एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बेइजिङ आगमनपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देशबीचको द्विपक्षीय सम्बन्धको भविष्यलाई सुदृढ बनाउन संयुक्तरूपमा काम गर्ने इच्छा व्यक्त गरेका छन् ।
बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा भएको बृहत् वार्ताका क्रममा चिनियाँ राष्ट्रपतिले दुई पक्षले कूटनीतिक सम्बन्धको ७५ औँ वार्षिकोत्सवलाई नयाँ सुरुआतका रूपमा लिनुपर्ने, विकास रणनीतिमा थप समन्वय गर्नुपर्ने र द्विपक्षीय सहयोगलाई समृद्ध बनाउने पहल जारी राख्नुपर्ने बताए ।
सिन्ह्वाले रिपोर्ट गरेअनुसार राष्ट्रपति जिनपिङले दुई देशबीच सहकार्यका लागि विभिन्न क्षेत्रमा नयाँ योजना बनाउन तयार रहेको बताए । राष्ट्रपति जिनपिङले यस वर्ष चीनको स्थापनाको ७५औँ वार्षिकोत्सव भएको उल्लेख गर्दै देशले सबै मोर्चामा चिनियाँ आधुनिकीकरणलाई अगाडि बढाइरहेको र उच्च गुणस्तरको विकासको माध्यमबाट नयाँ उत्पादक शक्तिहरूलाई बढावा दिन द्रुत गतिमा अघि बढिरहेको बताए ।
उनले चीन र रुस दुवै संयुक्त राष्ट्र सुरक्षा परिषद् र प्रमुख उदीयमान बजारका स्थायी सदस्य रहेको कुरामा जोड दिए । सिन्ह्वाका अनुसार यो भेट रणनीतिक समन्वयलाई गहिरो बनाउन, पारस्परिक लाभदायक सहयोग विस्तार गर्न र विश्वमा बहुध्रुवीयता र आर्थिक भूमण्डलीकरणको सामान्य ऐतिहासिक प्रवृत्ति पछ्याउन दुवै देशको साझा रणनीतिक छनोट हो ।
राष्ट्रपतिका रूपमा आफ्नो नयाँ कार्यकाल सुरु गरेपछि रुसी राष्ट्रपतिको यो पहिलो विदेश भ्रमण भएको उल्लेख गर्दै राष्ट्रपति पुटिन र रुसी सरकारले चीन–रुस सम्बन्धको विकासमा राखेको ठूलो महत्त्व दर्शाउनेमा राष्ट्रपति जिनपिङले जोड दिए ।
छलफलका क्रममा चिनियाँ राष्ट्रपतिले पुटिनलाई ‘पुरानो मित्र’ का रूपमा अभिवादन गरे र चीन र रुसले विगत एक दशकमा ४० भन्दा बढी बैठकमा एकअर्कालाई ‘रणनीतिक मार्गदर्शन’ प्रदान गरेको बताए ।
चीन भ्रमणका क्रममा पुटिन चीनको उत्तरपूर्वी हेइलोंगजियाङ प्रान्तको राजधानी हार्बिन जानुहुने कार्यक्रम रहेको छ । त्यहाँ उनले व्यापार र सहयोगका कार्यक्रममा भाग लिनेछन् । ऐतिहासिकरूपमा चीन र रुसबीचको सीमा तनावले ग्रस्त यस क्षेत्रमा हालैका वर्षहरूमा कनेक्टिभिटी बढेको देखिएको छ । यसबाट दुई छिमेकीबीच घनिष्ठ आर्थिक र सांस्कृतिक सम्बन्ध सुधारिएको पाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: