Ntc summer Offer
Khabar Dabali ११ जेष्ठ २०८२ शनिबार | 24th May, 2025 Sat
Investment bank

पर्सामा १० महिनामा ४३ करोडभन्दा बढी मूल्यका सामान बरामद

खबरडबली संवाददाता

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको १० महिनामा रु ४३ करोड ६४ लाख ३४ हजार ७९ रकम बराबरका राजस्व छलेर ल्याइएका सामान बरामद गरेको छ । 

जिल्लाका विभिन्न ठाउँबाट सो अवधिमा वैशाख महिनामा सबैभन्दा बढी रु छ करोड १३ लाख ६८ हजार मूल्यभन्दा बढी रकमका सामान बरामद गरिएको प्रहरी उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । उनले त्यसरी पक्राउ गरिएका सामानलाई कानुनी प्रक्रिया पूरा गरेर भन्सार कार्यालय वीरगञ्ज तथा राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा दाखिला गर्ने गरिएको उनले बताए । 

यस्तै, गत चैत महिनामा रु पाँच करोड ८७ लाख ३६ हजार सात सय ९९, साउन महिनामा रु पाँच करोड ४३ लाख,  भदौ महिनामा चार करोड ५४ लाख, असोज महिनामा पाँच करोड ७१ लाख र कात्तिक महिनामा दुई करोड ३२ लाख मूल्यपर्ने सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  

यसैगरी गत मङ्सिर महिनामा रु तीन करोड रु ८३ लाख, पुस महिनामा रु तीन करोड तीन लाख, माघ महिनामा तीन करोड ४३ लाख र फागुन महिनामा रु तीन करोड ३१ मूल्य पर्ने सामान नियन्त्रणमा लिइएको थियो । 

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा भने ४८ करोड नौ लाख ६४ हजार छ सय ४६ मूल्य बराबरका सामान बरामद गरिएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने

काठमाडौं । यसपटक सरदरभन्दा बढी बर्खा हुने भएपछि डेंगु सङ्क्रमणसमेत बढ्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यसपटक मनसुनमा सरदरभन्दा बढी ...

ताप्लेजुङमा करेन्ट लागेर १० पशु चौपाया मरे

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा करेन्ट लागेर १० ओटा पशु चौपाया मरेका छन् । शुक्रबार दिउँसो थिङलाबुको थुङथापस्थित खुवागुमा करेन्ट लागेर स...

कृषिजन्य सामग्रीको बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । यहाँ उत्पादित कृषिजन्य सामग्रीको बजारीकरण गर्ने उद्देश्यले कृषि एम्बुलेन्...

अख्तियारको छानबिनपछि विमानस्थल अध्यागमनका १३ कर्मचारीको सरुवा

काठमाडाैं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका १३ जना कर्मचारीको सरुवा भएको छ । गृह मन्त्रालयले बिहीवार नासु र कम्प्युटर अपरेटरहर...

अमेरिकी सरकारद्वारा विदेशी विद्यार्थी भर्ना गर्ने हार्वर्डको अधिकार खारेज

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बिहीबार हार्वर्डको विदेशी नागरिकहरू (विद्यार्थी सङ्ख्याको एक चौथाइभन्दा बढी) भर्ना गर्ने अधि...

जापानमा चामलको मूल्यमा उच्च वृद्धि

टोकियो । जापानको मुख्य मुद्रास्फीति दर अप्रिलमा बढेर ३.५ प्रतिशत पुगेको छ । मुद्रा स्फीतिका कारण चामलको मूल्य अघिल्लो वर्षको तुलनामा दोब्बर भएको सरकार...

‘भाषा जीवन्त राख्न मातृभाषा पत्रकारिता आवश्यक छ’

काठमाडौं । मातृभाषा पत्रकारिताले भाषाको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सरोकारवालाले बताएका छन् । भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले भा...

देशभर लागु औषधको समस्या विकराल बन्दै: प्रहरी

काठमाडौं । लागु औषध देशको साझा समस्याको रुपमा आएको भन्दै न्यूनीकरणका लागि आवश्यक कदम चाल्नुनपर्ने बताएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपा...

मालपोत कार्यालय कोहलपुरमा कार्यरत एक कर्मचारी घुससहित पक्राउ

बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जले मालपोत कार्यालय कोहलपुरमा कार्यरत एक कर्मचारीलाई २० हजार रुपिया...

देशभर १९ हजार फरार अपराधी पक्राउ

काठमाडाैं । चालू आर्थिक वर्षको १० महिनाकाे अवधिमा प्रहरीले १९ हजार १०९ जना फरार अपराधी पक्राउ गरेकाे छ ।  उनीहरूबाट एक अर्ब २० कराेड ६६ लाख बिगाे अ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending