Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

इराकद्वारा सन् २०२५ सम्ममा राष्ट्रसङ्घीय मिसन छाड्न आह्वान

खबरडबली संवाददाता

एजेन्सी । इराक सरकारले संयुक्त राष्ट्रसङ्घलाई सन् २०२५ सम्ममा देशमा दशकौँ लामो समयदेखि कायम रहेको राजनीतिक मिसन समाप्त गर्न आग्रह गरेको  एएफपीले जनाएको छ । इराकले अब राष्ट्रसङ्घीय सेना आवश्यक नरहेको बताएको छ । 

सुरक्षा परिषद्मा पठाइएको दस्तावेजमा इराकी प्रधानमन्त्री मोहम्मद सिया अल–सुदानीले क्रमशः इराकी सरकारहरूद्वारा ‘सकारात्मक घटनाक्रम र उपलब्धिहरू’ का साथै संयुक्त राष्ट्र मिसनको जनादेशको पूर्ति भएको बताए । 

सन् २००३ देखि अस्तित्वमा रहेको इराकका लागि संयुक्त राष्ट्र सहायता मिसन (युएनएएमआई) ले  विविध चुनौती पार गरेको र अब इराकमा राजनीतिक मिसन हुने आधारहरू विद्यमान नरहेको बताए । सन् २०२५ डिसेम्बर ३१ को अन्तिम मितिका लागि आह्वान गर्दै अल–सुदानीले यस बीचमा मिसनले ‘आर्थिक सुधार, सेवा प्रावधान, दिगो विकास, जलवायु परिवर्तन र अन्य विकास क्षेत्रहरू’ सम्बन्धी मुद्दाहरूमा मात्र ध्यान केन्द्रित गर्नुपर्ने बताए । 

युएनएएमआईको स्थापना सन् २००३ मा इराकी सरकारको अनुरोधमा राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावद्वारा भएको थियो । यसलाई चार वर्षपछि विस्तार गरिएको थियो । यसलाई हरेक वर्ष नवीकरण गरिन्छ । मिसनले सरकारलाई राजनीतिक संवाद र मेलमिलापका साथै निर्वाचन र सुरक्षा क्षेत्रको सुधारमा सहयोग गर्ने सल्लाह पनि दिन्छ । वर्तमान जनादेश यस महिनाको अन्त्यमा समाप्त हुने भएकाले सुरक्षा परिषद्ले अर्को हप्ता मिसनको नवीकरणमा बहस गर्नेछ ।

सन् २०२३ मेमा मिसनको अन्तिम नवीकरणका क्रममा सुरक्षा परिषद्ले महासचिवलाई रणनीतिक समीक्षा सुरु गर्न आग्रह गरेको थियो । यसको निरीक्षण जर्मन कूटनीतिज्ञ भोल्कर पर्थेसले गरेका थिए । मार्चमा जारी रिपोर्टमा पर्थेसले जनादेशको अन्त्य उचित हुन सक्ने सङ्केत गरे । 

मिसनको समापनका लागि सरकारले पहिचान गरेको दुई वर्षको अवधि थप प्रगति गर्न पर्याप्त समय सीमा हुने उनको निष्कर्ष छ । उनले यस अवधिले अनिच्छुक इराकीहरूलाई विश्वास दिलाउन पर्याप्त समय प्रदान गर्ने भएकाले लोकतान्त्रिक लाभसहितको शान्ति र सुरक्षालाई संरक्षण गर्ने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE