Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

विषादीको बढ्दो प्रयोगप्रति ‘एफएओ’ चिन्तित

खबरडबली संवाददाता

एजेन्सी । बोत्सवानामा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले कीरा, झार र रोगहरू व्यवस्थापन गर्न कीटनाशकहरूको व्यापक प्रयोगले इकोसिस्टम स्वास्थ्यका लागि आवश्यक प्रजातिहरूलाई हानि पुर्र‍ायउन सक्ने चिन्ता व्यक्त गरेको छ । 

सोमबार बोत्स्वानाको राजधानी गाबोरोनमा अन्तर्राष्ट्रिय वनस्पति स्वास्थ्य दिवसको उपलक्ष्यमा एफएओका सहायक प्रतिनिधि लेसेडी मोडो–मोपेल्वाले कीरा, झार र अन्य कीराका कारणले हरेक वर्ष ४० प्रतिशतसम्म खाद्य बाली नष्ट हुने बताए । “यसले अर्थतन्त्रलाई मात्र असर गर्दैन, तर देशको खाद्य र पोषण सुरक्षालाई पनि गम्भीररूपमा असर गर्छ । विशेषगरी धेरैजसो कृषिमा निर्भर ग्रामीण समुदायका कमजोर समूहहरूका लागि असर गर्छ ”, उनले भने । 

मोडो–मेपोल्वाका अनुसार जलवायु परिवर्तन र मानव गतिविधिहरूले पनि बोटबिरुवाको स्वास्थ्यलाई हानि पुर्‍याइरहेको छ र कीरा र रोगहरूका लागि अनुकूल घर बनाइरहेको छ । यसले उनीहरूलाई पहिले नदेखिएका क्षेत्रहरूमा उत्पन्न गराइरहेको छ । 

उनले कीटनाशकको प्रयोगले रोगको फैलावट, जोखिममा पर्न सक्ने परागकण, प्राकृतिक कीट शत्रु र स्वस्थ पारिस्थितिकीय प्रणालीका लागि आवश्यक जीवहरूको प्रतिक्रियामा वृद्धि हुन सक्ने बताए । “त्यसैले फाइटोसेनेटरी उपायका लागि अन्तर्राष्ट्रिय मापदण्डहरू जस्ता विश्वव्यापी सहयोग र अन्तर्राष्ट्रिय मापदण्डहरू प्रवर्द्धन गरेर सिमाना पारी बिरुवाको स्वास्थ्यको रक्षा गर्नु महत्त्वपूर्ण छ”, उनले भने । 

बोत्सवाना अन्तर्राष्ट्रिय बिरुवा संरक्षण महासन्धि (आइपिपिसी) सँग सम्बद्ध छ । यसले विश्वको बोटबिरुवा, कृषि उत्पादनहरू र प्राकृतिक स्रोतहरूलाई बिरुवाको कीटहरू विरुद्ध सुरक्षित गर्न खोज्छ । आइपिपिसीले अफ्रिका फाइटोसेनेटरी प्रोग्राम (एपिपि) सिर्जना गरेको छ । यो महादेशको पहिलो फाइटोसेनेटरी कार्यक्रम हो । यसले सबै ५४ अफ्रिकी देशलाई बिरुवाको कीटहरूबाट बच्न र नियन्त्रण गर्न मद्दत गर्ने लक्ष्य राखेको छ । 

एपिपी, एफएओ र अफ्रिकी सङ्घको सहयोगमा लागू गरिएको आइपिपिसी को पाँच वर्षको पहलको उद्देश्य अफ्रिकी राष्ट्रिय वनस्पति संरक्षण सङ्गठन (एनपिपिओ) लाई प्रभावकारीरूपमा निगरानी गर्ने, कुशलतापूर्वक र चाँडै पत्ता लगाउने र अन्ततः र बिरुवाको कीटहरूबाट पुनः प्राप्ति गर्न सशक्त बनाउने रहेको छ । एपिपीको पाइलट चरणमा ११ अफ्रिकी मुलुक सामेल छन् । 

संयुक्त राष्ट्रसङ्घले मे १२ लाई अन्तर्राष्ट्रिय वनस्पति स्वास्थ्य दिवसका रूपमा तोकेको छ । यो आइपिपिसी सचिवालय र एफएओद्वारा आयोजित दिवस हो । यस वर्षको स्मृति दिवस ‘बिरुवा स्वास्थ्य, सुरक्षित व्यापार र डिजिटल प्रविधि’ भन्ने नाराका साथ मनाइएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...

कास्कीमा हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending