Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

सम्बन्ध विच्छेदले भयावह रूप लिँदै, एक दशकमा भयो झण्डै १ लाखको सम्बन्ध विच्छेद

खबरडबली संवाददाता

काठमाडौं । पछिल्ले समय नेपालमा सम्बन्ध विच्छेद गर्नेहरूको संख्या ह्वातै बढेको छ ।सामाजिक परिवेशमा आएको परिर्वतनका कारण  सम्ब न्ध विच्छेद गर्नेको  संख्या बढेको हो । 

गत वर्षमात्रै नेपालमा ३७ हजार जोडीले सम्बन्ध विच्छेद गरेको अभिलेख देशभरका अदालतहरुको तथ्यांकले देखाएको छ।

नेपालमा सम्बन्ध विच्छेदलाई यसअघि सामाजिक प्रतिष्ठाको विषय बनाएर सकेसम्म अदालतमा नै गएर सम्बन्ध विच्छेद गर्नेको संख्या न्यून रहेको थियो । २०७० सालमा नेपालमा सम्बन्ध विच्छेद गर्नेको संख्या ३ सय ९४ को हाराहारीमा रहेकोमा अहिले त्यो संख्या बढेर ३७ हजारको हाराहारीमा पुगेको हो।

नेपालमा सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्नुका प्रमुख दुई कारण रहेको अधिवक्ता गणेश शर्माले बताए । युवायुवतीमा विदेश जाने लालसाले जस्तोसुकै सामाजिक परिवेश भएका चाहे युवा हुन् चाहे युवती हुन् कानुनी विवाह गर्ने र तोकिएको ठाउँमा पुगेपछि सम्बन्ध विच्छेद गर्ने समूह ठूलो रहेको उनको भनाइ छ । सम्बन्ध विच्छेदको अर्को प्रमुख कारणका रूपमा नेपालमा विवाह गरेर श्रमका लागि विदेश जाने युवा शक्तिमा यो समस्या विकराल रूपमा देखा परेको उनले बताए ।

नेपालमा सामाजिक सञ्जालको प्रयोगमा आएको उच्छृंखलताका कारण पनि यो समस्या बढ्दै गएको अधिबक्ता नानीबाबु दाहालले बताए । विवाहित जोडीमध्ये युवा रोजगारीका लागि मध्यपूर्वलगायतका मुलुकमा गएपछि गलत मनसाय राख्ने तेस्रो व्यक्तिको प्रवेश भएपछि श्रीमान् श्रीमतीबीच बेमेल हुने र त्यसको कारण सम्बन्ध विच्छेद गर्ने क्रम बढ्दो अवस्थामा रहेको उनको भनाइ छ  ।

अहिले श्रीमान् श्रीमतीबीचमा सामान्य कुरामा बेमेल भयो भने पनि अदालत जाने प्रचलन बढ्दो अवस्थामा रहेको छ। सम्बन्ध विच्छेदका लागि गत वर्ष आफ्नो ल फर्ममा आएकामध्ये ९ जोडीलाई सम्झाएर पठाएको अधिवक्ता शर्मा बताले बताए ।

यसैगरी आफेनो ल फर्ममा आउनेको सँख्या पनि बढी रहेको अधिबक्ता दाहालले बताए । उनले पनि एक दजनबढी जोडीलाई संझाएर  फर्काएको बताए । यसरी अन्य ल फर्ममा जानेको सँख्या पनि ह्वातै बढेको बताउँदै उनले बताए । पैसा पाइन्छ भन्ने नाममा कानुन व्यवसायी साथीहरूले सम्बन्ध विच्छेद गरिहाल्नुस् भन्ने सल्लाह दिनु नहुनेमा अधिबक्ता द्धयको भनाइ छ  । उनीहरु मिल्न सक्नेजस्तो देखिने मुद्दामा मिलाएर पठाउने गरेको पनि उनीहरुको भनाइ छ ।

स्वतन्त्रता उपभोग गर्ने नाममा नेपालमा सम्बन्ध विच्छेद गर्ने क्रम बढ्दो अवस्थामा रहेको अर्का अधिवक्ता गुरु बहादुर बस्नेतले बताए   । युवायुवती नेपाल बस्न नचाहने र विदेश जानका लागि कानुनी विवाह गर्ने र आफ्नो उद्देश्य पूरा भएपछि सम्बन्ध विच्छेद गर्ने क्रम बढ्दो अवस्थामा रहेकाले पनि यो संख्या ह्वात्तै बढेको बस्नेतको भनाइ छ ।

हिजो परम्परागत विवाह हुँदा कुल घर आफ्नो परम्परालाई हेरेर बस्ने गरिएको थियो भने आज सामाजिक सञ्जालबाट जोडिएर प्रेम विवाह गर्ने र सँगै बस्न थालेपछि आर्थिक तथा सामाजिक हैसियत नमिलेपछि अदालत धाउने क्रम पनि बढ्दो अवस्था रहेको छ  ।

खास गरी छोरा विदेश जानुअघि बुहारीको काम खाने नाममा घरपरिवारले विवाह गरिदिने र श्रीमती छोडेर विदेश जाने युवाहरू स्वदेश फर्कंदा आफूले कमाएको पैसामात्रै हैन श्रीमती गुमाउनेहरूको संख्या बढ्दो अवस्थामा रहेको छ । यस्तै अवस्था रहने हो भने अहिले वर्षमा हजारको संख्यामा रहेको सम्बन्ध विच्छेद लाखमा पुग्न लामो समय नलाग्ने देखिन्छ ।

१० वर्षको तथ्यांक यस्तो छ

साल  संख्या जोडीमा
२०७०   ३ सय ९४
२०७१   १ हजार ३ सय ७५
२०७२  १ सय ६५
२०७३  २ हजार २ सय ८३
२०७४  २ हजार ७ सय ७६
२०७५  ३ हजार ९ सय ३५
२०७६  ५ हजार ८ सय ४६
२०७७  ६ हजार ६ सय ४४
२०७८   १४ हजार २ सय ७९
२०७९   १८ हजार ३ सय ४
२०८०  ३७ हजार


 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्रिकेट विश्वकप लिग–२ मा नेपाल र अमेरिका भिड्दै

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुँदैछ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदा...

चोकचोकका विशाल बोर्ड रित्तिए, डिजिटल विज्ञापनले खायो बजार

काठमाडौं । एक समय यस्तो थियो, सहरका चोक–चोकमा ठडिएका होर्डिङ बोर्डमा विज्ञापन राख्न कम्पनीहरूबीच प्रतिस्पर्धा चल्थ्यो । कसको बोर्ड कहाँ देखिने भन्ने ह...

कहिले गृह, कहिले बालुवाटार- गुप्तचर विभाग किन बन्छ सत्ता संघर्षको मोहरा ?

काठमाडौं । नेपालका शक्तिशाली तर सधैँ छायाँमा रहने निकायमध्ये एक हो राष्ट्रिय अनुसन्धान विभाग । सरकार बदलिँदा यसको ‘बास’ पनि बदलिने पुरानो प्रवृत्ति फे...

सुकुमबासी’ भन्दै वन अतिक्रमण, ३५ मध्ये २ घर मात्रै सुकुमबासी

बाराको ३ नं पुलबाट चार दशक पुरानो अतिक्रमण हटाइयो, ‘सुकुमबासी’ दाबी कमजोर बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाराको ३ नं पुल क्षेत्रमा च...

श्रम संस्कृति पार्टीको कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित

सुुनसरी । श्रम संस्कृति पार्टी कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित भएका छन् ।सुनसरीकाे धरानमा भएको प्रदेश भेलाले खोटाङका राईलाई अध्यक्षमा निर्व...

६० वर्षमा एसईई पास : भक्तपुरका आमा–हजुरआमाले तोडे उमेरको बाधा

भक्तपुर । “पढ्ने रहरलाई उमेरले छेक्दैन” भन्ने भनाइ भक्तपुरकी ६० वर्षीया रमिनकुमारी राईले व्यवहारमै प्रमाणित गरेकी छन् । जीवनभर घरपरिवार, विवाह र छोराछ...

दुई दिनको वर्षाले काभ्रेका किसानलाई ४६ करोडको चोट

काभ्रेपलाञ्चोक । वैशाख १२ र १३ गते परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकका किसानलाई ठूलो आर्थिक मार परेको छ । प्रारम्भिक विवरणअनुसार पनौती नगरपालिका र बे...

आजको मौसम : केही ठाउँमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरप...

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको ...

मनसुनको चेतावनी : २ लाखभन्दा बढी जनता प्रभावित हुनसक्ने

काठमाडौँ । यस वर्षको मनसुनले देशभर ठूलो जनधनको क्षति पुर्‍याउन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending