काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्ंमा आफ्ना सभापति रवि लामिछानेलाई ‘मानवढाल’ खोजेको आरोप लगाएका छन्।
प्रमुख प्रतिपक्षी कांग्रेसले अब संसद्मा बोल्दा गिरीबन्धु टी(स्टेट प्रकरणको कुरा पनि उठाउने डरले ओलीले लामिछानेको निहुँमा आफू बच्ने उपाय गर्न खोजेको दाबी रास्वपा केन्द्रीय सदस्य कार्कीले गरेका हुन्।
उनले भनेका छन्, ‘हाम्रा सभापति रवि लामिछानेले संसद्मा उभिएर आफ्ना तर्क राख्न नपाउनु कांग्रेसको अलोकतान्त्रिक र निन्दनीय कार्य हो। हाम्रा सभापतिलाई संसद्मा आफ्ना तर्क राख्न दिएर कांग्रेसले आफ्नो गल्ती सच्याओस्। यसअघि भएका अलोकतान्त्रिक रोकावटका लागि माफी मागोस्।’
कसैलाई तर्क राख्न नदिनु अलोकतान्त्रिक र निन्दनीय हो भन्नेमा स्पष्ट हुने उनले बताएका छन्।
उनले थपेका छन्, अब बोल्दा कांग्रेसले संसदमा गिरीबन्धु चिया बगानको नीतिगत भ्रष्टाचारबारेमा पनि बोल्छ भन्ने अनुमान। त्यसमा केपी ओलीको नाम सोझै जोडिन्छ। त्यही डरले रवि लामिछानेलाई बोल्न नदिनेलाई हामी पनि बोल्न दिदैनौँ भन्ने एमाले अध्यक्ष ओलीको भनाइ आएको हो भन्ने जो कोहीले अनुमान गर्न सक्छ। रवि लामिछानेको नाम बीचमा घुसाएर ओलीले बनाउन चाहेको ‘मानवढाल’ मात्र हो। कसैलाई तर्क राख्न नदिनु अलोकतान्त्रिक र निन्दनीय हो भन्नेमा स्पष्ट हामीलाई देखाएर अर्को अलोकतान्त्रिक अभ्यास हुन्छ भने त्यो पनि निन्दनीय नै हुन्छ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - ०९:१९
जाँचबुझ आयोगले भदौ २४ गतेको घटनाबारे के सिफारिस गरेको छ ?
चैत्र १८ गते, २०८२ - ०८:३८
दाङ । दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंका...
चैत्र १८ गते, २०८२ - ०८:३२
मकवानपुर । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका ...
चैत्र १८ गते, २०८२ - ०८:२७
काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइराला समूहले पछिल्लो समय समानान्तर गतिविधि अघि बढाउँदै तीन मुख्य रणनीतिमा ध्यान केन्द्रित गरेको देखिएको छ। उनीहरू ...
चैत्र १८ गते, २०८२ - ०७:३८
काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा आइतबार अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति श...
चैत्र १८ गते, २०८२ - ०७:२७
काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरि...
चैत्र १८ गते, २०८२ - ०७:२४
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, स...
चैत्र १८ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण ...
चैत्र १८ गते, २०८२ - ०७:१९
बागलुङ । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । ...
चैत्र १८ गते, २०८२ - ०७:१४
काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएका छन् । उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना...


प्रतिकृया लेख्नुहोस्: