एजेन्सी । सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुकिकले बुधबार ताइवानमा चीनको सार्वभौमसत्ताका लागि आफ्नो बलियो समर्थनको पुनः पुष्टि गर्दै युरोपका मित्र राष्ट्रहरूसँग राजनीतिक र आर्थिक सम्बन्धलाई गहिरो बनाउन खोजिरहेका चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भव्य स्वागत गरिएकाे छ ।
चीनले सर्बिया र छिमेकी बाल्कन मुलुकहरूमा विशेषरूपमा खानी र निर्माण क्षेत्रमा अर्बौं डलर लगानी गरेको छ । गत वर्ष बेइजिङ र बेलग्रेडले स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका थिए । सी र उनकी श्रीमती पेङ लियुआनलाई बुधबार बेलग्रेडमा मुख्य सरकारी कार्यालयहरू बाहिर रातो कार्पेटमा भुकिकले स्वागत गरे ।
प्रधानमन्त्री र नेसनल बैंक अफ सर्बियाका गभर्नरसहित अधिकारीहरूसँग हात मिलाउनुअघि चिनियाँ नेतालाई तोपको सलामी र चिनियाँ राष्ट्रगानले स्वागत गरिएको थियो । दुवै नेताले बालकनीबाट बाहिर प्रतीक्षा गरिरहेका हजारौँ मानिसतर्फ हात हल्लाए । तीमध्ये केहीले चिनियाँ झण्डा फहराइरहेका थिए ।
भुकिकले सीलाई ‘सर्बियाको मित्र’ भने । “सर्बियामा जस्तो सम्मान र प्रेम उहाँले अन्य कहीँ पाउनुहुन्न”, उनले भने, “चिनियाँ क्षेत्रीय अखण्डताका सम्बन्धमा हाम्रो अडान स्पष्ट र सरल छ, ताइवान चीनको हो ।”
बेइजिङले स्वशासित ताइवानमाथि आफ्नो दाबी गर्दै ताइवानलाई चिनियाँ नियन्त्रणमा ल्याउन बल प्रयोगलाई अस्वीकार नगर्ने बताएको छ । दुई नेता बैठकमा बस्ता सीले प्रारम्भिक टिप्पणीमा भुकिकसँग भने, “हाम्रो दुवै मुलुकबीचको मित्रताको भावना बलियो थियो ।”
चिनियाँ राष्ट्रपति सी फ्रान्सको राजकीय भ्रमणपछि मङ्गलबार साँझ बेलग्रेड पुगेका हुन् । फ्रान्समा युक्रेन युद्धका बाबजुद व्यापार र चीनको रुससँग घनिष्ठ सम्बन्धलाई लिएर फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनसँग सीको मजबुत आदानप्रदान भएको थियो ।
सन् २०१९ पछि सीको युरोपको पहिलो भ्रमणका लागि छनोट भएका अन्य दुई मुलुकमा सर्बियापछि अर्को हङ्गेरी रहेको छ । सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेको रुसप्रति सबैभन्दा धेरै सहानुभूति राख्ने छिमेकी मुलुकमा सर्बिया र हङ्गेरीलाई हेरिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - २०:०८
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...




प्रतिकृया लेख्नुहोस्: