Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

सुडानमा खाद्यसङ्कट पर्ने संयुक्त राष्टसङ्घीय अधिकारीको चेतावनी

खबरडबली संवाददाता

एजेन्सी । संयुक्त राष्ट्रङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) का वरिष्ठ अधिकारीले बुधबार सुडानका युद्धग्रस्त क्षेत्रहरूमा अनिकालका कारण जीवन बचाउने प्रक्रिया असहज बन्दै गएको चेतावनी दिएका छन् ।

“सुडानको स्थिति निराशाजनक र द्रुतरूपमा बिग्रँदै गएको छ”, डब्ल्युएफपीका उपकार्यकारी निर्देशक कार्ल स्काउले सुडानको भ्रमणपछि राष्ट्रसङ्घीय न्युज सेन्टरले केन्द्रले उनलाई उद्धृत गर्दै भनेको छ, “हामीलाई पहुँचको स्तरमा आदर्श परिवर्तनको आवश्यकता छ, अन्यथा हामीले सुडानमा विपत्ति देख्नेछौँ ।”

स्काउले गम्भीर खाद्य असुरक्षाबाट पीडित अनुमान गरिएका एक करोड ८० लाख सुडानीमध्ये डब्ल्युएफपी २५ देखि ३० प्रतिशतसम्म मात्र पुग्नसकेको बताए । उनले सुडानमा नागरिकहरूको सुरक्षा गर्न र मानवीय प्रतिक्रियालाई सुदृढ पार्न ठोस कूटनीतिक प्रयास र थप स्रोतहरू तत्काल आवश्यक रहेको बताए । 

डब्ल्युएफपीका अनुसार सुडानमा कम्तीमा ५० लाख मानिस भोकमरीको सँघारमा छन् । तीमध्ये अधिकांश गत वर्ष अप्रिलमा सुरु भएको द्वन्द्वबाट प्रभावित क्षेत्रहरू डार्फर र कोर्डोफान क्षेत्र र राजधानी खार्तुमका रहेका छन् ।डब्ल्युएफपीले द्वन्द्व दोस्रो वर्षमा प्रवेश गरेसँगै सुडानले विश्वको सबैभन्दा खराब भोकमरी र सङ्कटको सामना गर्नुपर्ने चेतावनी दिएको छ । 

संयुक्त राष्ट्रसङ्का अनुसार सुडानको आधा वा करिब दुई करोड ५० लाख जनसङ्ख्यालाई मानवीय सहायता र सुरक्षा चाहिन्छ । करिब एक करोड ८० लाख मानिसले तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका छन् । 

सुडानले सन् २०२३ अप्रिल १५ देखि सुडानी सशस्त्र बल र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सबीच घातक झडपको सामना गरिरहेको छ ।  झडपका कारण हालसम्म १५ हजार पाँच सय ५०  व्यक्तिको ज्यान गएको छ । यसैगरी ८७ लाख जनता विस्थापित भएको अनुमान राष्ट्रसङ्घीय मानवीय मामिला समन्वयको कार्यालयले गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE