बाँके । सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको छ । सामाजिक सञ्जालको प्रयोगले हुने घटनामा वृद्धि भएको हो ।
सामान्य रुपमा फेसबुकमा भएको कुराकानी, दुव्र्यहार, अनावश्यक फोटो राखी चरित्र हत्या गर्ने जस्ता क्रियाकलाप सम्बन्धीका ठाडो उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता हुने गरेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए ।
उनका अनुसार सामाजिक सञ्जाल फेसबुक, हवाट्सएप, भाइबर, इमो र फोनमा विभिन्न किसिमका कुराकानी तथा अनावश्यक सामग्री पोष्ट गर्ने जस्ता घटनाको उजुरी प्रहरीमा आउने गरेको छ । चालु आर्थिक वर्षको नौ महिनामा बाँकेमा साइबर अपराधसम्बन्धी ९८ वटा उजुरी दर्ता भएको छ ।
गत आर्थिक वर्ष ४० वटा उजुरी परेको थियो । यो वर्षदेखि प्रहरी कार्यालयले साइबर अपराधसम्बन्धी छुट्टै शाखा स्थापना गरेर व्यवस्थित रुपमा काम गर्न थालेपछि उजुरी बढेको हो । प्रहरीका अनुसार सामाजिक सञ्जाल प्रयोग गरेर आर्थिक लाभ लिएका सम्बन्धी १८ वटा र सामाजिक सञ्जाल प्रयोग गरेर चरित्र हत्या गरेकोसम्बन्धी ८० वटा गरेर ९८ वटा उजुरी चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् ।
आर्थिक लाभसम्बन्धी पाँच वटा र सामाजिक सञ्जाल प्रयोग गरी चरित्र हत्या गरेको सम्बन्धी दुई वटा उजुरी जिल्लामै फछर्यौट गरिएको प्रनाउ डाँगीले बताए । आर्थिक लाभसम्बन्धी १३ वटा उजुरी जिल्लामै अनुसन्धान भइरहेको र सामाजिक सञ्जाल प्रयोग गरी चरित्र हत्या गरेको ७८ वटा उजुरी तालुक कार्यालयमा पठाइएको छ ।
सामाजिक सञ्जाल ह्याक गरी सामाजिक सञ्जालबाट ह्याकरले एकै किसिमको म्यासेज सबैलाई पठाउने गरिएको पाइएको छ । सोही कारणले चिठ्ठा, तालिम, बैंक खाताको ओटिपी माग गरी ठगी भइरहेकोबारे प्रहरीले सचेत गराउँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८१ - १८:५४
पाँचथर । न्युरोड टिम (एनआरटी) ११औँ फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको मैदानमा बिहीबार भएको खेलमा एनआरटीले सहलेस क्लब सिराह...
पौष ११ गते, २०८१ - १८:५०
पोखरा । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको भन्...
पौष ११ गते, २०८१ - १८:४०
सप्तरी । आर्थिक अनियमितताको आशंकामा सशस्त्र प्रहरीका बिओपी बेल्हीका इन्सपेक्टरलाई मुख्यालयमा तानिएका छन् । सशस्त्र प्रहरी बल (एपीएफ) ले बिओपी बेल्हीका...
पौष ११ गते, २०८१ - १८:१४
ललितपुर । ललितपुरकाे गोदावरी नगरपालिका–३ का बाढीपीडित परिवारलाई खानेपानी फिल्टर वितरण गरिएको छ । बाढीपहिरो प्रभावित तथा मानसिक रोगका विरामी भएका परिवा...
पौष ११ गते, २०८१ - १८:११
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (सिटीइभिटी) को प्रमुख कार्यकारी निर्देशकमा न्वाकोटकी शान्ती ...
पौष ११ गते, २०८१ - १८:०७
काठमाडाैं । सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटिको निर्वाचन रोक्न अन्तरिम आदेश दिएको छ । शारङ्गा सुबेदीको एकल इजलासले बिहीबार निर्वाचनको सन्र्दभमा कार...
पौष ११ गते, २०८१ - १८:०४
काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्य...
पौष ११ गते, २०८१ - १७:५९
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा पुस २१ गतेदेखि एलाइट कप दुई दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । ‘जय ट्रफी मेन्स ए...
पौष ११ गते, २०८१ - १७:५६
माेरङ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रणका लागि सबैले देख्ने र महसुस गर्नेगरी काम गर्नुपर्ने ...
पौष ११ गते, २०८१ - १७:५२
इन्डोनेसिया । दुई दशकअघि हिन्द महासागरको तटीय क्षेत्रमा आएको सुनामीका कारण ज्यान गुमाएका दुई लाख २० हजार व्यक्तिको सम्झनामा बिहीबार एशियाभर आयोजित समा...
प्रतिकृया लेख्नुहोस्: