Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

वीरगञ्ज महागरमा ‘कक्षा कोठामा मेयर’ शुभारम्भ

खबरडबली संवाददाता

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले विद्यार्थीको हौसला र उत्प्रेरणा जगाउनको लागि ‘कक्षा कोठामा मेयर’ कार्यक्रम सुरुआत गरेको छ । वीरगञ्ज महानगरपालिका नगरप्रमुख राजेशमान सिंहले आज वीरगञ्जको बिर्तास्थित त्रिजुद्ध माध्यमिक विद्यालयबाट ‘कक्षा कोठामा मेयर’ कार्यक्रम शुभारम्भ गरेका हुन् । 

नगरप्रमुख सिंहले साताको एक दिन विद्यालयको कक्षा कोठामा नै पुगेर विद्यार्थीलाई हौसला तथा उत्प्ररेणा जगाउने खालका कार्यक्रम अघि बढाइने बताए । ‘‘यो कार्यक्रमले सामुदायिक विद्यालय र विद्यार्थीको समस्याको पहिचान गर्न सघाउनेछ’’, उनले भने, ‘‘कक्षा कोठामै पुगेर विद्यार्थीहरुलाई उत्प्रेरणा बढाउन मोटिभेसनल कक्षा लिँदै अध्ययनलाई मुख्य केन्द्रमा राखेर अगाडी बढाइनेछ ।’’ नगरप्रमुख सिंहले आफ्ना अग्रजहरुको योगदानको सम्मान गर्दै शिक्षा प्रदान गर्ने गुरुहरुको सम्मानमा कुनै खालको कमी नगर्न विद्यार्थीलाई अनुरोध गरे । 

महानगरले यसै शैक्षिक सत्रबाट वीरगञ्जका विद्यालयमा सञ्चालित डिजिटल कक्षाको उपयोगिता र प्रभावकारिताको प्रत्यक्ष अवलोकन गरेका थिए । नगरप्रमुख सिंहले साताको एक दिन विद्यालयमा नै पुगेर एउटा कक्षा नै लिने कार्यक्रम अघि बढाइने बताए । नगरप्रमुख सिंहले विद्यालयको अनुगमन गर्दै विद्यालयमा भएका स्रोतसाधन र शैक्षिक अवस्थाको विषयमा पनि जानकारी लिएका थिए । महानगरपालिकाले यसै शैक्षिक सत्रबाट यहाँका विभिन्न ३० वटा विद्यालयमा नेपाली भाषा सिकाइका लागि डिजिटल कक्षा सञ्चालन गर्न सुरु गरेको छ । 

त्रिजुद्ध माविका प्रधानाध्यापक नवीन मिश्रले नगरप्रमुख आफैँ कक्षामा उपस्थिति भएर विद्यार्थीलाई उत्प्रेरणा दिँदा विद्यार्थीहरुमा झनै हौसला बढ्ने बताए । ‘‘नगरप्रमुख आफैँ विद्यालयमा उपस्थित भएर विद्यार्थीसँग अन्तरक्रिया गर्दा यसले पक्कै पनि विद्यार्थीको शैक्षिक र अन्य विकासमा ठूलो मद्दत पुग्ने आशा गरेका छौँ’’, उनले भने । 

महानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले विद्यार्थीहरुको हौसला बढाउने खालको कक्षा लिएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरामा ‘टुर द पोखरा–०८२’ सम्पन्न

पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...

उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ।  गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...

उदयपुरमा खुकुरी प्रहार गरी भाइकाे हत्या गर्ने दाइ पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...

एमालेमा ओलीविरुद्ध पाेखरेल पक्ष सशक्त बन्दै

काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...

प्याराग्लाइडिङ दुर्घटनामा बङ्गलादेशी नागरिक घाइते

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...

बाँकेमा शीतलहर सुरु, चिसाे बढ्याे

बाँके ।  बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...

समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन दिइँदैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...

मानविय र आर्थिक पुनर्निर्माणमा श्रीलङ्कालाई आईएमएफको सहायता

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्य विस्तार

टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending