एजेन्सी । संयुक्त राष्ट्रङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) का वरिष्ठ अधिकारीले बुधबार सुडानका युद्धग्रस्त क्षेत्रहरूमा अनिकालका कारण जीवन बचाउने प्रक्रिया असहज बन्दै गएको चेतावनी दिएका छन् ।
“सुडानको स्थिति निराशाजनक र द्रुतरूपमा बिग्रँदै गएको छ”, डब्ल्युएफपीका उपकार्यकारी निर्देशक कार्ल स्काउले सुडानको भ्रमणपछि राष्ट्रसङ्घीय न्युज सेन्टरले केन्द्रले उनलाई उद्धृत गर्दै भनेको छ, “हामीलाई पहुँचको स्तरमा आदर्श परिवर्तनको आवश्यकता छ, अन्यथा हामीले सुडानमा विपत्ति देख्नेछौँ ।”
स्काउले गम्भीर खाद्य असुरक्षाबाट पीडित अनुमान गरिएका एक करोड ८० लाख सुडानीमध्ये डब्ल्युएफपी २५ देखि ३० प्रतिशतसम्म मात्र पुग्नसकेको बताए । उनले सुडानमा नागरिकहरूको सुरक्षा गर्न र मानवीय प्रतिक्रियालाई सुदृढ पार्न ठोस कूटनीतिक प्रयास र थप स्रोतहरू तत्काल आवश्यक रहेको बताए ।
डब्ल्युएफपीका अनुसार सुडानमा कम्तीमा ५० लाख मानिस भोकमरीको सँघारमा छन् । तीमध्ये अधिकांश गत वर्ष अप्रिलमा सुरु भएको द्वन्द्वबाट प्रभावित क्षेत्रहरू डार्फर र कोर्डोफान क्षेत्र र राजधानी खार्तुमका रहेका छन् ।डब्ल्युएफपीले द्वन्द्व दोस्रो वर्षमा प्रवेश गरेसँगै सुडानले विश्वको सबैभन्दा खराब भोकमरी र सङ्कटको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।
संयुक्त राष्ट्रसङ्का अनुसार सुडानको आधा वा करिब दुई करोड ५० लाख जनसङ्ख्यालाई मानवीय सहायता र सुरक्षा चाहिन्छ । करिब एक करोड ८० लाख मानिसले तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका छन् ।
सुडानले सन् २०२३ अप्रिल १५ देखि सुडानी सशस्त्र बल र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सबीच घातक झडपको सामना गरिरहेको छ । झडपका कारण हालसम्म १५ हजार पाँच सय ५० व्यक्तिको ज्यान गएको छ । यसैगरी ८७ लाख जनता विस्थापित भएको अनुमान राष्ट्रसङ्घीय मानवीय मामिला समन्वयको कार्यालयले गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - २०:१४
पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...
पौष ५ गते, २०८२ - २०:०६
उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ। गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...
पौष ५ गते, २०८२ - २०:०४
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...
पौष ५ गते, २०८२ - १९:५७
काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...
पौष ५ गते, २०८२ - १९:४५
लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...
पौष ५ गते, २०८२ - १९:४२
बाँके । बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...
पौष ५ गते, २०८२ - १९:३८
अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...
पौष ५ गते, २०८२ - १९:३६
म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...
पौष ५ गते, २०८२ - १९:३३
कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...
पौष ५ गते, २०८२ - १९:३१
टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...




प्रतिकृया लेख्नुहोस्: