शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षाको नतिजाका आधारमा माध्यमिक तहमा उत्कृष्ट प्रदर्शन गर्ने जनता माध्यमिक विद्यालय, मुनुवा ले चार लाख रुपैयाँ अनुदान प्राप्त गरेको छ। राष्ट्रिय माध्यमिक विद्यालय, अमौरा दोस्रो हुँदै दुई लाख ५० हजार रुपैयाँ र भृकुटी माध्यमिक विद्यालय, सुवर्णपुर तेस्रो हुँदै एक लाख ५० हजार रुपैयाँ अनुदान पाएका छन्।
आधारभूत तह (कक्षा ८ सम्म) तर्फ राष्ट्रिय आधारभूत विद्यालय, खैरिपुर उत्कृष्ट विद्यालय घोषित हुँदै तीन लाख रुपैयाँ अनुदान प्राप्त गर्न सफल भएको छ। दोस्रो स्थान हासिल गरेको भृकुटी माध्यमिक विद्यालयले दुई लाख रुपैयाँ अनुदान पाएको छ।
गाउँपालिका अध्यक्ष गणेश चौधरीका अनुसार विद्यालय र शिक्षकबीच स्वस्थ प्रतिस्पर्धा सिर्जना गरी विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।
गाउँपालिकाले २०८२ सालदेखि विषय शिक्षकसँग कार्यसम्पादनमा आधारित करार सम्झौता गर्ने व्यवस्था पनि सुरु गरेको छ। कक्षा ८ र एसईई परीक्षामा आफ्नो विषयमा सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउने शिक्षकलाई १५ हजार रुपैयाँ नगदसहित सम्मान गरिने गरिएको छ।
यस वर्ष कक्षा ८ तर्फ नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिक विषयका उत्कृष्ट शिक्षकहरूलाई पुरस्कृत गरिएको छ भने एसईई नतिजाका आधारमा पनि विभिन्न विषयका उत्कृष्ट शिक्षकहरू सम्मानित भएका छन्।
त्यसैगरी, गाउँपालिकाभित्र एसईई र कक्षा ८ मा उत्कृष्ट अंक ल्याउने तीन–तीन जना विद्यार्थीलाई क्रमशः पाँच हजार ५००, चार हजार र तीन हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको विश्वास बढाउन, शिक्षकलाई थप जिम्मेवार बनाउन तथा शैक्षिक गुणस्तर सुधार गर्न यस्तो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनले शिक्षा क्षेत्रमा सकारात्मक प्रतिस्पर्धा र जवाफदेहिताको संस्कार विकास गर्न यो अभियान महत्वपूर्ण बन्ने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १३ गते, २०८३ - २१:२५
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति बोलबम यात्राका क्रममा सुरु भएको सामान्य विवाद केही मिनेटमै साम्प्रदायिक झडपमा...
श्रावण १३ गते, २०८३ - २१:१८
पाँचथर । सिँचाइ कुलोको मुहान मर्मत गर्ने लिखित सहमति कार्यान्वयन नभएको भन्दै पाँचथरका किसानले जलविद्युत् आयोजना बन्द गराएर आन्दोलन सुरु गरेका छन्। ...
श्रावण १३ गते, २०८३ - २०:४६
झापा । जंगली हात्ती धपाउन आफ्नै बारीमा बिछ्याइएको नाङ्गो विद्युतीय तार छोएर करेन्ट लाग्दा झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नग...
श्रावण १३ गते, २०८३ - १९:४९
पर्सा । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१८ इनर्वाका ६५ वर्षीय ...
श्रावण १३ गते, २०८३ - १९:३९
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज रातिदेखि लगातार तीन दिनसम्म विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले वि...
श्रावण १३ गते, २०८३ - १९:३८
कालीकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट चट्ट...
श्रावण १३ गते, २०८३ - १९:३६
पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिका –१, सिलुवा सामुङ्गामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सामुङ्गा बस्ने २८ वर्षी...
श्रावण १३ गते, २०८३ - १९:३२
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्। बुधबार भएको भेटमा मुलुकको पछिल्लो...
श्रावण १३ गते, २०८३ - १९:२७
काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएपछि चिकित्सकहरूले देशभर जारी आन्दोलन फिर्ता लिएका छन्। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्...
श्रावण १३ गते, २०८३ - १९:०६
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाले देशभर चासो र बहस सिर्जना गरिरहेका बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकब...



प्रतिकृया लेख्नुहोस्: