Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

गुल्मीमा दूध बिक्रीबाट मनग्य आम्दानी

खबरडबली संवाददाता

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२ वर्ष विदेश बसे । विदेश (दुवई)मा उनले होटलमा काम गरे । उनि एकपटक घर आएको बेला फेरि विदेश जान मन लागेन । अन्ततः उनले २०७० सालदेखि व्यावसायिक गाईपालन सुरु गरे । 

सिद्धबाबा गौशला तथा कृषि फर्ममा १० गाईबाट व्यवसाय सुरु गरेका पाण्डेको गोठमा अहिले १५ माऊ गाई छन् । त्यसबाहेक साना बाच्छीहरु पनि छन् । गाईबाट पाण्डेले दैनिक न्यूनतम ८० लिटर दूध उत्पादन गर्दद्धन् । प्रतिलिटर रु ७५ मा तम्घासमा उक्त दूध बिक्री गर्दछन् । 

“दैनिक ६ हजारको दूध बिक्री हुन्छ । मासिक रु एक लाख ८० हजार वार्षिक रु २१ लाख ६० हजारभन्दा बढी आम्दानी हुन्छ,” पाण्डेले भने, “दूध बिक्रीबाट आम्दानीसँगै सन्तुष्टि पनि मिलेको छ ।” विदेशको काममा स्वतन्त्रता नहुने भन्दै उनले विदेशको काम र स्वदेशको कर्ममा तुलना गर्न नसकिने बताए । पाण्डेसँग अहिले जर्सी, होलिस्टाइनलगायत जातका गाई छन् । “बिहान साढे ४ बजे उठेर गाईको स्याहारसुसारमा लाग्छु,” उनले भने, “एकचित्त भएर काममा लागे सफल भइन्छ ।”

धुर्कोट गाउँपालिका–६ का मेघनाथ अर्यालले कोभिड–१९ भन्दा अगाडि बुटबलमा व्यवसाय गर्दछन् । विसं २०७७ मा कोरोनाले उनलाई घर फर्कायो । बच्चाबच्चीको पढाइ पनि बन्द भयो । कोभिडले केही समय बुटबल फर्किने स्थिति भएन । केही समयका लागि गाउँ आएका अर्याल पुनः बुटबल नफर्किने गरी भैँसी व्यवसायमा लागे । २०७७ सालबाटै ‘अर्याल पुशपक्षी फर्म’ बाट भैँसीपालन व्यवसायमा लागेका अर्यालको गोठमा अहिले २२ वटा माऊ भैँसी छन् । त्योबाहेक साना पाडापाडी गरेर ३० वटाभन्दा धेरै छन् । 

“प्रतिलिटर सय रुपैयाँमा दैनिक ८० लिटर दूध घरबाटै बिक्री भइरहेको छ,” अर्यालले भने, “गाउँका १० जनालाई रोजगार पनि दिएको छु ।” उनले एउटा याममा एक सय ५० लिटरसम्म दूध बिक्री गरेको बताए । व्यवसाय सुरु गर्दाको वर्ष बाहिरी वातावरण नबुझेर घाटामा गए पनि अहिले फर्मको स्थिति सुधारजनक रहेकाले भैँसीपालन व्यवसायमा सन्तुष्टि मिलेको छ । अर्यालले गत वर्ष भेटेरिनरी कार्यालयले रु पाँच लाखको कार्यक्रम दिएर सहयोग गरेको बताए । सुरुमा गाउँमै भैँसीपालन व्यवसाय गर्छुभन्दा नपत्याउने गाउँलेहरु अहिले आफ्नो कर्म देखेर दङ्ग परेका अर्यालको भनाइ छ । 

अर्यालले भैँसीपालन व्यवसायका साथसाथै व्यावसायिक मकै र धानखेती पनि गरेका छन् । यसका लागि मालिका गाउँपालिका–६ मा वार्षिक रु १८ लाख तिर्नेगरी जग्गा भाडामा लिएका छन् । तर गाउँमा कामदार नपाइने समस्या भएको अर्याल बताउँछन् । 

पाण्डे र अर्याल मात्र होइन, धुर्कोट गाउँपालिका–५ वस्तुका रवीन्द्र घिमिरे पनि दूध उत्पादनमै व्यस्त छन् । बिहानदेखि बेलुकासम्म उनको समय गाई/भैँसीको स्याहार, दूध दुहुने, व्याकेटिङ गर्ने र बजार पठाउनेमा बित्छ । “अहिलेसम्म रु एक करोड छ लाख लगानी लगाएको छु, यसबाट ३० गाई/भैँसी अट्ने गोठ बनाएको छु । ३० गाई/भैँसी पनि किनेको छु,” घिमिरेले भने, “भैँसीपालन व्यवसायबाट म र मेरो परिवार सन्तुष्ट छ ।”

घिमिरेले दैनिक ७० भन्दा बढी लिटर दूध बिक्री गरिरहेको बताए । उनले २०६२ सालमा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र विषयमा स्नातकोत्तर गरे । सानैदेखि आफू पनि स्वरोजगार बन्ने र अरूलाई पनि स्वरोजगार बनाउने आफ्नो लक्ष्य भएको घिमिरे बताउँछन् । कोरोना महामारीपछि गाउँ आएर व्यवसाय सुरु गर्दा घरमा र गाउँमा कसैले नपत्याएको उनि बताउँछन् । 

“सुरुमा त कसैले पत्याएनन् तर निरन्तर गर्दै गए,” घिमिरेले भने, “अहिले व्यावसायिक कृषक बन्न पाउँदा खुसी लागेको छ ।” माथिल्लो तह अध्ययन गरेर विदेश नै जानुपर्छ भन्ने धारणा गलत साबित गराउन आफू लागिपरेको उनले बताए । हिमालय माविबाट एसएलसी दिएपछि उच्च शिक्षा अध्ययन गर्न गाउँ छोडेको २२ वर्षपछि घिमिरे फेरि गाउँ फर्किएर व्यावसायिक भैँसीपालनमा लागे । राज्यले कृषि क्षेत्रलाई अगाडि बढाउन अनुदानको सट्टा सरल कृषि कर्जाको व्यवस्था गर्नुपर्ने घिमिरेको भनाइ छ । लम्पी स्किन रोगबाट धेरै गाई/भैँसी गुमाए पन क्षतिपूर्ति नपाएको उनको गुनासो छ । 

गुल्मीमा पाण्डे, अर्याल र घिमिरे त व्यावसायिक दुग्ध उत्पादनमा लागेका केही प्रतिनिधिमूलक कृषक मात्रै हुन । बजारको कुनै समस्या नहुने र दूधबाट विभिन्न थरीका परिकार समेत बनाएर बिक्री गर्न सकिने भएपछि जिल्लाका किसान दुग्ध उत्पादनतर्फ आकर्षित भएका छन् । अधिकांश दूध सम्बन्धित स्थानीय बजारमै खपत हुने गरेको छ । त्यसका अलवा तम्घास, रिडी, सत्यवतीको जुहाङ्ग, रुरुक्षेत्रको बलेटक्सार, मुसिकोटको वामिटक्सार जस्ता ठाउँमा दूध बढी खपत हुँदै आएको छ । 

भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख हुमाकान्त पाण्डेले गुल्मीको दुई लाख ६० हजार जनसङ्ख्यालाई वार्षिक ९० लिटरका दरले पिउन पुग्नेगरी दूध उत्पादन भएको बताए । जिल्लामा दूध उत्पादन वृद्धि गर्न भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रले अगुवा किसानलाई तालिम दिएको उनले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: