Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

बागमती प्रदेशको संसदीय समिति सभापतिको निर्वाचन शनिबार हुने

खबरडबली संवाददाता

हेटौँडा । बागमती प्रदेशसभा सचिवालयले संसदीय समितिको सभापति निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

सभामुख भुवनकुमार पाठकको निर्देशनमा सचिवालयले बिहीबार एक सूचना प्रकाशित गर्दै प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, उद्योग पर्यटन तथा वातावरण समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । 

प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को अनुसूची– ३ बमोजिम, सम्बन्धित समितिको सभापतिमा उम्मेदवार बन्न सोही समितिका एक सदस्यको समर्थनमा प्रस्ताव दर्ता गर्नुपर्ने छ ।  

निर्वाचन कार्यतालिका अनुसार, सभापति पदका लागि मनोनयन दर्ता शुक्रबार दिउँसो सुरु हुनेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन शुक्रबार साँझ हुनेछ । मतदान भने जेठ ५ गते शनिवार हुने छ । 

सम्बन्धित समिति सचिवालयले मतदानका लागि फरक फरक समय निर्धारण गरेका छन् । प्रदेश मामिला समिति सभापति र सार्वजनिक लेखा समिति सभापतिको मतदान शनिवार दिउँसो २ बजेदेखि, अर्थ तथा विकास समिति सभापतिको मतदान दिउँसो साढे १२ बजेदेखि, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति र उद्योग, पर्यटन तथा वातावरण समिति सभापतिको मतदान शनिबार अपराह्न दिउँसो ३: ३० बजेदेखि सुरु हुनेछ । 

निर्वाचित समितिका सभापतिहरूको शपथ ग्रहण भने जेठ ६ गते बिहान साढे १० बजे हुने प्रदेशसभा सचिवालयको कार्य तालिकामा उल्लेख छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत

काठमाडाैं । मन्त्रिपरिषद् बैठकबाट परराष्ट्रमन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्र...

धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

काठमाडौं ।  धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ...

दश युट्युब च्यानलसहितका माध्यमलाई काउन्सिलको कारबाही

काठमाडौं । अपुष्ट र भ्रमपूर्ण सामाग्री प्रसारण गरी समाजलाई दिग्भ्रमित पारेको भन्दै प्रेस काउन्सिल नेपालले थप १० वटा युट्युब च्यानलसहित सामाजिक सञ्जालल...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रोल्पाको होलेरीमा सेवा विस्तार गर्ने भएको छ । प्रतिष्ठानले चिकित्सा विषयको स्नातक तह (एमविविएस) को अध्यापन...

धानको मूल बीउ उत्पादन गर्दै व्यावसायिक कीट विकास फर्म

चितवन । यहाँको व्यावसायिक कीट विकास फर्मले विगत दुई वर्षदेखि धानको मूल बीउ उत्पादन गर्दै आएको छ । फर्मका नाममा रहेको दुई बिगाहा जग्गामा विभिन्न जातका ...

प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति

काठमाडौं । काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका-८ स्थित सिन्दुरेचौर हुँदै मध्यपहाडी लोकमार्ग निर्माणाधीन छ । दुई वर्षअघि लोकमार्गको ट्रयाक खन्दादेखि सिन...

अपहरण गरी ५० हजार फिरौती मागेको आरोपमा वीरगन्जमा दुई जना पक्राउ

वीरगन्ज । अपहरण गरी फिरौती रकम असुलेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१६ इनर्वाका ३० वर्षीय सन्तोष दास तत्मा र ...

भैरहवामा १०औं राष्ट्रिय उद्योग दिवस मनाइयो

भैरहवा । भैरहवामा १०औं राष्ट्रिय उद्योग दिवस मनाइएको छ । 'उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि' नाराका साथ विशेष कार्यक्रम गरी दिवस मनाइएको हो...

सीटीईभीटी उपाध्यक्ष बरालद्वारा पदभार ग्रहण

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)को उपाध्यक्षमा ओमप्रसाद बरालले पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै उ...

भाेली रवि लामिछानेलाई बयानका लागि काठमाडौं ल्याइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई मंगलबार बयानका लागि काठमाडौं ल्याइने भएको छ । सहकारी ठगीको अभियोगमा पक्राउ पर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy