काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएको लामो समय बितिसक्दा पनि जनताले परिवर्तनको महसुस गर्न नसकेको बताएका छन् ।
नेपाली कांग्रेस झापा–काठमाडौं सम्पर्क समितिको तेस्रो अधिवेशनको आज उद्घाटन गर्दै उनले नयाँ संविधान जारी भएपछि मुलुकको परिवर्तनसँगै जनताले परिवर्तनको महसुस गर्न नसकेको बताएका हुन् । “संविधान जारी भएपछि जनतामा जुन परिवर्तन हुनुपर्ने हो त्यो हुन सकेको छैन,” उनले भने ।
नेता सिटौलाले संविधानमा देखिएका कमी–कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताए । “पछिल्लो समय प्रचण्ड नेतृत्वको तीनवटा फरक–फरक सरकार बनेका कारण त्यसको असर प्रदेशमा देखिएको छ”, नेता सिटौलाले भने । पार्टीका पूर्व महामन्त्री सिटौलाले जनताको हितमा एजेण्डा तयार गर्दै उक्त एजेण्डामाथि समग्र पार्टी पङ्क्ति एक भएर जनतामाझ जानुपर्ने बेला आएको उल्लेख गरे ।
कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधीसभा सदस्य सरिता प्रसाईंले जनताका पक्षमा उठाएका विषयमा सरकार गम्भीर नहुँदा कांग्रेसले संसद अवरोध गर्नुपरेको बताइन । संसदमा सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको उनको भनाई थियो ।
सम्पर्क समितिका सभापति दीपक उप्रेती, कांग्रेस नेता एवम् कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापा, झापा कांग्रेसका सभापति देउमान थेवेलगायतले वर्तमान परिस्थितीसँग जुध्नका लागि पार्टी एकतावद्ध भएर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।
झापा–काठमाडौं सम्पर्क समितिको सभापतिमा जोशी
नेपाली कांग्रेस झापा–काठमाडौं सम्पर्क समितिको सभापतिमा नवीन जोशी निर्वाचित भएका छन् । समितिको आज सम्पन्न तेस्रो अधिवेशनबाट जोशीको नेतृत्वमा २४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
समितिको उपसभापतिमा लक्ष्मी ओली, निरज सिटौला र उमा श्रेष्ठ, महासचिवमा तुलसा पन्त, प्रवक्तामा सागर घिमिरे, सचिवमा सञ्जय ढकाल र कोषाध्यक्षमा यशोधा कार्की निर्वाचित भएका छन् ।
कुल २९ सदस्यीय कार्यसमिति रहेको सम्पर्कमा पाँच सदस्यभने सभापतिले मनोनित गरिने बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - २०:०८
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...




प्रतिकृया लेख्नुहोस्: