Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

इन्डोनेसियामा बाढीबाट मर्नेको सङ्ख्या बढेर ४१ पुग्यो, १७ बेपत्ता

खबरडबली संवाददाता

एजेन्सी । सप्ताहन्तमा पश्चिमी इन्डोनेसियामा ज्वालामुखीबाट आएको आकस्मिक बाढी र चिसो लाभा प्रवाहबाट प्रभावित भई मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको छ । घटनामा परी थप १७ जना बेपत्ता भएको स्थानीय विपद् एजेन्सीका अधिकारीले सोमबार एएफपीलाई बताएका छन् । 

घन्टौँसम्म परेको भारी वर्षाका कारण शनिबार साँझ इन्डोनेसियाको सबैभन्दा सक्रिय ज्वालामुखीमध्येको एक सुमात्रा टापुको दुई जिल्लामा ठूलो ज्वालामुखी खस्दा चट्टान खस्दा सडक, घर र मस्जिदहरू जलमग्न भएका छन् । 

“गत रातिको आँकडाअनुसार हामीले ३७ शव रेकर्ड गरेका छौँ तर आज बिहान यो सङ्ख्या बढेर ४१ पुगको छ”, पश्चिम सुमात्रा विपद् न्यूनीकरण एजेन्सीका अधिकारी इल्हाम वहाबले एएफपीलाई भने । उनका अनुसार अझै पनि उद्धारकर्ताहरूले बेपत्ता १७ जनाको खोजी गरिरहेका छन् । यसमा अगम जिल्लामा तीन र तानाह दातारमा १४ जना छन् । दुवै जिल्ला बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हुन् । यहाँ लाखौँ मानिस बस्छन् । 

अधिकारीहरूले मानिसहरूलाई आफन्तहरूको लगायत सुरक्षित स्थनामा जान प्रोत्साहित गरेका कारण इल्हामले खाली गरिएका स्थानीयहरूको सङ्ख्या भने पुष्टि गर्न सक्नुभएन । उनले पहिले, पीडितहरूको खोजी र उद्धार, गरी दोस्रो चरणमा विस्थापितहरूको सुरक्षा, कमजोर मानिसहरूको सुरक्षामा केन्द्रित रहेको बताए । “हाम्रो ध्यान सबैभन्दा पहिला पीडितहरूको खोजी र उद्धारमा छ, दोस्रो निकालिका र कमजोर मानिसको सुरक्षामा छ”, उनले भने । 

स्रोतका अनुसार जिल्लाका सडकहरू नदीमा परिणत भएका छन् भने मस्जिद तथा घरहरू क्षतिग्रस्त भएका छन् । भारी वर्षाले छेउछाउका इलाकाहरूलाई माटोसहितको बाढीको पानीले डुबाएको छ र नजिकैको नदीमा सवारी साधनहरू बगाएको छ । ज्वालामुखीको खरानी र ठुला चट्टानहरू माउन्ट मारापीबाट तल झरेका छन् । 

लहर पनि भनिने चिसो लाभा खरानी, बालुवा र कङ्कडसहितको ज्वालामुखीय सामग्री हो र यिनीहरू वर्षाले ज्लालामुखीको ढलानमुनि आउँछन् । अधिकारीहरूले बेपत्ता पीडितहरूको खोजी गर्न र मानिसहरूलाई आश्रयस्थलमा लैजान उद्धारकर्ता र रबर डुङ्गाहरूको टोली पठाएका छन् । स्थानीय सरकारले आगम र तानाह दातारका धेरै क्षेत्रमा निकासी केन्द्र र आपत्कालीन चौकीहरू स्थापना गरेको छ ।

राष्ट्रिय विपद् न्यूनीकरण एजेन्सी (बिएनपिबी) ले तानाह दातारमा ८४ वटा घर, १६ वटा  पुल र दुई मस्जिद सहित २० हेक्टर धान खेतमा क्षति पुगेको जनाएको छ । इन्डोनेसियामा वर्षाको मौसममा पहिरो र बाढीको जोखिम हुन्छ । 

सन् २०२२ मा सुमात्रा टापुमा आएको बाढीमा करिब २४ हजार मानिसलाई बाहिर निकालिएको थियो भने दुई बालबालिकाको मृत्यु भएको थियो । वातावरणीय अभियानकर्ताहरूले प्रकोप निम्तिनुमा वन विनाशलाई दोष दिएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE