Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

सरकारले महाकाण्डको पुनरावृत्ति गर्न सक्छ, जनता सचेत हुनेबेला आयो- नैनसिंह महर

खबरडबली संवाददाता

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले असंवैधानिकतवरले संसद‌्को विघटन लगायत अनेकौं काण्ड र महाकाण्ड गरे जस्तै अहिलेको कम्युनिस्ट गठब‌न्धन नेतृत्वको सरकार पनि महाकाण्ड गर्नतर्फ उन्मुख रहेको बताएका छन्।

बुधबार नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको बुटवलमामा आयोजित प्रथम सम्मेलनलाई सम्बोधन गर्दै महरले कानुनी राज्यमा कुनै पनि सरकार कानुन अनुसार चल्नुपर्नेमा वर्तमान सरकारले कानुनी शासनको खिल्ली उडाइरहेको बताए।

‘वर्तमान गठबन्धनको सरकारले सहकारी ठगहरूलगायत विभिन्न गम्भीर अपराधमा संलग्न व्यक्तिहरूलाई संरक्षण गर्न थालेको छ,’ उनले भने, ‘गठबन्धन सरकारमा संलग्न पार्टीका सदस्यले मात्रै न्याय पाउने र बाँकी जनता नागरिक होइनन् भन्ने मानसिकताबाट सरकार ग्रसित भएको देखिन्छ।’

नेता महरले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सबै सरकारी निकायमा आफ्नो पहुँच र हस्तक्षेप बढाए जसरी वर्तमान गठबन्धन सरकार पनि त्यस्तै बाटोमा अग्रसर भएको जिकिर गरे। उनले कांग्रेसले जनताको साथ लिँदै सरकारी अड्डा अदालतलाई वर्तमान गठबन्धनको अवैधानिक हस्तक्षेपबाट जोगाउन लाग्नुपर्ने धारणा राखे।

कांग्रेसकै नेतृत्वमा मुलुकमा पटक/पटक सकारात्मक परिवर्तन भएको र कांग्रेसकै नेतृत्वमा संविधान बनेको स्मरण गर्दै नेता महरले त्यसलाई समावेशी बनाउने तागत पनि कांग्रेसले नै देखाएको प्रस्ट पारे। नेपाली कांग्रेस नै यो देशको समावेशिता सहितको नेपाल निर्माण गर्ने पहिचानवादी पार्टी भएको उनको दाबी छ।

'हामीले माने नमाने पनि विश्व राजनीतिले पहिचानको राजनीति छोड्न सक्ने अवस्था छैन। पहिचान मानव जीवनको अभिन्न अङ्ग भइसक्यो। कसैले जातियतामा पहिचान खोज्छन्, कसैले लुगामा पहिचान खोज्छन्, कसैले संस्कृतिमा पहिचान खोज्छन्, कसैले भूगोलमा पहिचान खोज्छन्। अहिलेका मानिस नै पहिचानले बाँचेका जस्ता देखिन्छन्', उनले भने। मानिसले आफूसँग मेलखाने कुरालाई खोज्ने भएकाले पहिचानको राजनीति नकार्न नसक्ने महरले बताए।

देशका विभिन्न क्षेत्रका जनजातिदेखि विभिन्न धर्म र समुदायका मान्छेलाई सँगसँगै लगेर अगाडि बढ्ने एकमात्र पार्टी कांग्रेस भएको उनको भनाइ छ।

यसका साथै नेपालको परिवर्तनमा मुस्लिम समुदायको ठूलो भूमिका रहेको स्मरण गरे। नेपालको प्रजातान्त्रिक आन्दोलन हुँदै गणतान्त्रिक आन्दोलनसम्म मुस्लिम समुदायको ठूलो भूमिका रहेको उनको भनाइ छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयोगले बिहीबार निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गर्ने

काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...

समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिने निर्वाचन आयोगको तयारी

काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...

ताप्लेजुङबाट तीन जनाले पाए समानुपातिक सांसदको अवसर

ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...

बसको ठक्करबाट नवलपुरमा स्कुटर चालकको मृत्यु

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।  दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...

वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...

कांग्रेस कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो ।  चुनाव...

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...

अहिलेसम्म मन्त्रीपरिषद्को टुंगो लागेको छैन: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...

राई–लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा रवी लामिछानेले मागे माफी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: