Khabar Dabali १७ फाल्गुन २०८२ आईतवार | 1st March, 2026 Sun
Investment bank

राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक

खबरडबली संवाददाता

एजेन्सी । संयुक्त राज्य अमेरिका र ठूला उदीयमान अर्थव्यवस्थाहरूको बलियो प्रदर्शनका कारण विश्वव्यापी आर्थिक सम्भावनाहरू सुधार भएका छन् । यद्यपि कमजोरीहरू बाँकी रहेको संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनमा उल्लेख छ । 

सन् २०२४ जनवरीको विश्व आर्थिक अवस्था र सम्भावनाहरूको प्रतिवेदनको मध्यावधिको अद्यावधिकअनुसार विश्व अर्थतन्त्र सन् २०२४ मा दुई दशमलव सात प्रतिशत र सन् २०२५ मा दुई दशमलव आठ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । 

जनवरीको प्रतिवेदनमा सन् २०२४ का लागि दुई दशमलव चार प्रतिशत र सन् २०२५ का लागि दुई दशमलव सात प्रतिशत वैश्विक वृद्धि दरको भविष्यवाणी गरिएको थियो । 
पछिल्लो संशोधनले मुख्यरूपमा अमेरिका र विशेषगरी ब्राजिल, भारत र रुसजस्ता उदीयमान अर्थतन्त्रहरूमा राम्रो दृष्टिकोण प्रतिबिम्बित गर्दछ । 

चीनका लागि सामान्य वृद्धि हुनेछ । सन् २०२४ मा वृद्धि दर चार दशमलव आठ प्रतिशत हुने अनुमान गरिएको छ । सन् २०२४ जनवरीको पूर्वानुमानमा यो चार दशमलव सात प्रतिशत थियो । प्रतिवेदनअनुसार अमेरिकी अर्थव्यवस्था निरन्तर उच्च ब्याज दरहरूका बावजुद उल्लेखनीयरूपमा उत्साहित रहेको छ र यसले अहिलेसम्म मन्दी वा ‘सफ्ट ल्यान्डिङ’ लाई अस्वीकार गर्दै आएको छ । अमेरिकाका लागि नयाँ पूर्वानुमान जनवरीको एक दशमलव चार प्रतिशतको भविष्यवाणीको सट्टा सन् २०२४ मा दुई दशमलव तीन प्रतिशतले बढ्ने पूर्वानुमान गरिएको छ । 

प्रतिवेदनमा अन्य विकसित अर्थतन्त्रहरू भन्दा राम्रो प्रदर्शन गर्दै अमेरिकी अर्थव्यवस्था २०२५ मा एक दशमलव सात प्रतिशतले बढ्ने अनुमान गरिएको छ । बेरोजगारी दर अपेक्षाकृत अपरिवर्तित रहने छ भने मुद्रास्फीति २०२५ मा दुई दशमलव तीन प्रतिशतमा झर्ने अनुमान गरिएको छ । 

भारतको अर्थतन्त्र सन् २०२४ मा छ दशमलव नौ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यो जनवरीको पूर्वानुमानभन्दा शून्य दशमलव सात प्रतिशतले बढी हो । युक्रेन युद्धका बावजुद रुसको वृद्धि दर दुई दशमलव सात प्रतिशतले बढ्ने छ । यो जनवरीको एक दशमलव तीन प्रतिशतको पूर्वानुमानभन्दा अत्यन्त धेरै हो । अर्को प्रमुख उदीयमान बजार ब्राजिलले दुई दशमलव एक प्रतिशतले आर्थिक वृद्धि हासिल गर्ने अपेक्षा गरिएको छ । यो जनवरीको पूर्वानुमानभन्दा आधा प्रतिशतले बढी हो । 

विश्वका अन्य प्रमुख अर्थतन्त्रका लागि जापानको आर्थिक वृद्धिदर एक दशमलव दुई प्रतिशतमा अपरिवर्तित रहने अनुमान गरिएको छ । बेलायतको अर्थतन्त्र न्यून–वृद्धि क्षेत्रमा रहेकाले अब शून्य दशमलव चार प्रतिशतको सट्टा शून्य दशमलव आठ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

यद्यपि सन् २०२४ मा विकसित अर्थतन्त्रहरूको आर्थिक वृद्धिदर एक दशमलव तीन प्रतिशतबाट संशोधन गरेर एक दशमलव छ  प्रतिशत बनाइएको छ । युरोपेली सङ्घ (इयु) को आर्थिक वृद्धिदर एक दशमलव दुई प्रतिशतबाट घटेर एक प्रतिशतमा झारिएको छ । 

अफ्रिका र पश्चिमी एसिया अन्य दुई क्षेत्रहरूमा अपेक्षाभन्दा सुस्त वृद्धिको अनुमान गरिएको छ । प्रतिवेदनमा अफ्रिकाको वृद्धि दर तीन दशमलव पाँच प्रतिशतबाट घटाएर तीन दशमलव तीन प्रतिशत बनाइएको छ । पश्चिम एसियामा अब वृद्धि दर दुई दशमलव नौ प्रतिशतको स्थानमा दुई दशमलव सात प्रतिशत रहने अनुमान गरिएको छ । 

समग्रमा विकासशील अर्थतन्त्र सन् २०२४ मा चार प्रतिशतको सट्टा चार दशमलव एक प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यद्यपि विकसित देशहरूका लागि भने चार दशमलव आठ प्रतिशतको पूर्वानुमान गरिएको छ । यो जनवरीमा पूर्वानुमान गरिएको पाँच प्रतिशतभन्दा कम हो । 

सन् २०२४ मा वस्तु तथा सेवाको विश्वव्यापी व्यापार जनवरीमा अनुमान गरिएको दुई दशमलव चार प्रतिशतको तुलनामा तीन दशमलव दुई प्रतिशतले बढ्ने अनुमान गरिएको छ । दृष्टिकोण केवल सावधानीपूर्वक आशावादी रहेको प्रतिवेदनमा चेतावनी दिइएको छ । लामो समयसम्म उच्च ब्याज दर, ऋण दिगोपन चुनौतीहरू, निरन्तर भू–राजनीतिक तनाव र बढ्दो जलवायु जोखिमहरूले विकासका लागि चुनौतीहरू खडा गरिरहेका छन् । परिणामस्वरूप कम विकसित देश र साना टापु विकासोन्मुख राज्यहरूको दशकौँको विकास लाभलाई खतरा भएको छ ।

प्रतिवेदनमा आगामी वर्षहरूमा विश्वव्यापी वृद्धिदर सन् २०१०–२०१९ को औसत तीन दशमलव दुई प्रतिशतभन्दा कम रहने अनुमान गरिएको छ । मध्य वर्षको अद्यावधिक र जनवरी प्रतिवेदन संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक मामिला विभागले तयार गरेको हो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE