स्याङ्जा। स्याङ्जाको चापाकोट–९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च गर्न थालेको ३२ वर्ष पुग्यो। आफूले उत्पादन गरेका तरकारी गाउँ तथा बजारका घरघरमा पु¥याएर बिक्री गर्ने उनको दैनिकी निकै लामो छ।
मौसम अनुसारका तरकारी उत्पादन गरी आफैँले डोकोमा बोकेर बजार जाने गरेकाले बिक्रीको समस्या नभएको उनले बताए। “मौसम अनुसार उत्पादन हुने तरकारी दुईरचार किलोका दरले टिप्छु, सबै मिलाउँदा भारी पुग्छ”, उनले भने, “ग्राहकले पनि आफूले चाहेको ताजा तरकारी घरदैलोमै पाउनुहुन्छ ।”
आफूले उत्पादन गरेका तरकारी घरदैलोमै पुगेर बिक्री गर्ने गरे पनि होलसेलमा कसैलाई पनि नदिएको लक्ष्मीले दाबी गरे। उमेरले पाँच दशक पुगेकी लक्ष्मीको परिवारको मुख्य आम्दानीको स्रोत नै तरकारी हो।
“तरकारी भएका बेला बिहान ६ बजे बिक्रीका लागि निस्कन्छु”, उनले भनिन्, “दिउँसो १–२ बजेमात्रै तरकारी बिक्री गरेर घर आउँछु ।” तरकारी बिक्री गरेर घर फर्केपछि बारीमा तरकारी लगाउन व्यस्त हुने गरेको उनको भनाइ छ।
सासुससुरा, बिरामी श्रीमान् र पाँच छोराछोरीको लालनपालन, पढाइ तथा घरखर्च लक्ष्मीले तरकारी बिक्रीबाट भएको आम्दानीले चलाउँदै आएकी छिन्। छोरीहरुको उच्च शिक्षा, बिहेवारी र छोरालाई इन्जिनियर पढाउने आम्दानी पनि तरकारीखेतीबाटै भइरहेको लक्ष्मीले जानकारी दिइन्।
“घरखर्च, छोराछोरीको बिहेवारी, पढाइ खर्च सबै यसैबाट चलाउँदै आएकी छु”, उनले भनिन्, “यसका अलावा बचत भएको रकमबाट साढे दुई तलाको घर, चापाकोटमै नौ रोपनी जग्गा र बुटवलमा नौ धुर जग्गा जोडेकी छु।”
छोरीहरूको बिहेवारी भइसकेको र छोरा पढ्नका लागि बाहिर भएकाले अहिले आफू एक्लै तरकारीखेती गर्दै आएको उनले अनुभव सुनाइन्। परिश्रम गर्न सके आम्दानी गर्न सकिने प्रशस्त बाटा रहेका उनको बुझाइ छ।
“उत्पादन भएका तरकारी आफैँ बिक्री गर्न हिँड्दा कतिले तल्लो छेउ पारेर पनि बोल्छन्”, लक्ष्मीले भनिन्, “आफ्नो काम गरेर खाँदा पनि त्यस्तो व्यवहार गर्छन्, श्रमको सम्मान नहुँदा दुःख लाग्छ तर, यही पेसाले यहाँसम्म ल्यायो, म खुसी छु ।”
गत वर्षमात्रै उनले २५ मुरी गुन्द्रुक बिक्री गर्नुभएको थियो । गत वर्ष १० मुरी गुन्द्रुक काठमाडौंमा बिक्री गरेकी थिइन् भने अरु स्थानीय चापाकोट बजारमै बिक्री गरेकी थिइन्। लक्ष्मीको खेतबारीमा अहिले करेला, घिरम्ला, टमाटर, काउली बन्दा, सिमी, बोडा, काक्रा, भिण्डी, लौकालगायत तरकारी छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ६ गते, २०८१ - १६:२१
काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एसिया संगठन समितिको भर्जुअल परामर्श बैठक जारी रेहको छ। आइतबार बसेको बैठकमा पार्टीक...
आश्विन ६ गते, २०८१ - १६:१६
काठमाडौं। नेप्सेमा आज ११ अंकको वृद्धि भएको छ। आइतबार नेप्से ११ अंकले बढेर २५८८.३५ विन्दुमा रोकिएको हो। आज ३२५ कम्पनिको कारोबार हुँदा एक करोड २४ लाख...
आश्विन ६ गते, २०८१ - ०९:४६
डोटी । डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती सुरु गरेका छन् । युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नग...
आश्विन ६ गते, २०८१ - ०९:४४
काठमाडौं । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट...
आश्विन ६ गते, २०८१ - ०९:३८
रौतहट । बारा स्थित राष्ट्रिय जङ्गल नजिक वयस्क हात्ती मृत फेला पारेको छ। स्थानीय कोल्हबी नगरपालिका–२ भलुवाही खोर जङ्गल छेउमा जङ्गली हात्ती मृत फेला परे...
आश्विन ६ गते, २०८१ - ०९:३४
काठमाडौं । महानायक राजेश हमालले सुचना प्रविधि र विश्वव्यापीकरणको युगमा नेपालीहरुका लागि क्यानडा शैक्षिक गन्तब्य बन्नसक्ने बताएका छन् । शनिबार हिमाल म...
आश्विन ६ गते, २०८१ - ०९:२८
काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमध्ये एक हो, डोल्पा जिल्ला । मुख्यगरी डोल्पामा रारा तालको अवलोकनका लागि पर्यटक पुग्ने गर्छन् । रा...
आश्विन ६ गते, २०८१ - ०९:२१
बनेपा । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ । नियमित सवारीसाधन जा...
आश्विन ६ गते, २०८१ - ०९:१५
काठमाडौँ । चीनमा ‘ब्युटिफुल गभर्नर’ भनेर चिनिने गुइझाउ प्रान्तकी गभर्नर झोङ याङलाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई १ करोड १६ लाख रुपैयाँ जरिवाना...
आश्विन ६ गते, २०८१ - ०९:०४
बाँके । भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ। लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकर...
प्रतिकृया लेख्नुहोस्: