषाढ़ ४ गते, २०८३ - १७:३३
काठमाडौं । नेकपाका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले स्वास्थ्य समस्याका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्...
आषाढ़ ४ गते, २०८३ - १७:२३
काठमाडौँ। सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डले निर्देशन दिएको छ । साथै, यस्ता वि...
आषाढ़ ४ गते, २०८३ - १७:०६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनका लागि करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । बिहीबार पार्टीको सचिवालय...
आषाढ़ ४ गते, २०८३ - १६:५९
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रथम महाधिवेशनमा वरिष्ठ नेता पदका लागि निर्वाचन नगर्ने निर्णय गरेको छ । पार्टी सचिव...
आषाढ़ ४ गते, २०८३ - १६:५३
काठमाडौँ। शैक्षिकसत्र २०८३ र ८४ मा कक्षा ११ र १२ को छात्रवृत्तिका पुन: आवेदन दिन काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ । महानगरपालिकाको छात्रव...
आषाढ़ ४ गते, २०८३ - १६:०३
लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका–२ स्थित मिदिम खोलाको किनारमा ४० वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङक...
आषाढ़ ४ गते, २०८३ - १५:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशनमा प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । महामन्त्री कबिन्द्र ब...



प्रतिकृया लेख्नुहोस्: