Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

मौरीपालनतर्फ किसानको आकर्षण बढ्दो

खबरडबली संवाददाता

बागलुङ ।  कम लगानीमा धेरै आम्दानी गर्न सकिने भएपछि बागलुङको निसीखोला गाउँपालिकाका किसान मौरीपालनमा आकर्षित हुँदै गएका छन् । उच्च पहाडी इलाकामा मौरीपालन फस्टाउने हुँदा यसप्रति किसानको आकर्षण बढेको हो । 

निसीखोला–१ हुल्दीका अधिकांश किसानले मौरी पालेका छन् । आधुनिक तथा परम्परागत घारमा उनीहरुले मह उत्पादन गर्दै आएका छन् । गाउँमा यसभन्दा अगाडि स्थानीयले रैथाने मौरी पाल्दै आएकामा अहिले सामूहिक रुपमा मौरीपालन गर्न थालेका हुन् । अहिले गाउँमा १८ किसानले समूह नै बनाएर व्यावसायिक रुपमा मौरीपालन सुरु गरेका छन् । बजारीकरण र उत्पादन बढाउनका लागि किसान सङ्गठित भएको मौरीपालन कृषि समूहका नबहादुर कुँवरले बताए । समूहमा आबद्ध किसानमध्ये पहिलो चरणमा नौजनालाई अनुदानमा मौरीका घार र मौरी उपलब्ध गराइएको उनको भनाइ छ । 

गाउँलाई मौरीपालनबाट आत्मनिर्भर बनाउने गरी समूहमा धेरै किसानलाई समावेश गर्दै जाने अध्यक्ष कुँवर बताउनुहुन्छ । गाउँमै बसेर उद्यमी बन्ने र बजार मागलाई पूर्ति गर्नेगरी अहिले आफूले एक सय ४० घार मौरी पाल्दै आएको जनाउँदै अब यसलाई बढाउँदै जाने उनको भनाइ छ । कुँवरले भने, “गाउँमा व्यवसाय गर्ने हो भने धेरै माध्यम छन्, त्यसमध्ये मौरीपालन निकै उपयोगी हुँदा युवा मिलेर मौरीपालनमा लागेका छौँ, गाउँका धेरै कृषक यो पेसामा आबद्ध हुनुहुन्छ, आबद्ध नभएका पनि बिस्तारै आधुनिक घार लिएर सुरुआत गर्न थालेका छन्, गाई, भैँसी, बाख्राको तुलनामा मौरीपालन सजिलो र आम्दानीको राम्रो स्रोत हुने देखिएपछि अहिले धेरै स्थानीयले मौरी पाल्न थालेका छन् ।”

हुल्दी गाउँमा मकै, कोदो फल्ने बारीभरि यतिबेला मौरीका घार राखेको देखिन्छ । स्थानीय पवन सिञ्जालीले लामो समयदेखि कृषि गर्दै आएको र अहिले नयाँ कामको सुरुआत गरेको बताए । पछिल्लो समय अन्य गाउँबाट मौरी व्यवसाय हेर्न, ज्ञान लिन र घार किन्न आउने उनको भनाइ छ । मौरीपालनका लागि तालिम लिएर सीप हासिल गरेपछि व्यावसायिक रुपमा काम गर्न थालेको सिञ्जालीले बताए । आफूले दुई घारबाट सुरुआत गरिएको भन्दै अहिले विस्तार भएर धेरै भएको उनको भनाइ छ ।

सोही गाउँका राजुलाल रोकाले पनि कृषक समूह गठन गरेर मौरीपालन गर्दै आएका छन् । पुरानो पुख्र्यौली घार र आधुनिक गरी एक वर्षभित्रै नौ घार माहुरी उत्पादन गर्दै आएको उनले बताए  । यसलाई वृद्धि गर्दै जाने र आर्थिक उपार्जनको माध्यम बनाउने रोकाको भनाइ छ । पुख्र्यौलीभन्दा आधुनिक घार आम्दानीको दृष्टिकोरणले राम्रो रहेको उनको भनाइ छ । मौरीपालनलाई व्यवस्थित गर्न सके गतिलो आम्दानीको स्रोत बन्ने रोकाले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्यात क्षमता १० खर्व रुपैयाँ पुर्याउने गरी चेम्बरको रणनीतिक योजना

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वार्षिक निर्यात क्षमता १० खर्व रुपैयाँ पु¥याउने गरी योजना तर्जुमा गरेको छ । चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल...

रोल्पामा पानी ट्यांकरले च्याप्दा महिलाको मृत्यु

रोल्पा । रोल्पाको सदरमुकाम लिवाङमा पानी ट्यांकरले च्याप्दा एक महिलाको मृत्यु भएको छ ।  रोल्पा नगरपालिका ४ खाद्य टोल नजिकै शनिबार बेलुकी पौने ८ बजेतिर ...

युवा विदेश पलायन हुँँदा जमिन बाँझै, दैलेखमा ८ हजार हेक्टर खेतीयोग्य भूमी जंगल बन्दै

दैलेख । कर्णाली प्रदेश सरकारले तीन वर्षअघि खेतीयोग्य बाँझो जग्गामा खनजोत गरी उत्पादन बढाउने किसानको आयआर्जन वृद्धि गरी जीवनस्तर उकास्ने लक्ष्यअनुसार ब...

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको त्रै...

इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु

काठमाडौं । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस  जनाको मृत्यु भएको आइतब...

सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु

काठमाडौं ।  सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको छ ।   “दुर्भाग्यवस उहाँ जेलको क्रूर अवस्था...

काश्मिरमा संदिग्ध विद्रोहीद्वारा भाजपाका स्थानीय नेताको हत्या

काठमाडौं । भारत प्रशासित काश्मिरमा संदिग्ध विद्रोहीले भारतीय जनता पार्टीका स्थानीय नेतालाई गोली हानी हत्या गरेको स्थानीय अधिकारीहरूले आइतबार जानकारी ग...

श्रीलङ्कामा आर्थिक सङ्कटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सुरु

काठमाडौं ।  श्रीलङ्कामा आर्थिक सङ्कटका कारण स्थगित गरिएको ‘सुरक्षा’ नामक विद्यार्थी बीमा कार्यक्रम पुनः सञ्चालन गर्न आदेश दिएको राष्ट्रपतिको सञ्चार मह...

अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १२० पुग्यो

काठमाडौं ।  अफगानिस्तानको उत्तरी फरयाव र पश्चिमी घोर प्रान्तमा शुक्रबार र शनिबार भएको भारी वर्षापछि आएको बाढीका कारण कम्तिमा १२० जनाको मृत्यु भएको स्थ...

सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत् जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरी प्रभाग दरबारमार्गमा क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies