Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

देशभर खडेरीले सुक्न थाले मकै, किसान चिन्तामा

खबरडबली संवाददाता

काठमाडौं ।  लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि किसान चिन्तामा रहेका छन् । खडेरीका कारण घोगा लाग्ने बेलाका मकै खेतमै सुक्न थालेका छन् ।

धामचमरा र घोगा लाग्ने बेलामा खडेरीले मकै बालीलाई ठूलो क्षति पु¥याउने कृषि बालीविज्ञ राजेन्द्र खरेलले बताए। देशका अधिकांश स्थानमा महिनौँदेखि वर्षा भएको छैन । सिँचाइ भइरहेको खेतीको मकै बालीलाई खडेरीको कुनै असर नभएपनि सिँचाइको सुविधा नभएको मकैबाली सुकेर परालसरी भएको छ । उत्पादनमा ठूलो असर पुर्याउने सम्भावना रहेको छ ।

झापामा सिँचाइ सुविधा भएको क्षेत्रफल यकिन छैन । सरकारी आँकडामा ६० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा रहेको बताइए पनि धेरैजसो सिँचाइ आयोजना मर्मतसम्भारको अभाव र स्रोत सुक्दै गएका कारण किसानले खेतीमा पर्याप्त पानी पठाउन सकेका छैनन् ।

मेचीनगर–१५ ज्यामिरगढीका जयप्रसाद भेटवालको खेतीमा खडेरीले मकैका बोट ठाडै सुकेका छन् । ज्यामिरगढीको अधिकांश क्षेत्र सिँचाइ सुविधाबाट वञ्चित छ । निन्दा र टिमाइ खोलामा बाँध बाँधेर नहर सञ्चालन हुँदै आए पनि खडेरीले नहरको मुहानमै पानी अभाव भएको छ ।

निन्दा नहरको मुहान कच्ची रहेको र पानीको स्रोत सुक्दै गएका कारण नहरमा कमिला कुदिरहेको स्थानीय किसान बताउँछन् । नहरमा पानी नआउने र खडेरी चर्किएपछि गाउँका अधिकांश मकैबाली सुकेर परालसरी भएको स्थानीय किसान अम्बिका शिवाकोटी बताउँछन्।  किसानका लागि मकै धानपछिको मुख्य उत्पादन बाली हो । तर, मकैका बोट सुकेर क्षति पुगेका किसानको अवस्था बुझ्न हालसम्म कुनै तहको पनि सरकारका प्रतिनिधि नआउँदा उदेक लागेको शिवाकोटी बताए ।

झापामा नदी सिँचाइबाहेक सोलार सिँचाइका योजना पनि सञ्चालनमा छन् । विद्युतीय ऊर्जाबाट चल्ने मोटरले भूमिगत जल तानेर सिँचाइ गर्ने सुविधा थोरै खेतीमा मात्र रहेको छ । यसबाट खडेरीमा सुक्न लागेको मकैबालीलाई ठूलो राहत दिएको छ ।

मेचीनगरमा पालिया र निन्दा सिँचाइ आयोजना, वुद्धशान्तिमा हँडिया फूलवासा सिँचाइ आयोजना, बिर्तामोडमा देवनिया खोला सिँचाइ आयोजना र हल्दिवारीमा हर्चना कृषक सिँचाइ आयोजना वर्षौदेखि सञ्चालनमा छन् । कनकाई सिँचाइ आयोजना जिल्लाको सबैभन्दा ठूलो र पुरानो सिँचाइ नहर हो ।

झापा गाउँपालिकामा टाघनडुब्बा सिँचाइ आयोजना, कमल गाउँपालिकामा भुतलुङ सिँचाइ आयोजना र बाह्रदशी गाउँपालिकामा सन्यासमुनि सिँचाइ आयोजनाले खेतीयोग्य जग्गामा सिँचाइ सुविधा पु¥याएको छ । झापा गाउँपालिकामा पाँच वर्षदेखि ‘मकै जोन’ लागू भएको छ । आँखाले हेर्दा भ्याउञ्जेलसम्म मकैखेती देखिने यस पालिकामा किसानले व्यावसायिक रुपमा मकैखेती गर्दै आएका छन् ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतनाथ भण्डारीका अनुसार आर्थिक वर्ष २०७९(८० मा झापामा ४४ हजार दुई सय ५० हेक्टर जमिनमा मकै खेती गरिएकामा चालू आवमा मकैखेती विस्तार भएको छ । जिल्लामा वार्षिक दुई लाख ५० हजार मेट्रिक टन मकैबाली उत्पादन हुने प्रक्षेपण गरिएको छ ।

झापा गाउँपालिकाको मकैजोनलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सिँचाइ र उपकरणमा अनुदान उपलब्ध गराउँदै आएको छ । पाँच सय हेक्टर जमिनमा भएको खेतीलाई मात्र जोन घोषणा गर्ने चलन छ । झापा गाउँपालिका र कनकाई नगरपालिकाले मकै मकै खेती गर्ने किसानलाई सिँचाइमा लाग्ने विद्युत् महसुलको ६० प्रतिशत रकम अनुदान दिँदै आएको छ ।

कृषिविज्ञ खरेल लामो खडेरीको मुख्य कारण जलवायु परिवर्तनको असर भएकोबताउँछन्।  खडेरी प्रभावित मकै खेतीमा घोगा नलाग्ने समस्या आउने उनको भनाइ छ । वर्षाका लागि भगवानसँग प्रार्थना गर्दै झापाका किसानले भ्यागुताको बिहे र सन्सारी पूजा गर्दै आएका छन् । अर्जुनधारा नगरपालिका–२ टाङटिङ खोलामा स्थानीय किसानले बाजागाजाका साथ एक जोडी भ्यागुताको विवाह गराएका हुन् । वर्षाका लागि जिल्लाका विभिन्न खोला किनारमा भगवान इन्द्रको पूजा र भाकल पूजासमेत हुने गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाघखोरलाई घरबास गाउँ घोषणा

नवलपरासी (बर्दघाघाट पूर्व)  । नवलपुरको कावासोती –१५, बाघखोरलाई घरबास गाउँ घोषणा गरिएको छ।  अमलटारी मध्यवर्ती सामुदायिक घरबास सञ्चालितको दश वर्ष पूर...

बिहान ११ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभा बैठक २ बजेका लागि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभा बैठक २ बजेका लागि सरेको छ । बिहान ११ बजेका लागि आह्वान गरिएको बैठक कार्यदलको बैठक लम्बिँदा २ बजेका लागि सारिएको हो । कार...

संरक्षणको प्रतीक्षामा खोकनाका पोखरी

ललितपुर ।  ललितपुर महानगरपालिका–२१ खोकनामा ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’ गरी चारवटा पोखरी छन् । उचित संरक्षणको अभावमा ती दिनप्रतिदिन विरुप बन्दै गएका छन्।...

मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा

मनाङ ।  मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा परेका छन् ।  आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा ५६ ट्रक, आठ सय ३४ कार÷ जीप, ५० ट्याक्टर र दश मोट...

कार्यदलमा सहमति नजुट्दा संसद बैठक अनिश्चित

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक निष्कर्षमा पुग नसकेपछि संसदको बैठक प्रभावित भएको छ ।  ब...

कार्यदलमा सहमति नजुट्दा संसद बैठक अनिश्चित

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक निष्कर्षमा पुग नसकेपछि संसदको बैठक प्रभावित भएको छ ।  ब...

बागमती सफाइ महा अभियानः “काम गर्ने कालु मकैखाने भालु ”

काठमाडौं । विश्वकै सबभन्दा लामोसमय चलेको र धेरै सामाजिक अभियन्ताहरु जोडिएको अभियानको रुपमा दावी गरिएको बागमती सफाई महा अभियान शुरु भएको एघार बर्ष पुरा...

शंकाको भरमा श्रीमतीको गुप्तांगमा फलामको किला ठोकेर ताला !

काठमाडौं । ३० वर्षीय नेपाली नागरिकले २८ वर्षीया श्रीमतीलाई निर्ममतापूर्वक कुटपिट गरेको घटना सार्वजनिक भएको छ । आरोपितले आफ्नी श्रीमतीको अरु कसैसँग सम्...

कार्यदलको बैठकमा कांग्रेस नेता कार्की पनि थपिए

काठमाडौं । सहकारीको रकम अपचलन, ठगी र हिनामिनाबारे छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन बसेको कार्यदलको बैठकमा कांग्रेस नेता ज...

चाबहिल चोकका घरहरूमा महानगरले चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले चावहिलदेखी गाैसलासम्म सडक अतिक्रमणगरी बनाइएका घरहरूमा डाेजर चलाएकाे छ । चाबहिल चोकबाट गौशालातर्फको मुख्य सडक किनारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies