Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक

खबरडबली संवाददाता

एजेन्सी । संयुक्त राज्य अमेरिका र ठूला उदीयमान अर्थव्यवस्थाहरूको बलियो प्रदर्शनका कारण विश्वव्यापी आर्थिक सम्भावनाहरू सुधार भएका छन् । यद्यपि कमजोरीहरू बाँकी रहेको संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनमा उल्लेख छ । 

सन् २०२४ जनवरीको विश्व आर्थिक अवस्था र सम्भावनाहरूको प्रतिवेदनको मध्यावधिको अद्यावधिकअनुसार विश्व अर्थतन्त्र सन् २०२४ मा दुई दशमलव सात प्रतिशत र सन् २०२५ मा दुई दशमलव आठ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । 

जनवरीको प्रतिवेदनमा सन् २०२४ का लागि दुई दशमलव चार प्रतिशत र सन् २०२५ का लागि दुई दशमलव सात प्रतिशत वैश्विक वृद्धि दरको भविष्यवाणी गरिएको थियो । 
पछिल्लो संशोधनले मुख्यरूपमा अमेरिका र विशेषगरी ब्राजिल, भारत र रुसजस्ता उदीयमान अर्थतन्त्रहरूमा राम्रो दृष्टिकोण प्रतिबिम्बित गर्दछ । 

चीनका लागि सामान्य वृद्धि हुनेछ । सन् २०२४ मा वृद्धि दर चार दशमलव आठ प्रतिशत हुने अनुमान गरिएको छ । सन् २०२४ जनवरीको पूर्वानुमानमा यो चार दशमलव सात प्रतिशत थियो । प्रतिवेदनअनुसार अमेरिकी अर्थव्यवस्था निरन्तर उच्च ब्याज दरहरूका बावजुद उल्लेखनीयरूपमा उत्साहित रहेको छ र यसले अहिलेसम्म मन्दी वा ‘सफ्ट ल्यान्डिङ’ लाई अस्वीकार गर्दै आएको छ । अमेरिकाका लागि नयाँ पूर्वानुमान जनवरीको एक दशमलव चार प्रतिशतको भविष्यवाणीको सट्टा सन् २०२४ मा दुई दशमलव तीन प्रतिशतले बढ्ने पूर्वानुमान गरिएको छ । 

प्रतिवेदनमा अन्य विकसित अर्थतन्त्रहरू भन्दा राम्रो प्रदर्शन गर्दै अमेरिकी अर्थव्यवस्था २०२५ मा एक दशमलव सात प्रतिशतले बढ्ने अनुमान गरिएको छ । बेरोजगारी दर अपेक्षाकृत अपरिवर्तित रहने छ भने मुद्रास्फीति २०२५ मा दुई दशमलव तीन प्रतिशतमा झर्ने अनुमान गरिएको छ । 

भारतको अर्थतन्त्र सन् २०२४ मा छ दशमलव नौ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यो जनवरीको पूर्वानुमानभन्दा शून्य दशमलव सात प्रतिशतले बढी हो । युक्रेन युद्धका बावजुद रुसको वृद्धि दर दुई दशमलव सात प्रतिशतले बढ्ने छ । यो जनवरीको एक दशमलव तीन प्रतिशतको पूर्वानुमानभन्दा अत्यन्त धेरै हो । अर्को प्रमुख उदीयमान बजार ब्राजिलले दुई दशमलव एक प्रतिशतले आर्थिक वृद्धि हासिल गर्ने अपेक्षा गरिएको छ । यो जनवरीको पूर्वानुमानभन्दा आधा प्रतिशतले बढी हो । 

विश्वका अन्य प्रमुख अर्थतन्त्रका लागि जापानको आर्थिक वृद्धिदर एक दशमलव दुई प्रतिशतमा अपरिवर्तित रहने अनुमान गरिएको छ । बेलायतको अर्थतन्त्र न्यून–वृद्धि क्षेत्रमा रहेकाले अब शून्य दशमलव चार प्रतिशतको सट्टा शून्य दशमलव आठ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

यद्यपि सन् २०२४ मा विकसित अर्थतन्त्रहरूको आर्थिक वृद्धिदर एक दशमलव तीन प्रतिशतबाट संशोधन गरेर एक दशमलव छ  प्रतिशत बनाइएको छ । युरोपेली सङ्घ (इयु) को आर्थिक वृद्धिदर एक दशमलव दुई प्रतिशतबाट घटेर एक प्रतिशतमा झारिएको छ । 

अफ्रिका र पश्चिमी एसिया अन्य दुई क्षेत्रहरूमा अपेक्षाभन्दा सुस्त वृद्धिको अनुमान गरिएको छ । प्रतिवेदनमा अफ्रिकाको वृद्धि दर तीन दशमलव पाँच प्रतिशतबाट घटाएर तीन दशमलव तीन प्रतिशत बनाइएको छ । पश्चिम एसियामा अब वृद्धि दर दुई दशमलव नौ प्रतिशतको स्थानमा दुई दशमलव सात प्रतिशत रहने अनुमान गरिएको छ । 

समग्रमा विकासशील अर्थतन्त्र सन् २०२४ मा चार प्रतिशतको सट्टा चार दशमलव एक प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यद्यपि विकसित देशहरूका लागि भने चार दशमलव आठ प्रतिशतको पूर्वानुमान गरिएको छ । यो जनवरीमा पूर्वानुमान गरिएको पाँच प्रतिशतभन्दा कम हो । 

सन् २०२४ मा वस्तु तथा सेवाको विश्वव्यापी व्यापार जनवरीमा अनुमान गरिएको दुई दशमलव चार प्रतिशतको तुलनामा तीन दशमलव दुई प्रतिशतले बढ्ने अनुमान गरिएको छ । दृष्टिकोण केवल सावधानीपूर्वक आशावादी रहेको प्रतिवेदनमा चेतावनी दिइएको छ । लामो समयसम्म उच्च ब्याज दर, ऋण दिगोपन चुनौतीहरू, निरन्तर भू–राजनीतिक तनाव र बढ्दो जलवायु जोखिमहरूले विकासका लागि चुनौतीहरू खडा गरिरहेका छन् । परिणामस्वरूप कम विकसित देश र साना टापु विकासोन्मुख राज्यहरूको दशकौँको विकास लाभलाई खतरा भएको छ ।

प्रतिवेदनमा आगामी वर्षहरूमा विश्वव्यापी वृद्धिदर सन् २०१०–२०१९ को औसत तीन दशमलव दुई प्रतिशतभन्दा कम रहने अनुमान गरिएको छ । मध्य वर्षको अद्यावधिक र जनवरी प्रतिवेदन संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक मामिला विभागले तयार गरेको हो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरामा ‘टुर द पोखरा–०८२’ सम्पन्न

पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...

उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ।  गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...

उदयपुरमा खुकुरी प्रहार गरी भाइकाे हत्या गर्ने दाइ पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...

एमालेमा ओलीविरुद्ध पाेखरेल पक्ष सशक्त बन्दै

काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...

प्याराग्लाइडिङ दुर्घटनामा बङ्गलादेशी नागरिक घाइते

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...

बाँकेमा शीतलहर सुरु, चिसाे बढ्याे

बाँके ।  बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...

समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन दिइँदैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...

मानविय र आर्थिक पुनर्निर्माणमा श्रीलङ्कालाई आईएमएफको सहायता

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्य विस्तार

टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending