Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

युद्धविरामलाई लिएर हमासले ‘सोचविचार’ गर्नुपर्दैन: ब्लिङ्केन

खबरडबली संवाददाता

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इजराइलसँगको युद्धविराम सम्झौतालाई स्वीकार गर्न हमासले कुनै ‘सोचविचार’ गर्नु नपर्ने बताएका छन् । 

यद्यपि हमासको गाजा–आधारित नेतृत्वको मनसाय अस्पष्ट रहेको उनले बताए । गाजा पट्टीलाई नियन्त्रण गरेको हमासले बन्धकहरूलाई मुक्त गरेको बदलामा इजराइलको आक्रमणलाई अस्थायीरूपमा रोक्ने इजिप्ट र कतारको मध्यस्थतामा लामो समयदेखि जारी वार्ता पुनः सुरु गर्नका लागि आफ्नो प्रतिनिधिमण्डल शनिबार कायरो फर्कने घोषणा गरेको छ । 

“वास्तवमा युद्धविराम र बन्धकहरूको रिहाइको जवाफमा उनीहरूले हुन्छ भन्न सक्छन् वा सक्दैनन् भन्नेबारेमा हामीले प्रतीक्षा गरिरहेका छौँ”, ब्लिङ्केनले शुक्रबार भने, “अहिलेको वास्तविकता भनेको गाजाका जनता र युद्धविरामको बीचमा उभिएको एक मात्र चिज हमास हो ।”

लडाकूहरूले प्यालेस्टिनी जनताको ‘प्रतिनिधित्व गरेको दावीलाई’ ध्यानमा राख्दै ब्लिङ्केनले भने, “यदि यो सही हो भने युद्धविरामलाई ग्रहण गर्न कुनै सोचविचार गर्न जरुरी छैन, तर सम्भवतः अरु केही भइरहेको छ र आगामी दिनमा हामीसँग यसको राम्रो चित्र हुनेछ ।”

विदेशमन्त्री ब्लिङ्केनले हमाससँगको वार्तामा कठिनाइहरू औँल्याए । हमासलाई अमेरिकाले आतङ्कवादी समूह मान्छ र प्रत्यक्षरूपमा वार्तामा सामेल हुँदैन । हमासलाई इजराइलले समाप्त पार्ने वाचा गरेको छ । “कतारी र इजिप्टेलीमार्फत हामीसँग अप्रत्यक्षरूपमा संलग्न रहेका हमासका नेताहरू निश्चितरूपमा गाजाबाहिर बस्छन्”, ब्लिङ्केनले भने, “अन्तिम निर्णय लिनेहरू वास्तवमा गाजामा बस्छन् र उनीहरूसँग हामीमध्ये कसैको पनि प्रत्यक्ष सम्पर्क छैन ।”

ब्लिङ्केनले मध्यपूर्वको आफ्नो पछिल्लो भ्रमणमा इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहु र अन्य शीर्ष नेताहरूसँग भेट गरेको केही दिनपछि एरिजोनामा म्याक्केन इन्स्टिच्युटको सेडोना फोरमलाई सम्बोधन गर्दै थिए । ब्लिङ्केनसँगको आफ्नो छलफलअघि नेतान्याहुले युद्धविराम वार्ताको नतिजालाई परवाह नगरी दक्षिणी गाजा सहर रफाहमा आक्रमण अगाडि बढाउने बाचा गरे । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले इजराइललाई रफाहमा नजान बारम्बार चेतावनी दिएको छ । रफाहमा करिब १२ लाख प्यालेस्टिनीले आश्रय लिएका छन् । 

ब्लिङ्केनले इजराइलले अहिलेसम्म ‘हानिमा परेका नागरिकहरूको वास्तविक सुरक्षाका लागि विश्वसनीय योजना’ पेस गर्न नसकेको बताए । इजराइलले सैन्य र कूटनीतिक समर्थनका लागि अमेरिकामा भरोसा गर्छ । “यस्तो कुनै पनि योजनाको अभावमा हामी रफाहमा हुने ठूलो सैन्य अभियानको समर्थन गर्न सक्तैनौँ किनकी यसबाट हुने नोक्सान स्वीकार्यको सीमाभन्दा बाहिर छ”, उनले भने । 

युद्धमा नागरिकहरूको मृत्युलाई लिएर विश्वव्यापी आलोचना बढेको छ भने बाइडेन प्रशासनमाथि पनि दबाब छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE