बागमती । बागमती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्व विहीन छन् । समितिमा सभापति चयन हुन नसक्दा महत्व मानिएको ती समितिहरुको कामकाज प्रभावित हुँदै आएको छ ।
बागमती प्रदेशसभाअन्तर्गत प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति छ । ती सबै समितिमा सभापति चयन हुन सकेको छैन् ।
समितिमा सभापति चयन हुँदा कामकाज गर्न समस्या भएको कर्मचारी बताउँछन् । गत शुक्रबार बसेको बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठकले प्रदेशसभाअन्तर्गतको पाँचवटै समितिका सभापति चयन प्रक्रियालाई अघि बढाउने निर्णय गरेको थियो ।
बैठकले आगामी जेठ ४ गतेसम्ममा समितिको सभापतिहरु चयन गरिसक्ने गरी प्रक्रिया अघि बढाउने निर्णय गरेको सभामुख भुवनकुमार पाठकले बताए । सोही बैठकले प्रदेशसभाको बजेट अधिवेशनका लागि वैशाख ३१ गते बैठक आह्वान गर्न प्रदेश सरकारसमक्ष प्रस्ताव पेस गर्ने निर्णय गरेको सभामुख पाठकको भनाइ छ ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही वैशाख १२ गते राति १२ बजेपछि प्रदेशसभाको तेह्रौँ अधिवेशन अन्त्य गरेका थिए । बागमती प्रदेशसभामा एक सय १० जना प्रदेशसभा सदस्य छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १० गते, २०८१ - २०:३९
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिाका –७ स्थित प्याङ्चे भिरबाट लडेका पावल प्रजाको उपचारको क्रममा सोमबार मृत्यु भएको छ । कैलाश गाउँपालिका –२ छ्या...
मंसिर १० गते, २०८१ - २०:३४
काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०७९/८० मा चार अर्ब ७३ करोड रुपियाँ कर फिर्ता गरेको छ । गत आवमा सङ्कलित करमध्ये विभिन्न कूटनीतिक निकाय र करदातालाई स...
मंसिर १० गते, २०८१ - १९:५८
कैलाली । कैलालीमा लागुऔषध खैरो हेरोईनसहित दुई जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१० को जुगेडाबाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टोलीले ...
मंसिर १० गते, २०८१ - १९:४७
काठमाडाैं । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारी हिरासतमुक्त भएका छन् । मानव तस्करीको आरोपमा प्रहरी हिरासतमा पुगेक...
मंसिर १० गते, २०८१ - १९:२४
काठमाडाैं । मन्त्रिपरिषद् बैठकबाट परराष्ट्रमन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्र...
मंसिर १० गते, २०८१ - १९:१३
काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ...
मंसिर १० गते, २०८१ - १९:०८
काठमाडौं । अपुष्ट र भ्रमपूर्ण सामाग्री प्रसारण गरी समाजलाई दिग्भ्रमित पारेको भन्दै प्रेस काउन्सिल नेपालले थप १० वटा युट्युब च्यानलसहित सामाजिक सञ्जालल...
मंसिर १० गते, २०८१ - १८:४८
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रोल्पाको होलेरीमा सेवा विस्तार गर्ने भएको छ । प्रतिष्ठानले चिकित्सा विषयको स्नातक तह (एमविविएस) को अध्यापन...
मंसिर १० गते, २०८१ - १८:४३
चितवन । यहाँको व्यावसायिक कीट विकास फर्मले विगत दुई वर्षदेखि धानको मूल बीउ उत्पादन गर्दै आएको छ । फर्मका नाममा रहेको दुई बिगाहा जग्गामा विभिन्न जातका ...
मंसिर १० गते, २०८१ - १८:२८
काठमाडौं । काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका-८ स्थित सिन्दुरेचौर हुँदै मध्यपहाडी लोकमार्ग निर्माणाधीन छ । दुई वर्षअघि लोकमार्गको ट्रयाक खन्दादेखि सिन...
प्रतिकृया लेख्नुहोस्: