Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

युक्रेन सङ्कटको वार्ताका लागि खुला रहेको पुटिनको भनाइ

खबरडबली संवाददाता

एजेन्सी । युक्रेन सङ्कटको राजनीतिक समाधानार्थ वार्ताका लागि चीनको प्रयासबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनको स्थितिमा सकारात्मक धारणा व्यक्त गरेका छन् । 

बिहीबारदेखि सुरु हुने पुटिनको दुई दिने चीन भ्रमणको पूर्वसन्ध्यामा सिन्ह्वासँगको लिखित अन्तर्वार्तामा उनले चीनले युक्रेन सङ्कटको कारण र यसको विश्वव्यापी भूराजनीतिक प्रभावलाई स्पष्टरूपमा बुझ्ने बताएका हुन् । 

चीनले सन् २०२३ फेब्रुअरीमा जारी गरेको १२ सूत्रीय प्रस्तावले युक्रेन सङ्कटको राजनीतिक समाधानमा चीनको स्थिति प्रतिबिम्बित गर्दछ । दस्तावेजमा सङ्केत गरिएका अवधारणा र सुझावहरूले द्वन्द्व स्थिति स्थिर गर्न चीनको निष्कपट इच्छा देखाउने उनले बताए । 

चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै युक्रेन सङ्कटको शान्तिपूर्ण समाधानका लागि प्रस्ताव गर्नुभएको चार सिद्धान्त माथि उल्लिखित दस्तावेजमा बिल्कुल फिट भएको पुटिनले जोड दिए । 

“यी कदम ‘शीतयुद्धको मानसिकता’ त्यागी अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रसङ्घको बडापत्रको सम्पूर्णता र अन्तरसम्बन्धका लागि अविभाज्य सुरक्षा र सम्मान सुनिश्चित गर्न आवश्यक छ भन्ने विचारमा आधारित रहेका छन्”, राष्ट्रपति पुटिनले भने, “हामीले वार्तालाई कहिल्यै अस्वीकार गरेका छैनौँ, हामी शान्तिपूर्ण तरिकाले यो द्वन्द्वको व्यापक, दिगो र न्यायपूर्ण समाधान चाहन्छौँ, हामी युक्रेनका बारेमा वार्ता गर्न तयार छौँ तर यस्तो वार्तामा हामीसहित द्वन्द्वमा सामेल सबै मुलुकको हितलाई ध्यानमा राख्नुपर्छ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE