Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

प्रेम सम्वन्धमा खटपट भएपछि झापामा एक छात्रामाथि धारिलो हतियार प्रहार

खबरडबली संवाददाता

झापा । पछिल्ले समय प्रेम सम्बन्धमा खटपट हुँदा प्रेम सम्बन्ध अप्रिय घटनामा परिणत हुन थालेको छ । झापामा यस्तै भएका कारण अर्को अप्रिय घटना घटेको छ।

दमकमा एक छात्रामाथि गोली प्रहारको घटना भएको एक महिना नबित्दै भद्रपुरमा शुक्रवार प्रेम सम्बन्धमा खटपट भएकै कारण अर्की छात्रामाथि पनि धारिलो हतियार प्रहार भएको छ।

भद्रपुरकी एक युवतीमाथि धारिलो हतियार (दाउ) प्रहार गरिएको प्रहरीले जनाएको छ । भद्रपुर नगरपालिका –९ घोडामारास्थित शान्तिटोल निवासी १७ वर्षीया श्रेया राईमाथि भद्रपुर– ६ भानुभोक निवासी १८ वर्षीय अभिषेक कर्णले शुक्रबार बिहान पौने ११ बजे दाउ प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

दाउ प्रहारबाट श्रेयाको टाउको र दुवै हातमा गम्भीर चोट लागेको छ। उनको भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको छ।  घोडामारा प्रहरी चौकीले दाउ प्रहार गर्ने अभिषेकलाई घटनास्थलबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापामा ल्याएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार श्रेया एसएस निकेतन अंग्रेजी माविमा कक्षा ११ मा अध्ययनरत छात्रा हुन् ।

विद्यालयबाट कक्षा ११ को वार्षिक परीक्षा दिएर श्रेया स्कुल बस चढेर घर फर्किएकी थिइन्। बसबाट ओर्लिएर घरतर्फ हिडेर गइरहेकी श्रेयामाथि अभिषेकले बाटो छेकेर एक्कासि दाउ प्रहार गरेका थिए ।  पक्राउ परेका अभिषेकले श्रेया आफ्नी प्रेमिका भएको र प्रेम सम्बन्धमा विवाद बढेपछि दाउ प्रहार गरेको प्रहरीसमक्ष बयान दिएको जनाइएको छ।

अभिषेक पनि एसएस निकेतनमा पढ्थे । कक्षा १२ को परीक्षा दिएर उनी घर बसिरहेका थिए । यस्तो घटना घटेपछि एसएस निकेतनका शिक्षक तथा विद्यार्थीहरू चकित परेका छन् । दुवै विद्यार्थी सरल स्वभावका रहेका विद्यालयका प्रिन्सिपल दीप श्रेष्ठले बताए । अभिषेकले घटाएकसो घटना कल्पना गर्न नसकिने उनको भनाइ छ । श्रेयामाथि दाउ प्रहार गर्ने घटना दुःखद भएको उनले बताए ।

यसअघि गत बैशाख २१ गते दमकमा परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार भएको थियो । उदयपुर घर भइ दमकमा डेरा गरी बस्दै आएकी एनिका अधिकारी (निशा) माथि गोली प्रहार भएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैका लागि किन पीडादायक हुन्छ यौन सम्पर्क ?

काठमाडौं । यौन आवश्यकता मानिसहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्न भिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामला...

स्‍नातक पासको प्रमाण ल्याउन नसक्दा भट्टराईको नाम राजदूतबाट अस्वीकृत गरिँदै

काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ । सिंहदरबारमा सोमबार बसेको बैठक...

रामेछापमा भएको जीप दुर्घटनाका अर्का एक घइतकाे मृत्यु

  रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइ...

खाेटााङमा माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता

खोटाङ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा ब...

काठमाडौं महानगरलेे गर्याे २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीको सफाइ

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘स...

एन्फा महिला लिगमा चन्द्रपुर र कोशीबीच १–१ गोलको बराबरी

काठमाडौैं । एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्ल...

बबई नदीमा पुरूष मृत भेटिए

कााठमाडौं । बबई नदीमा डुबेर एक पुरूषको मृत्यु भएको छ।  सोमबार बिहान १० बजे घोराही उपमहानगरपालिका ७ बेलहरीका ४७ वर्षीय अर्जुन खनाल सुकवारीस्थित बबई  नद...

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौंमा

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौँ आएका छन् । आइतबार काठमाडौँ ओर्लिएका उनी ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका...

आकृति, संस्कार, रिवानी ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’ घोषित

काठमाडौँ । आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेताहरु घोषित भए । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्...

पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy