काठमाडौं । कानुन, न्याय तथा मानवअधिकार समितिले केही नेपाललाई संशोधन गर्न बनेको विधेयकका संशोधनकर्तासँग विभिन्न मन्त्रालयसँगसम्बन्धी विषयमा संशोधन राख्नुपर्ने कारण र औचित्यबारे जानकारी लिएको छ ।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कृषि तथा पशुपक्षी मन्त्रालयसँग सम्बन्धित दफामा छलफल भएको थियो । समितिमा खासगरी सार्वजनिक खरिद् ऐनका कारण पूर्वाधार निर्माणमा देखिएको अल्झन, निर्माणको गुणस्तर, लगानी र समयावधिसँग जोडिएका विषयमा गहन छलफल भयो ।
त्यस्तै वीर अस्पतालप्रतिको जनविश्वासलाई सुदृढ तुल्याउन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)बाट अलग बनाउने गरी कानुन तर्जुमा गर्नेमा बैठकमा एक मत देखियो । त्यस्तै, आयोजनाका लागि बोलपत्र आह्वान गरी सम्झौताअनुरुप तोकिएको बजेटसीमा र समयावधिभित्र कार्य सम्पन्न नगर्न ठेकेदारलाई जिम्मेवारीबाट हटाएर भौतिकपूर्वाधार समितिमार्फत गराउन सक्ने व्यवस्था कानुनै उल्लेख गर्ने कि नगर्ने भन्ने विषयमा मन्त्रालयका सचिवबीचनै मतैक्यता हुन भने नसकेको पाइयो ।
विकास निर्माणका आयोजना अघि बढाउने सिलसिलामा लामो समयदेखि नै सार्वजनिक खरिद् ऐन बाधक रहेको भन्ने सर्वत्र गुनासो गरिँदासमेत समयमा ऐन संशोधनमा राज्यले किन चासो नदेखाएको भनी समिति सदस्यले प्रश्न गरे ।
संशोधनकर्ताले आयोजनाको अनुमानभन्दा समयावधि र लागत बढ्नुले राज्यका समयन्त्रले ठिक मूल्याकन गर्न नसकिरहेको स्पष्ट रहेको भन्दै उनिहरुले कानुनले नै भ्रष्टाचार र अनियमिता बढाउने छिद्र दिएपछि आर्थिक अनुशासन र सुशासन प्रवद्र्धन हुन नसक्ने धारणा राखे ।
सो अवसरमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने कोरोना सङ्क्रमणलगायत कठिन बेला वीर अस्पतालले गरेको योगदान स्मरण गर्दै राज्यको स्वास्थ्य प्रणालीको केन्द्रिय अस्पतालकारुपमा स्थापित रहेको बताए । उनले भने, “राज्यको मौलिक हकका रुपमा रहेको आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने सन्दर्भमा जनशक्ति निर्माणमा पनि वीरले योगदान गरिरहेको छ ।” कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पूर्वाधार विकासलाई अघि बढाउने सिलसिलामा सार्वजनिक खरिद ऐनमा देखिएको अल्झनलाई सुधार गर्न ऐन संशोधन अघि बढाइएको बताए ।
उनले भने, “आयोजना ठेकेदारले विभिन्न बहानामा अल्झन गरी रोकेर राखेमा उसबाट खोसेर राज्यकै भौतिक पूर्वाधार कम्पनीमार्फत गराइने व्यवस्था कानुनमा रहनु मुलुकका लागि हितको विषय हो ।” कृषि तथा पशुपक्षीमन्त्री ज्वालाकुमारी साहले देशको कृषि विकास र पशुपक्षीको विकास र प्रवद्र्धनका सम्बन्धमा सांसदले राखेका संशोधनले गुणस्तरीय कानुन निर्माणमा योगदान पुग्ने बताइन् । उनले भनिन्, “मुलुकको कृषि क्षेत्रमा दुरगामी असर पर्ने ऐन, कानुन तर्जूमा गर्दा गहन छलफल गरी गुणस्तरीय बनाउनु सक्नुपर्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: