Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं ।  सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको छ ।  

“दुर्भाग्यवस उहाँ जेलको क्रूर अवस्थाबाट बाँच्न सक्नुभएन ।  उहाँ कुनै मुद्दा, सुनुवाई र आफ्नो परिवारसँगको कुनै पनि प्रकारको सञ्चार बिना सात वर्षसम्म सिरियाली हिरासतमा रहनुभएको थियो,” अमेरिकी बन्धक र बन्दीहरूका परिवारका सदस्यहरूद्वारा आफ्नो परिवारको तत्काल रिहाइको लागि वकालत गर्ने अभियान ‘ब्रिङ आवर फेमिलीज होम क्याम्पियन (बिओएफएच)’ का प्रवक्ता जोनाथन फ्रान्कसले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन् । 

“उहाँ एक दयालु र मायालु व्यक्ति हुनुहुन्थ्यो,” कमलमाजको व्यक्तित्वको वयान गर्दै फ्रान्कसले भने । उनले भने, “टेक्सासमा जन्मिनुभएका र पेसाले मनोचिकित्सक रहेका कमलमाजलाई सन् २०१७ मा दमास्कसको एक सुरक्षा जाँच केन्द्रमा आफ्नो परिवारलाई भेट्न जाँदा हिरासतमा लिइएको थियो । सिरियाली सरकारद्वारा बन्दी बनाइएका अमेरिकी कैदीहरूको रिहाइको प्रयासमा सन् २०२० मा ट्रम्प प्रशासनका अधिकारीहरूले दमास्कसको भ्रमण गरेपछि पनि अमेरिकी बन्दीको रिहाइका लागि सिरियाली सरकार सककारात्मक नदेखिएपछि परिवारका सदस्यहरू निराश भएका थिए । प्रारम्भिक नजरबन्ददेखि नै मौन रहनुभएका कमलमाज कहिल्यै घर फर्किनुभएन । 

यस वर्षको सुरुमा पहिलोपटक बन्धक र गलत नजरबन्द दिवसको सन्दर्भमा बोल्दै आफ्नो बुबाको बेपत्ता जीवनबारे मरियम कमलमाजले भने, “हामी उहाँ अदृश्य भएपनि उहाँको उपस्थितिको महसुस गरिरहने छौँ ।”

“विगत सात वर्षदेखि  हामी बुबाको अनुपस्थितिसँग सङ्घर्ष गरिरहेका छौं । हाम्रो परिवारले भोगेको पीडा र भावनात्मक उथलपुथलले हाम्रो जीवनमा ठुलो असर पारेको छ,” मरियमले आफ्नो बुबाको निधनको घोषणा पश्चात भने । 

“परिवार र सबै अमेरिकीले उहाँलाई धेरै याद गर्नेछौँ । हामी आवश्यक पर्ने अरूलाई सहयोग गर्ने उहाँको विरासत जीवित रहन्छ भन्नेमा आशावादी छौँ,” उनले भने । 

फेब्रुअरी २०१७ मा सिरियामा बेपत्ता भएदेखि कमलमाजलाई न देखिएको थियो न उहाँको कुनै प्रतिक्रिया सार्वजनिक भएको थियो ।  “जति समय बितिसकेको भएपनि एफबिआईको होस्टेज रिकभरी फ्युजन सेलका पीडित र उनीहरूका परिवारका तर्फबाट सबै अमेरिकी बन्धकहरू रिहाई गर्ने र बन्धक वा बेपत्ता भएका परिवारहरूलाई सहयोग गर्न काम गर्नेछ,” होस्टेज रिकभरी फ्युजन सेलको एक विज्ञप्तिमा जनाइएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४०८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख ५८ हजार राजस्व दाखिला भएको...

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौँ । यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिकाले १२८ ठाउँमा डुबानको जोखिम पहिचान गरेको छ । जसबाट करिब आठ हजार ३१५ परिवार प्रभावित हुन सक्ने अनुमान...

देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशका विभिन्न भागमा आज मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह ग...

गर्मी बढेसँगै घरभित्रै सर्पको जोखिम, ओछ्यानमै पुग्छ मृत्युकाे खतरा

बढ्दो तापक्रमसँगै गाउँदेखि शहरसम्म सर्पको त्रास, लापरबाहीले निम्त्याउन सक्छ ज्यानै जाने जोखिम

विश्वकप हेर्न प्रोजेक्टरमा भिड जम्मा गर्न अनुमति अनिवार्य, डिजिटल ठगीबाट सचेत रहन आग्रह

काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको फिफा विश्वकप–२०२६ बिहीबार मध्यरातिबाट सुरु भएसँगै नेपालमा पनि प्रोजेक्टरमार्फत साम...

कोशी भेलाअघि विराटनगरमा जुटे शेखर–शशांक

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आइतबार आयोजना गर्ने कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन कांग्रेस नेता शेखर कोइराला र पूर्व महामन्त्री...

विश्वकप २०२६ इतिहासकै सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने प्रतियोगिता बन्ने जोखिम

काठमाडौं । सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबल हालसम्मकै सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने खेल प्रतियोगिता बन्न सक्ने भन्दै विज्ञहरूले चिन्ता ...

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । दाङमा एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गरिरहेका गढवा गाउँप...

मल अभावले दाङका किसान संकटमा : रातभर लाइन, आधा बोरा मलमै चित्त बुझाउन बाध्य

घोराही (दाङ)  । बर्खे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको चरम अभावका कारण समस्यामा परेका छन्। समयमै मल नपाउँदा किसानहरू रातभर लाइनमा बस...

विश्वकपमा अमेरिकाको दबदबा : पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को अग्रता

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को आफ्नो पहिलो खेलमा आयोजक अमेरिका उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को फराकिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending