स्याङ्जा । स्याङ्जामा ‘ड्युटी’मा रहेका प्रहरीमाथि हातपात गर्ने तीनजना पक्राउ परेका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१३ बायँटारीस्थित झोलुङ्गे बजारमा झैझगडा मिलाउने क्रममा प्रहरीमाथि हातपात गर्ने तीनजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।
गएराति मादक पदार्थ सेवन गरी झैझगडा गरिरहेको जानकारी प्राप्त भएपछि घटनास्थलमा पुगेर सम्झाई–बुझाई गर्ने क्रममा प्रहरीलाई नै कुटपिट गरी घाइते बनाएका थिए ।
प्रहरी चौकी थुमपोखराबाट खटिएका प्रहरीलाई घाइते बनाएका स्याङ्जाको वालिङ–१२ कोखे बस्ने २८ वर्षीय रविन गुरुङ, सोही ठाउँ बस्ने २५ वर्षीय काजी गुरुङ र कोखेकै २४ वर्षीय सुदीप गुरुङलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको हो ।
“मादक पदार्थ सेवन गरी साथी–साथीबीच कुटपिट तथा झगडा गरेका रहेछन्,” प्रहरी प्रवक्ता रानाले भने, “प्रहरीलाई जानकारी आएपछि घटनास्थलमा गएर सम्झाई–बुझाई गर्दै गर्दा उल्टै प्रहरीलाई नै कुटपिट गरी घाइते बनाए ।”
प्रहरी चौकी थुमपोखरामा प्रहरी सहायक निरीक्षक पदमा कार्यरत मनोजकुमार सिंहको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते सिंहको अवस्था खतरामुक्त रहेको प्रहरी प्रवक्ता रानाले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: