Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

युवा विदेश पलायन हुँँदा जमिन बाँझै, दैलेखमा ८ हजार हेक्टर खेतीयोग्य भूमी जंगल बन्दै

खबरडबली संवाददाता

दैलेख । कर्णाली प्रदेश सरकारले तीन वर्षअघि खेतीयोग्य बाँझो जग्गामा खनजोत गरी उत्पादन बढाउने किसानको आयआर्जन वृद्धि गरी जीवनस्तर उकास्ने लक्ष्यअनुसार बाँझो जग्गा राख्न नपाइने नीति लिएको थियो । सोही निर्णय अनुसार कर्णालीका विभिन्न जिल्लामा बाँझो जग्गा खनजोत पनि थालिएको थियो । स्थानिय सरकार, प्रदेश सरकारले नीति तथा कार्यक्रममा बाँझो जग्गा खनजोत कार्यक्रमलाई निरन्तरता नदिएपछि दैलेखमा खेतीयोग्य जमिन बाँझीने क्रम बढेको छ ।

दैलेखमा कुल खेतीयोग्य जमिन ४३ हजार १ सय २१ हेक्टर हेक्टर रहेको छ । त्यसमध्ये८ हजार ६ सय२४हेक्टर खेतीयोग्य जमिन बाँझै रहेकाे छ । सरकारी नीति कार्यक्रमले खेती विस्तार तथा उत्पादन वृद्धि हुनुको साटो बाँझो जग्गा छोड्ने प्रवृत्ति बढ्दै कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ झलक भण्डारीले बताउँछन् । पछिल्लो समय जिल्लाका ३४ हजार४ सय ९७ हेक्टर जमिनमा खेती भइरहेको उनले बताए ।

सिँचाइको अभाव, युवाहरू विदेश पलायन हुनु, बसाइँसराइ र कृषकहरू नै कृषि पेसाप्रति आकर्षण घट्दै जाँदा खेतीयोग्य जमिन बाँझो रहने क्रम नरोकिएको उनको भनाइ छ । जिल्लाका ११ वटै स्थानीय तहमा बर्सेनि जग्गा बाँझो रहने क्रम बढ्दै गएको उनले बताए ।

यस्तै नारायण नगरपालिका कृषि शाखा प्रमुख खेमराज शर्माका अनुसार पछिल्ला वर्षमा खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्ति बढ्दै गएकाले सिँचाइयुक्त जमिन पनि बाँझो रहन थालेको छ । नारायण नगरपालिका भित्र किसान लक्षित कार्यक्रम संञ्चालन गरिएको उनको भनाई छ ।उनले प्रदेश सरकारले ,स्थानिय सरकारले किसान लक्षित कार्यक्रम संञ्चालन ल्याउन नसक्दा उत्पादन घटेको बताए । नगरपालिका उत्पादन बढाउने उदेश्यले नारायण नगरपालिका वडा नं–११मा आलु खेति,वडा नं– १०,५,९मा कागती खेती संञ्चालन गरिएको उनले जानकारी दिए ।

खेतीयोग्य जमिन बाँझीएकै कारण जिल्लामा वर्षेनी हजारौ मेट्रिकटन खाद्यन्न आयातमै निर्भर हुनुपर्ने बाध्यता रहेको नारायण नगरपालिका –११ का बिक्रम बिष्टले बताउँछन् । उनले स्थानीय तहहरूको कृषक लक्षित नीति तथा कार्यक्रम ल्याउन नसक्दा खेती योग्य क्षेत्रको विस्तार र उत्पादन घट्ने गरेको उनको भनाई छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वप्रधानमन्त्री माधव नेपालले गरे चलचित्र “नमेटिने घाउ’’को आफ्नो दृश्यको डबिङ

काठमाडौं । चलचित्र “नमेटिने घाउ’’ मा अभिनय गरेका पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले आफ्नो भागको दृश्यको डबिङ गरेका छन्  । शुक्रबार रेडियो नेपालको स...

पाकिस्तानलाई हराउदै श्रीलंका महिला एशिया कपको फाइनलमा

काठमाडौँ । श्रीलंका जारी महिला एशिया कपको फाइनलमा पुगेको छ । शुक्रबार राती सम्पन्न दोस्रो सेमिफाइनल खेलमा श्रीलंकाले पाकिस्तानलाई ३ विकेटले पराजित गर्...

महिला एसिया कपः आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र श्रीलंकाले प्रतिस्पर्धा गर्ने भएका छन् । दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्...

देशभर सोमबारसम्म वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध

 काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।  शनिबार दिउँसो देशभर साधारणतया बदली रहने...

कार्यालयलाई कमिसन नदिँदा रोकियो भुक्तानी

गुल्मी । गुल्मीमा एक निर्माण व्यवसायीले काम गरेबापत सम्बन्धित कार्यालयका इन्जिनियरलाई कमिसन नदिदा कार्यालयबाट हुने भुक्तानी रोकिएको छ । सडक डिविजन पाल...

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै...

आफुखुसी संविधान संसोधन गरिए सशक्त प्रतिकारमा उत्रने प्रकाण्डको चेतावनी

कालिकोट । नेकपाका पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले नेकपालाई पर राखेर संविधान चलाउन खोजियो भने देशमा फेरी  आगो बल्ने  बताएका छन । आफ्नो...

उपत्यकाका सबै पालिकामा आइतबार शोक बिदा

काठमाडौं । काठमाडौं उपत्यकाको मेयर्स फोरमले कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनमा शोक बिदा दिने निर्णय गरेको छ । फोरमले उपत्यकाभरका प...

सौर्य विमान दुर्घटनाः माग सम्बोधन नभए शव नबुझ्ने आफन्तको अडान

काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरुको आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछ...

गौशाला २६ को पत्रलाई नमान्ने महान्यायाधिवक्ता कार्यालयको अडान

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आफूले हालेको मुद्दालाई थप अगाडि नबढाउने गौशाला २६ ले निर्णय लिएपछि उब्जेको प्रश्न हो, के अब यो मुद्दा समाप्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy