Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

दमौली अस्पतालमा शल्यक्रियाबाट प्रसूति सेवा सुरु

खबरडबली संवाददाता

तनहुँ । प्रसूति गराउनसमेत अन्यत्र जानुपर्ने भएपछि दमौली अस्पतालले शल्यक्रियासहित प्रसूति सेवा सुरु गरेको छ । यसअघि अस्पतालमा सामान्य शल्यक्रियासमेत नहुँदा गर्भवतीलाई पोखरा, चितवन र काठमाडौँ पु¥याउनुपर्ने बाध्यता थियो । 

अस्पतालले एनेस्थेसिया सहायकको पदपूर्ति र गण्डकी प्रदेश सरकारले स्त्री रोग विशेषज्ञको व्यवस्था गरेपछि प्रसूति शल्यक्रिया सेवा सञ्चालन गरिएको दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए । विशेषज्ञ सेवाको अभावमा अस्पतालमा यसअघि सामान्य प्रसूति सेवा मात्र हुँदै आएको डा बरालले बताए । 

“यसअघि सम्भावित जोखिमलाई हेरेर प्रसूति गराउने गर्भवतीलाई पोखरा पठाउनुपर्ने अवस्था थियो”, डा बरालले भने, “अब प्रसूति गराउने गर्भवतीलाई अन्यत्र पठाउनुपर्दैन, अस्पतालबाटै प्रसूतिको शल्यक्रियासमेत गर्न सकिन्छ ।” प्रसूति सेवा सञ्चालन गर्न विशेषज्ञ सेवा प्रवाह गर्न व्यास नगरपालिकाको कार्यालयले भत्ताको व्यवस्थासमेत गरेको डा बरालले जानकारी दिए । 

गर्भवतीलाई औषधि दिएर सामान्य डेलिभरी गराउँदै आएकामा जटिल अप्रेसन गरी पाँच महिलाले शल्यक्रिया गरी शिशुलाई जन्म दिनुभएको अस्पतालका सूचना अधिकारी तथा अस्पताल नर्सिङ निरीक्षक मोनिका परियारले जानकारी दिए । 

“शिशु जन्माउन पनि अन्यत्र जानुपर्ने अवस्था रोकिएको छ”, नर्सिङ निरीक्षक परियारले भन्नुभयो, “गर्भवतीका लागि दैनिक भिडियो एक्सरे, एक्सरे लगायतका सेवासमेत सञ्चालन गरिएको छ ।” अस्पतालमा अहिले दैनिक करिब ४० गर्भवती महिला स्वास्थ्य परीक्षणका लागि आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा माइनर अप्रेसन, हाडजोर्नी तथा नशा रोग, मानसिक रोग, महिनामा एकपटक मिर्गौला रोग विशेषज्ञबाट मिर्गौला बिरामीको स्वास्थ्य परीक्षण, दाँत, आँखा उपचार तथा फार्मेसीलगायत सेवा प्रदान गर्दै आएको जनाएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुडिरहेको बसमा आगो लाग्दा ८ जनाको मृत्यु

काठमाडौं । भारतको हरियाणामा गुडिरहेको बसमा आगो लाग्दा ८ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । कुंडली-मानेसर-पलवल हाइवेको नूंह भन्ने स्थानमा...

बालुवाटार पुगे देउवा प्रधानमन्त्रीसँग छलफल गर्न

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् ।...

प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगे देउवा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् । माओवादी केन्द्...

१२ वर्षीया बालिका बलात्कारकाे आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ

कञ्चनपुर  । कञ्चनपुरमा बालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-५ भकुण्डा की १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको ...

प्रहरीका चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयको...

ट्राफिक प्रहरीको लापसे चेकिङ : ६ जना चालकहरू नियन्त्रणमा

काठमाडाैं । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।  ...

जिल्ला अस्पताल मुगुमा छैन सिटामोल, सरोकारवाला निकाय बेखबर

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन थालेको छ । औषधि अभाव हुँदा सरोकारवाला नियकायले भने यस समस्याको दीर्घकालिन समाधानमा कुनै चासो...

कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्ष्यण ?

काठमाडौं । कलेजो हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग मध्ये एक हो । कलेजोले रगतमा रासायनिक स्तरलाई सन्तुलनमा राख्न, खाना पचाउन पित्त नामक उत्पादन र...

सिँचाइ आयोजनाले किसानलाई गोठ सुधारमा सघाउँदै

कैलाली । कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले कृषि र पशुपालनमा किसानलाई सघाउँदै आएको छ । आयोजनाले कैलालीमा तीन प...

योगेन्द्र कार्कीको निर्देशनमा भजन 'जे सुख मिल्दछ' सार्वजनिक

काठमाडाैं । ईश्वर मगियाको स्वरमा रहेको भजन गीत ‘जे सुख मिल्दछ’ सार्वजनिक भएको छ । खेमराज केशवशरणको शब्द, नरेन्द्र प्यासीको सङ्गीतमा रहेको भजन गीतको भि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies