Khabar Dabali ४ जेष्ठ २०८३ सोमबार | 18th May, 2026 Mon
Investment bank

पुटिन फेरि चीन भ्रमणमा, प्रतिबन्ध खेपिरहेको रुसलाई चीनले कसरी सघाउँछ ?

खबरडबली संवाददाता

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उनका चिनियाँ समकक्षी सी जिन्पिङसँगको भेटवार्ताका लागि बेइजिङ पुगेका छन्। पाँचौँ कार्यकालका लागि निर्वाचित भएपछि पुटिन पहिलो अन्तर्राष्ट्रिय भ्रमणमा बिहीवार बिहान बेइजिङ पुगेका हुन्।

रुस र चीनबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ औँ वार्षिकोत्सव पारेर दुई नेताबीच बिहीवार भेट हुने छ।सात महिनाको अवधिमा क्रेम्लिन प्रमुखको यो दोस्रो चीन भ्रमण हो।

रुसले युक्रेनमाथि सन् २०२२ को फेब्रुअरीमा आक्रमण गरेपछि दुई नेताबीच तीन पटक भेट भइसकेको छ। युक्रेन युद्ध सुरु भएपछि बेइजिङ मस्कोको महत्त्वपूर्ण साझेदार बनेको छ। चीन रुसमाथि अमेरिकासहित विभिन्न देशले लगाएको प्रतिबन्धको प्रभाव कम गराउन चाहन्छ।

चीनले रुसलाई हतियार दिएको छ?

चीनले रुसलाई हतियार उपलब्ध गराएको आरोप बारम्बार अस्वीकार गर्दै आएको छ। "चीनले रुसलाई युक्रेनमा प्रयोग गर्ने गरी वास्तविक हतियार उपलब्ध गराउने काम चाहिँ गरेको छैन," गत महिना बेइजिङ भ्रमणका क्रममा बीबीसी न्यूजसँगको अन्तर्वार्तामा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले भनेका थिए।

तर चीनमाथि अत्यन्तै महत्वपूर्ण सामग्रीहरू उपलब्ध गराएर मस्कोको सैन्य सामर्थ्यलाई सुदृढ बनाउन सघाएको आरोप छ।

ब्लिङ्कनका अनुसार "रुसका निम्ति गोलीगट्ठा, ट्याङ्क, बख्तरबन्द गाडी र क्षेप्यास्त्र बनाउनका निम्ति छोटो तर सघन तालिम" दिएर चीनले सहयोग गरेको छ।

"रुसले आयात गर्ने झन्डै ७० प्रतिशत यान्त्रिक पार्टपुर्जा र ९० प्रतिशत माइक्रोइलेक्ट्रोनिक्सका सामग्री चीनबाट जान्छ," ब्लिङ्कनले भनेका थिए।

वाशिङ्टनले मे महिनामा घोषणा गरेको प्रतिबन्धमा चीन र हङ्‌कङमा आधारित २० कम्पनी पनि परेका छन्। तीमध्ये एउटाले ड्रोन बनाउन प्रयोग हुने सामग्री निर्यात गर्ने गरेको भनिएको छ भने अर्को संस्थामाथि मस्कोमाथि पश्चिमा देशहरूले लगाएको प्रविधिसँग सम्बन्धित प्रतिबन्धलाई विफल बनाउन सघाएको आरोप छ।

"हङ्‌कङ र यूएईमा खोलिएका शेल कम्पनीहरूमार्फत् चीनले रुसलाई सेमिकन्डक्टर उपलब्ध गराएको भन्ने प्रमाण छ", यूकेमा आधारित थिङ्कट्याङ्क 'इन्टरन्याश्नल इन्स्टिट्यूट अफ स्ट्रटीजिक स्टडीज'की मरिया सगिनाले भनिन्।

"केही चिनियाँ कम्पनीले सैन्य र गैरसैन्य आपूर्तिबीचको अस्पष्टताको फाइदा उठाउँदै गैरसैनिक ड्रोन निर्यात गरिराखेका छन्।"

चीनले मस्कोसँगको आफ्नो व्यापारको प्रतिरक्षा गर्दै घातक हतियार नबेचेको र "दोहोरो उपयोगको वस्तुको निर्यातमा विवेकपूर्ण र नियमसङ्गत ढङ्गले सन्तुलन कायम गरेको" दाबी गर्दै आएको छ।

'कार्नेगी इन्डाउमन्ट' नामक थिङ्कट्याङ्कले गरेको चिनियाँ भन्सार कार्यालयको तथ्याङ्कको विश्लेषणअनुसार बेइजिङले प्रतिमहिना ३० करोड डलरभन्दा बढीको दोहोरो प्रयोगका वस्तुहरू निर्यात गर्छ। त्यसमा व्यावसायिक र सैन्य साधन दुवै पर्छन्।

उसका अनुसार यो सूचीमा अमेरिकाले "उच्च प्राथमिकता"मा राखेका ड्रोनदेखि ट्याङ्कसम्मका हतियार बनाउन चाहने सामग्री पनि पर्छन्।

यूकेमा आधारित 'आरयूएसआई' नामक थिङ्कट्याङ्कले पनि युक्रेन युद्धको अग्रमोर्चामा चिनियाँ भूउपग्रह प्रविधिको प्रयोग जासुसी प्रयोजनका लागि हुन सक्ने चेतावनी दिएको छ।

चीन र रुसबीचको व्यापार

पश्चिमा देशहरूले रुसमाथि प्रतिबन्ध लगाएपछि चीन अहिले रुसका निम्ति कार, लत्ताकपडा र कच्चा पदार्थ पठाउने मुख्य निर्यातकर्ता बनेको छ।

चीनले सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कका अनुसार सन् २०२१ यता यी दुई देशबीचको व्यापार ६४ प्रतिशतले बढेर दुई खर्ब ४० अर्ब डलरको उच्च बिन्दुमा पुगेको छ।

उक्त आँकडाअनुसार रुसले चीनबाट १११ अर्ब डलरको आयात गरेको थियो भने चीनलाई १२९ अर्ब डलरजतिको निर्यात गरेको थियो।

सन् २०२२ मा छ अर्ब डलर बराबरको चिनियाँ कार र त्यसका पार्टपुर्जा रुसतर्फ निर्यात भएकोमा सन् २०२३ मा बढेर २३ अर्ब डलर पुगेको छ।

"चीनका कैयौँ घरमा रुसी प्राकृतिक ग्यास प्रयोग हुँदै आएको छ भने रुसका सडकहरूमा कैयौँ चिनियाँ सवारीसाधन गुडिरहेका छन्," चिनियाँ विदेशमन्त्री वाङ यीले मार्च महिनामा भनेका थिए।

केही जानकारहरू यसलाई 'असन्तुलित' सम्बन्ध मान्छन्।
उनीहरूका अनुसार रुस चीनसँग बढी आश्रित छ। सन् २०२३ सम्मको स्थिति हेर्दा चीन रुसको मूल व्यापारिक साझेदार बनेको छ। यद्यपि चीनका लागि रुस छैटौँ ठूलो साझेदार हो।

चीनले रुससँग कति तेल र ग्यास किन्छ?

रुस सरकारको लगभग आधा राजस्व तेल र ग्यासबाट आउँछ। युक्रेनमाथि आक्रमण गरेपछि लगाइएका विभिन्न प्रतिबन्धका कारण अमेरिका, यूके र ईयूका देशहरूमा रुसी र ग्यासको निर्यात घटेको छ।

यसबाट उत्पन्न महत्वपूर्ण आयको कमीलाई चीन र भारतलाई गरिने निर्यातले पूरा गर्छ।

सन् २०२३ मा साउदी अरबलाई पछि पार्दै रुस चीनको सबैभन्दा ठूलो कच्चा तेल आपूर्तिकर्ता बन्यो। बेइजिङले उक्त वर्ष रुससँग १० करोड ७० लाख टन कच्चा तेल किनेको थियो। त्यो परिमाण सन् २०२२ को तुलनामा २४ प्रतिशतले बढी हो।

भारतले पनि रुससँगको दशकौँ लामो सम्बन्धलाई निरन्तरता दिँदै युक्रेन युद्धयता सहुलियत मूल्यमा तेल किन्दै आएको छ। भारत रुसी तेलको मूख्य खरिदकर्तामध्ये हो।

भारत सरकारको नियन्त्रणमा रहेको ब्याङ्क अफ बरोडाका अनुसार भारतको कुल तेल आयातमा रुसको हिस्सा जुन २०२३ मा ४४ प्रतिशतको उच्च बिन्दुमा पुगेको थियो।

चीनले सन् २०२३ मा रुसबाट ८० लाख टन एलपीजी आयात गरेको थियो। त्यो परिमाण सन् २०२१ को तुलनामा ७७ प्रतिशतले अधिक हो।

यी दुई देश पश्चिम रुसको साइबेरिया क्षेत्रबाट उत्तरपूर्वी चीनसम्म प्राकृतिक ग्यास निर्यात गर्ने पाइपलाइन बनाएर ऊर्जा किनबेचको सम्बन्धलाई पनि बढाउने योजनामा छन्। उक्त परियोजना 'पावर अफ साइबेरिया-२' को नामले चिनिन्छ।

चीनले सन् २०१९ देखि नै साइबेरियाको मूल पाइपलाइनमार्फत् ग्यास प्राप्त गर्दै आएको छ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending