नेपालगञ्ज । मागअनुसारको मल नपाउँदा स्थानीय किसानले भारतीय बजारबाट रासायनिक मल ल्याउन बाध्य भएका छन् । जिल्लाको नरैनापुर, खजुराको सैनिक, रुपैडिहा र डुडुवाको खडैचा नाकाबाट किसानले रासायनिक मल ल्याउन बाध्य भएका हुन् ।
जानकी गाउँपालिकाका किसान राजेश काँदुले मल नपाउँदा भारतीय बजारबाट पनि किसानले मल भित्र्याइएको जानकारी दिए । सरकारले किसानको मागभन्दा बजेटअनुसार लक्ष्य निर्धारण गरेर मल आयात गर्दा आवश्यकताअनुसार किसानले रासायनिक मल पाउन नसकेको स्थानीय किसानहरुको भनाइ छ ।
स्थानीय तहको सिफारिसमा सहकारीले मल किसानसम्म पुर्याउने गर्छन । कृषि सामग्री केन्द्र लिमिटेड र साल्ट
ट्रेडिङ कम्पनीले कृषि सहकारीलाई मल उपलब्ध गराउँछन् । लिमिटेडलाई ७० र ट्रेडिङ कम्पनीलाई ३० प्रतिशत मल सरकारले दिने गरेको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जका शाखा प्रबन्धक पुष्पराज श्रेष्ठले निर्धारित लक्ष्यअनुसार नै रासायनिक मल आउने उल्लेख गर्दै खास गरी मुख्य बाली धान, मकै र गहुँ बालीका लागि मल किसानलाई उपलब्ध गराएको बताए ।
उनले बगर खेतीका लागि मल उपलब्ध नहुने जानकारी दिँदै अन्य खेतीका लागि भारतीय बजारबाट पनि मल आउन सक्ने आशङ्का गरे । श्रेष्ठ भने, “हामीले प्रदेश सरकारले दिने कोटाअनुसार नै मलको वितरण भएको छ ।” अहिले जिल्लामा युरिया रासायनिक मल वितरण भएको जानकारी दिँदै डिएपीलगायतका मल एक सातासम्ममा आइपुग्ने श्रेष्ठले उल्लेख गरे ।
कृषि सामग्री कम्पनी लिमिटेडमा हाल छ सय २९ दशमलव चार मेट्रिक टन युरिया, ८८ दशमलव २५० मेट्रिक टन डिएपी र ५८ दशमलव ५५ मेट्रिक टन पोटास मल मौज्दात छ ।
चालु आर्थिक वर्षमा युरियाको वार्षिक बिक्री लक्ष्य छ हजार मेट्रिक टन, डिएपीको वार्षिक लक्ष्य दुई हजार पाँच सय मेट्रिक टन र पोटासको लक्ष्य तीन सय मेट्रिक टन मल रहेको छ । चालु आवदेखि कम्पनीले कृषि चुनको बिक्रीसमेत थालेको छ । माटोको अम्लीयपन घटाउन मद्दत गर्ने उद्देश्यले कृषि चुन बिक्रीका लागि राखिएको हो । कृषि सामग्री कम्पनी लिमिटेडका शाखा प्रबन्धक श्रेष्ठ जिल्लामा चालु आवमा ६३ मेट्रिक टन कृषि चुन बिक्रीको लक्ष्य राखिएको बताउँछन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २४ गते, २०८१ - १९:१४
काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री समेत रहेका संसद्को प्रमुख प्रतिपक्षी दल नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले...
माघ २४ गते, २०८१ - १८:५४
काठमाडौं । काठमाडौं उपत्यकामा गुण्डागर्दी गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोपाल मोक्तान, रोमन मगर, सुमन पराजुली, मनोह...
माघ २४ गते, २०८१ - १८:४८
जनकपुर । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीलाई मधेश प्रदेशको संशोधनसहितको सञ्चार ऐनसम्बन्धी प्रतिवेदन आज बुझाइएको छ । आमसञ्चार प...
माघ २४ गते, २०८१ - १८:४५
काठमाडौं । नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन)का अध्यक्ष गेल्जे लामा शेर्पाले प्रतिष्ठानले आदिवासी जनजातिको उत्थान र विकासका लागि धेरै काम गर्नुपर्ने...
माघ २४ गते, २०८१ - १८:४१
उदयपुर । वन तथा वातावरण मन्त्रालयले सिद्धिचरण राजमार्गअन्तर्गत पर्ने सिरहाको मिर्चैयादेखि उदयपुरको कटारी–घुर्मी सडकखण्ड स्तरोन्नतिका लागि वातावरणीय प्...
माघ २४ गते, २०८१ - १८:३६
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीको विधि र पद्धतिबाहिर गएर सामाजिक सन्जालमा टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्...
माघ २४ गते, २०८१ - १८:३१
काठमाडाैं । काठमाडाैं महानगरपालिका–६ बौद्ध टुसालमा भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । बा.५ख ६६४० नम्बरको बसको ठक्करबाट पैदलयात्री सिन्धुपा...
माघ २४ गते, २०८१ - १८:१०
सुनसरी । साविक विजेता न्यूरोड टिम (एनआरटी) धरानमा जारी २५औँ बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धरान रङ्गशालामा बिहीबार भएको दोस्रो सेमिफाइन...
माघ २४ गते, २०८१ - १८:०६
उदयपुर । सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगका सम्पूर्ण बैंक खाता रोक्का भएका छन् । रौता सप्लायर्सलगायतले सामानको भुक्तानी नदिएको भन्दै काठमाडौं ...
माघ २४ गते, २०८१ - १८:०२
काठमाडौं । बेरोजगार युवा-युवतीलाई विदेशमा आकर्षक तलबको प्रलोभनमा पारेर ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत गुर्भाकोट...
प्रतिकृया लेख्नुहोस्: