Khabar Dabali १७ फाल्गुन २०८२ आईतवार | 1st March, 2026 Sun
Investment bank

दक्षिण अफ्रिकाद्वारा गाजामा युद्धविरामको आदेश दिन र रफाहामथि इजराइली आक्रमण रोक्न अन्तर्राष्ट्रिय न्यायालयलाई आग्रह

खबरडबली संवाददाता

एजेन्सी । दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) समक्ष इजराइललाई प्यालेस्टिनीहरू विरुद्धको नरसंहारको आरोप लगाएको मुद्दाअन्तर्गत रफाहमा भएको आक्रमण रोक्ने आदेश दिन आग्रह गरेको अल जजिराले बिहीबार रिपोर्ट गरेको छ । 

गाजामा इजराइलको आक्रमणलाई लिएर जनवरीमा मुद्दा दायर गरेको दक्षिण अफ्रिकाले दक्षिणी गाजा पट्टीको रफाह सहरमा आफ्नो आक्रमणलाई लिएर थप आपत्कालीन उपायहरू खोजिरहेको छ । यसले बिहीबार हेगको अदालतमा प्यालेस्टिनी जनताले ‘निरन्तर विनाश’ को सामना गरिरहेको र रफाहमा भएको आक्रमणले ‘गाजा पूर्णरूपमा नष्ट भएको अन्तिम खेलको हिस्सा’ बताएको छ । 

दक्षिण अफ्रिकी वकिल टेम्बेका एनग्कुकाइटोबीले ‘नरसंहार’ को परिणाम निम्त्याउन सक्ने ‘स्पष्ट चेतावनी’ हुँदाहुँदै पनि इजराइलले रफाहमा आक्रमण गर्न दबाब दिइरहेको बताए । सन् १९४९ को नरसंहार महासन्धि उल्लङ्घन गरेको दक्षिण अफ्रिकाको दाबीलाई आधारहीन भन्दै अस्वीकार गरेको इजराइलले शुक्रबार जवाफ दिने अल जजिराले जनाएको छ । 

अदालती सुनुवाइको केही मिनेटअघि इजराइली रक्षामन्त्री योव गालान्टले व्यापकरूपमा आलोचना गरिएको रफाह अपरेसन जारी रहने बताए । आइसीजेका न्यायाधीशहरूले पहिले नै गाजामा मानवीय पीडा सीमित गर्न अस्थायी उपायहरू जारी गर्दै इजराइललाई आवश्यक पहल गर्न आदेश दिएका थिए । ती प्रावधानमध्ये इजराइलले गाजामा गम्भीर भोकमरीबाट पीडित प्यालेस्टिनीहरूलाई ढिलाइ नगरी आधारभूत खाद्यान्न आपूर्ति सुनिश्चित गरेका थिए । 

यस महिना इजराइली सेनाले मानवीय सहायताका लागि महत्त्वपूर्ण प्रवेश विन्दु गाजा पट्टी र इजिप्टबीचको रफाह सीमा क्रसिङको प्यालेस्टिनी पक्ष कब्जा गरी बन्द गरेको हो । सहायता एजेन्सीहरूले इजराइलको यो कदमले उनीहरूको सहायता सञ्चालनमा उल्लेखनीय बाधा पुर्याएको चेतावनी दिएका छन् । 

“यो मानवीय सहायताका लागि गाजाको प्राथमिक केन्द्र हो, यदि रफाह पतन भयो भने भने गाजाले पनि पतन हुन्छ”, दक्षिण अफ्रिकाले अदालतमा लिखित निवेदनमा भन्यो ।

“मानवीय सहायतालाई अवरुद्ध गर्नु प्यालेस्टिनीहरूको जीवनको अन्त्यका रुपमा हेर्न सकिन्छ । भोकमरी अनिकालसम्म पुगेको छ”, वकिल आदिला हासिमले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE