Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

इराकद्वारा सन् २०२५ सम्ममा राष्ट्रसङ्घीय मिसन छाड्न आह्वान

खबरडबली संवाददाता

एजेन्सी । इराक सरकारले संयुक्त राष्ट्रसङ्घलाई सन् २०२५ सम्ममा देशमा दशकौँ लामो समयदेखि कायम रहेको राजनीतिक मिसन समाप्त गर्न आग्रह गरेको  एएफपीले जनाएको छ । इराकले अब राष्ट्रसङ्घीय सेना आवश्यक नरहेको बताएको छ । 

सुरक्षा परिषद्मा पठाइएको दस्तावेजमा इराकी प्रधानमन्त्री मोहम्मद सिया अल–सुदानीले क्रमशः इराकी सरकारहरूद्वारा ‘सकारात्मक घटनाक्रम र उपलब्धिहरू’ का साथै संयुक्त राष्ट्र मिसनको जनादेशको पूर्ति भएको बताए । 

सन् २००३ देखि अस्तित्वमा रहेको इराकका लागि संयुक्त राष्ट्र सहायता मिसन (युएनएएमआई) ले  विविध चुनौती पार गरेको र अब इराकमा राजनीतिक मिसन हुने आधारहरू विद्यमान नरहेको बताए । सन् २०२५ डिसेम्बर ३१ को अन्तिम मितिका लागि आह्वान गर्दै अल–सुदानीले यस बीचमा मिसनले ‘आर्थिक सुधार, सेवा प्रावधान, दिगो विकास, जलवायु परिवर्तन र अन्य विकास क्षेत्रहरू’ सम्बन्धी मुद्दाहरूमा मात्र ध्यान केन्द्रित गर्नुपर्ने बताए । 

युएनएएमआईको स्थापना सन् २००३ मा इराकी सरकारको अनुरोधमा राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावद्वारा भएको थियो । यसलाई चार वर्षपछि विस्तार गरिएको थियो । यसलाई हरेक वर्ष नवीकरण गरिन्छ । मिसनले सरकारलाई राजनीतिक संवाद र मेलमिलापका साथै निर्वाचन र सुरक्षा क्षेत्रको सुधारमा सहयोग गर्ने सल्लाह पनि दिन्छ । वर्तमान जनादेश यस महिनाको अन्त्यमा समाप्त हुने भएकाले सुरक्षा परिषद्ले अर्को हप्ता मिसनको नवीकरणमा बहस गर्नेछ ।

सन् २०२३ मेमा मिसनको अन्तिम नवीकरणका क्रममा सुरक्षा परिषद्ले महासचिवलाई रणनीतिक समीक्षा सुरु गर्न आग्रह गरेको थियो । यसको निरीक्षण जर्मन कूटनीतिज्ञ भोल्कर पर्थेसले गरेका थिए । मार्चमा जारी रिपोर्टमा पर्थेसले जनादेशको अन्त्य उचित हुन सक्ने सङ्केत गरे । 

मिसनको समापनका लागि सरकारले पहिचान गरेको दुई वर्षको अवधि थप प्रगति गर्न पर्याप्त समय सीमा हुने उनको निष्कर्ष छ । उनले यस अवधिले अनिच्छुक इराकीहरूलाई विश्वास दिलाउन पर्याप्त समय प्रदान गर्ने भएकाले लोकतान्त्रिक लाभसहितको शान्ति र सुरक्षालाई संरक्षण गर्ने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरामा ‘टुर द पोखरा–०८२’ सम्पन्न

पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...

उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ।  गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...

उदयपुरमा खुकुरी प्रहार गरी भाइकाे हत्या गर्ने दाइ पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...

एमालेमा ओलीविरुद्ध पाेखरेल पक्ष सशक्त बन्दै

काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...

प्याराग्लाइडिङ दुर्घटनामा बङ्गलादेशी नागरिक घाइते

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...

बाँकेमा शीतलहर सुरु, चिसाे बढ्याे

बाँके ।  बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...

समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन दिइँदैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...

मानविय र आर्थिक पुनर्निर्माणमा श्रीलङ्कालाई आईएमएफको सहायता

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्य विस्तार

टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending