Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छः राष्ट्रपति पौडेल

खबरडबली संवाददाता

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले औद्योगिक विकासतर्फ अग्रसर हुन साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी रहेको बताएका छन् । काठमाडौँमा आज नेपालको १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव, २०८१ को उद्घाटन गर्नुहुँदै उनले साना तथा घरेलु उद्योगको प्रवद्र्धन गर्न सरकार जिम्मेवार हुनुपर्ने धारणा राखे ।

राष्ट्रपति पौडेलले मुलुकको अर्थतन्त्रको मूल जग नै साना घरेलु उद्योग भएको प्रस्ट पारे । “गरिबी न्यूनीकरण, रोजगारी अभिवृद्धि तथा आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योगको योगदान छ,” उनले भने, “घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिएर यस क्षेत्रमा विद्यमान पूँजी, कच्चापदार्थ, प्रतिस्पर्धात्मक क्षमता, बजारीकरण, दक्ष जनशक्तिलगायत समस्या समाधानमा सरकार र व्यवसायीले हातेमालो गरी अघि बढ्नुपर्छ ।” 

नेपाल घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको महोत्सवमा राष्ट्रिपति पौडेलले घरेलु उद्योगले स्थानीय श्रम, सीप, प्रविधि, कच्चापदार्थ, जनशक्तिको प्रयोग गरी थोरै लगानीमा उद्योगबाट उत्पादन र उत्पादकत्व बढाउनसक्ने बताउनुभयो । फलस्वरुप स्थानीयस्तरमा आत्मनिर्भर बढाउनाका साथै अन्तर्राष्ट्रिस्तरमा श्रम र संस्कृतिको पहुँच विस्तार हुने उनको भनाइ थियो । “यसबाट नेपाली सीप, श्रम र संस्कृति बजारीकरण हुँदै विदेशमा समेत पुग्ने र निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनमा पनि टेवा पुग्छ”, राष्ट्रपति पौडेलले भने ।

पूँजी पहुँचमा अहिले पनि लघु, घरेलु तथा साना उद्योगी मारमा परेका उल्लेख गर्दै राष्ट्रपति पौडेलले राज्यले सुहलियतपूर्ण कर्जाको व्यवस्था तथा सना उद्योगमैत्री नीति तथा कार्यक्रम ल्याउन जरुरी रहेको बताए । देशमै उत्पादित वस्तुको प्रवद्र्धन गरी उद्योगको विकास गर्न केन्द्र तथा प्रदेशमा निर्यात गृह खोल्ने व्यवस्था मिलाउन तत्काल आवश्यक रहेको उनले बताए  । महिलाले सञ्चालन गरेका लघु, घरेलु तथा साना उद्योगले ठुलो सङ्ख्यामा स्वरोजगारी सिर्जना गरेकाले यसको प्रवद्र्धनमा विशेष कार्यक्रम ल्याउन राष्ट्रपति पौडेलले सरकारको ध्यानाकर्षण गराए । 

“यसका लागि महिला र युवालाई सहुलियत कर प्रदान गर्ने, बिक्री कक्ष स्थापना गर्ने, स्वदेशी वस्तु बिक्री बजारको व्यवस्था गर्ने, सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगका विषयलाई महत्व दिनुपर्छ”, उनले भने ।     

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्यात क्षमता १० खर्व रुपैयाँ पुर्याउने गरी चेम्बरको रणनीतिक योजना

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वार्षिक निर्यात क्षमता १० खर्व रुपैयाँ पु¥याउने गरी योजना तर्जुमा गरेको छ । चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल...

रोल्पामा पानी ट्यांकरले च्याप्दा महिलाको मृत्यु

रोल्पा । रोल्पाको सदरमुकाम लिवाङमा पानी ट्यांकरले च्याप्दा एक महिलाको मृत्यु भएको छ ।  रोल्पा नगरपालिका ४ खाद्य टोल नजिकै शनिबार बेलुकी पौने ८ बजेतिर ...

युवा विदेश पलायन हुँँदा जमिन बाँझै, दैलेखमा ८ हजार हेक्टर खेतीयोग्य भूमी जंगल बन्दै

दैलेख । कर्णाली प्रदेश सरकारले तीन वर्षअघि खेतीयोग्य बाँझो जग्गामा खनजोत गरी उत्पादन बढाउने किसानको आयआर्जन वृद्धि गरी जीवनस्तर उकास्ने लक्ष्यअनुसार ब...

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको त्रै...

इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु

काठमाडौं । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस  जनाको मृत्यु भएको आइतब...

सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु

काठमाडौं ।  सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको छ ।   “दुर्भाग्यवस उहाँ जेलको क्रूर अवस्था...

काश्मिरमा संदिग्ध विद्रोहीद्वारा भाजपाका स्थानीय नेताको हत्या

काठमाडौं । भारत प्रशासित काश्मिरमा संदिग्ध विद्रोहीले भारतीय जनता पार्टीका स्थानीय नेतालाई गोली हानी हत्या गरेको स्थानीय अधिकारीहरूले आइतबार जानकारी ग...

श्रीलङ्कामा आर्थिक सङ्कटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सुरु

काठमाडौं ।  श्रीलङ्कामा आर्थिक सङ्कटका कारण स्थगित गरिएको ‘सुरक्षा’ नामक विद्यार्थी बीमा कार्यक्रम पुनः सञ्चालन गर्न आदेश दिएको राष्ट्रपतिको सञ्चार मह...

अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १२० पुग्यो

काठमाडौं ।  अफगानिस्तानको उत्तरी फरयाव र पश्चिमी घोर प्रान्तमा शुक्रबार र शनिबार भएको भारी वर्षापछि आएको बाढीका कारण कम्तिमा १२० जनाको मृत्यु भएको स्थ...

सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत् जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरी प्रभाग दरबारमार्गमा क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies