Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

प्रदेशसभा बैठकः पूर्वाग्राही नराखी काम गर्न सरकारलाई सुझाव

खबरडबली संवाददाता

मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्नमा बसेको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता बहादुर सिं लामाले पूर्वाग्राही नराखी प्रदेशको पूर्वाधार विकास, बजेट र योजनालाई भौगोलिक आवश्यकताअनुसार बाँडफाँट गर्न आग्रह गरेका छन् । 

उनले अब सरकारले केही हप्ताअघि प्रदेशमा सरकारी कामकाजको भाषाका रुपमा नेवाः (नेपाल) भाषा र तामाङ भाषाको दैनिक प्रयोगको प्रदेशसभाबाट शुभारम्भ हुनुपर्ने सुझाव दिदैँ अब प्रदेशसभाका सदस्यहरुले बोलेका सुझाव र भनाइलाई ती भाषामार्फत प्रसारण गर्न आग्रह गरे । 

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका सचेतक मधुसूदन पौडेलले सबै प्रदेशमा सहकारीको समस्या निकै जटिल हुनु पुगेकाले अब सामूहिक रुपमा सर्वसाधारण नागरिकको बचत रकम फिर्ता गर्नेतर्फ सङ्घीय सरकार र प्रदेशले समन्वय गरेर दीर्घकालीन निकास दिनेतर्फ पहल गर्नुपर्ने सुझाव दिए । उनले प्रतिपक्षले सरकारलाई र सरकारले प्रतिपक्षलाई आरोप–प्रत्यारोप र टिप्पणी गर्ने प्रवृत्तिलाई अब आत्मसमीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिए । 

नेकपा (माओवादी) केन्द्रका सरल सहयात्री पौडेलले प्रदेश सरकारले सुशासन ल्याउन रोजगारी र स्वास्थ्य शिक्षालाई प्राथमिकतामा राखेर बजेटलाई जनमुखी बनाउपर्नेतर्फ केन्द्रित हुनुपर्ने सल्लाह दिए । उनले प्रदेशमा भौतिक विकास, सडक, सिँचाइ, खानेपानी र योजनालाई कार्यान्वयन गर्न सम्बन्धित निकायले व्याहारिकरुपमा कार्यान्वयन गर्न नसकेकामा प्रदेश सरकारले अब आगामी बजेट बनाउने क्रममा ती सबै योजनालाई समीक्षा गरेर अघि बढ्नुपर्ने सुझाव दिए । 

राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) संसदीय दलका नेता उद्धव थापाले राप्रपाले आफ्ना आन्दोलनका क्रममा मृत्यु भएका एक नेतालाई सहिद घोषणा गर्नुपर्ने माग गरे । उनले प्रदेश सरकारले विगत केही महिना अघिदेखि आर्थिक मामिला तथा योजना मन्त्रालयमा सचिवको पद रिक्त हुँदा अहिलेसम्म पनि पदपूर्ति हुन नसक्दा आगामी बजेटको सिलिङ तर्जुमा गर्न निकै कठिनाइ भएकातर्फ सरकारलाई ध्यानाकर्षण गराए । 

बैठकमा एकीकृत समाजवादी कृष्णप्रसाद शर्मा खनालले सङ्घीय सरकार र प्रदेश सरकारको मातहतमा रहेका प्रहरी संयन्त्र र निजामती कर्मचारीहरुले आफू इमान्दारीपूर्वक सरकारले दिएको जिम्मेवारी पूरा गर्नेतर्फ ढृढताका साथ अघि नबढेकाप्रति चिन्ता व्यक्त गरे । 

उनले अहिले राजनीतिक समीकरणमा प्रतिशोधका कारणबाट प्रदेशमा इमान्दारीपूर्वक सरकारले आफ्नो जिम्मेवारीलाई बहन गर्न नसकिएको उल्लेख गर्दै मन्त्री पदलाई मात्रै महत्व दिएर प्रदेशमा शान्तिसुरक्षा, मानव अधिकारको संरक्षण र जनतालाई सुशासनतर्फ विश्वास र भरोसा दिनेतर्फ जवाफदेही हुन नसकेकामा दुःख व्यक्त गरे । 

सो अवसरमा नेपाल मजदुर किसान पार्टीका नेता सुरेन्द्रराज गोरसाईले नेपालमा कम्युनिष्ट पार्टीको सरकार पटक–पटक बनेको भए पनि जनतालाई इमान्दारिपूर्वक सुशासन दिने, स्वास्थ्य उपचार, गुणस्तरीय शिक्षालगायत भौतिक पूर्वाधारको विकासलाई दिगो व्यवस्थापन गर्न नसकेकामा जनता निराश भएका छन् भने । 

उनले संविधानमा समाजवादको सिद्धान्तलाई व्याख्या गरिएको भए पनि राजनीति दलहरुले जनतालाई उनीहरुको व्यावहारिक जीवनमा समाजवादप्रतिको लक्ष्यलाई उजागर र अहिले ती जनतालाई न्यूनतम स्वास्थ्य उपचार र रोजगारीको अवसर उपलब्ध गराउन प्रदेश सरकारले बजेट, योजना, राष्ट्रिय गौरवको आयोजनालाई अब आत्मसमीक्षा गरेर कार्यान्वयन गर्न आग्रह गरे । 

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक भोलि जेठ १ बजे अपराह्न ३ बजे बस्ने गरी आजको बैठक स्थगित गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...

कास्कीमा हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending