एजेन्सी । छिमेकी सुडानबाट पाँच लाख शरणार्थीको आतिथ्यता गरेको चाडलाई आफ्ना एक करोड ८० लाख जसङ्ख्यामध्ये एक तिहाइका लागि खाद्य सुरक्षा तथा पोषण सहायता आवश्यक रहेको संयुक्त राष्ट्रसङ्घीय मानवतावादीहरूले बताएका छन् ।
मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसिएच) ले जलवायु परिवर्तन, असुरक्षा र खाद्यान्न तथा इन्धनको मूल्यवृद्धिबाट देशभरको अवस्था बिग्रिएको जनाएको छ ।
मार्चदेखि चाडले दक्षिणमा मुसलधारे वर्षा र बाढीको सामना गरिरहेको छ । शरणार्थीहरूले देशको पूर्वमा मानवीय अवस्थालाई उल्लेखनीय रूपमा असन्तुलित बनाएका छन् भने चाडमा गैर–राज्य सशस्त्र समूहको आक्रमणले थप विस्थापन निम्त्याइरहेको छ ।
राष्ट्रसङ्घको प्रतिवेदनअनुसार २४ लाख मानिस खाद्य असुरक्षामा छन् । तीमध्ये तीन लाख मानिस गम्भीर खाद्य असुरक्षामा छन् । प्रभावकारीरूपमा कुनै ठोस सहायता प्रदान गर्न नसकिए यो सङ्ख्या असहज मौसममा ३३ लाख हुन सक्छ ।
एक अर्ब १० करोड अमेरिकी डलरको चाड मानवतावादी आवश्यकताहरू तथा २०२४ का लागि प्रतिक्रिया योजना छ दशमलव छ प्रतिशत वित्तपोषित रहेको बताइएको छ । यसमा करिब सात करोड ४० लाख डलर प्राप्त भयो ।
संयुक्त राष्ट्रसङ्घको आपतकालीन राहत संयोजक मार्टिन ग्रिफिथ्सले फेब्रुअरीमा विश्व निकायको केन्द्रीय आपत्कालीन प्रतिक्रिया कोषबाट एक करोड ५० लाख अमेरिकी डलर कोष उपलब्ध गराएको जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ४ गते, २०८१ - २०:२०
काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै रु १८ लाख ५३ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ...
आश्विन ४ गते, २०८१ - १९:५०
काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत पश्चिम प्रवास संगठन समितिको भर्जुअल परामर्श बैठक सुरु भएको छ । बैठकमा पार्टी केन्द्रीय का...
आश्विन ४ गते, २०८१ - १९:४५
कटारी । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा-छोराको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई सार्वजनिक गरेको छ । ...
आश्विन ४ गते, २०८१ - १९:३८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी टेलिभिजनमा रहँदा १ करोड बढी तलब लिएको पाइएको छ । सहकारीको बचत अप...
आश्विन ४ गते, २०८१ - १९:३५
रौतहट । रौतहटमा नेपाली सेनाको अगुवाईमा बृहत रुपमा वृक्षारोपण गरिएको छ । संबिधान दिवसको अवसर पारेर नेपाली सेनाको अगुवाईमा रौतहटको चुरे क्षेत्रमा बिभिन्...
आश्विन ४ गते, २०८१ - १९:०५
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्...
आश्विन ४ गते, २०८१ - १९:०१
चितवन । नेपाली कांग्रेस पार्टी कार्यालय चितवनले पार्टीका जिल्ला नेताहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था गरेको छ । जिल्लास्तरीय नेताहरूको पार्टी कार...
आश्विन ४ गते, २०८१ - १८:५८
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित जनशान्ति माध्यामिक विद्यालयमा ३२ वर्षदेखि अध्यापन गराउँदै आएका पोखराका नारायण पौड...
आश्विन ४ गते, २०८१ - १८:५१
काठमाडाैं । सरकारले विभिन्न चारजना सचिवहरूको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवाको निर्णय गरेको हो । निर्णयअनुसार ज...
आश्विन ४ गते, २०८१ - १८:४७
बाँके । बाँकेको पश्चिम सिमावर्ती क्षेत्रका जनताले दुःख पाइरहेको परसपुर–गौघाट सडक खण्ड कालोपत्रे गर्ने योजना निर्धारित समयमा पूरा हुन नसक्दा स्थानीयले ...
प्रतिकृया लेख्नुहोस्: