काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण विकास निर्माण हुन नसकेको बताएको छन् ।
एमालेको भौतिक पूर्वाधार तथा यातायात केन्द्रिय विभागले आज यहाँ आयोजना गरेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थासम्बन्धी राष्ट्रिय गोष्ठीमा उनले राजनीतिक अस्थिरताले विकासका काम अगाडि बढ्न नसकेको बताएको हो ।
“विकासका कुरा कतिले बुझ्दैनन् । कतिले रोकिदिन्छन् त कतिले भत्काइदिन्छन् । यो जरुरी छैन भन्ठान्छन् । यस्ता कुराले विकास निर्माणमा व्यवधान खडा गरेको छ,” उनले भनेयो, “तर पनि हामीले काम गरिरहेका छौँ । अहिले नयाँ नयाँ खालका अभ्यास भइरहेको छ ।” उनले पूर्वाधार प्रयोग गरेर उद्यमशीलताको विकास गरी त्यसबाट रोगजारीका अवसर सिर्जना गर्नुपर्ने धारणा राखे ।
अध्यक्ष ओलीले कृषिमा आधारित साना मझौला उद्योग स्थापना गर्नुपर्ने बताए । उनले आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधारका लागि आवश्यक नीति तथा कार्यक्रमको तर्जुमा गरिने जानकारी पनि दिए। “पूर्वाधार विकास होइन । विकासको आधार पूर्वाधार हो । विकास गर्न पूर्वाधारको विकास चाहिन्छ, पूर्वाधारको विकासमा ठूलो सफलता प्राप्त गरिसकेका छौँ,” उनले भने ।
उनले पूर्वाधारको विकास हुँदा कनेक्टिभिटीका क्षेत्रमा रेलवे, हवाईजहाज, विद्युत् विस्तार, संचारको विस्तारमा ठूलो प्रगति गरेको बताए। नेपालजस्तो दुर्गम देशमा उत्पादनले बजार पाउँदैनन् भन्ने ठूलो गुनासो रहेकाले उनले केही ठाउँबाहेक त्यस्तो गुनासो नभएको स्पष्ट पारे। अध्यक्ष ओलीले हरेक पालिकाका सदरमुकामलाई कालोपत्र बाटोले जोड्न अभियान सञ्चालन गरेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - १७:१३
काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...
चैत्र ४ गते, २०८२ - १७:०६
काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...
चैत्र ४ गते, २०८२ - १६:४३
ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...
चैत्र ४ गते, २०८२ - १६:३५
नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...
चैत्र ४ गते, २०८२ - १६:३३
काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...
चैत्र ४ गते, २०८२ - १६:२५
काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो । चुनाव...
चैत्र ४ गते, २०८२ - १५:२७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...
चैत्र ४ गते, २०८२ - १४:५३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...
चैत्र ४ गते, २०८२ - १४:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...
चैत्र ४ गते, २०८२ - १४:२९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...


प्रतिकृया लेख्नुहोस्: