पर्वत । पर्वतमा करिब दुई हजार किसान व्यावसायिक आलु खेती गर्न लागेका छन् ।
कृषि ज्ञान केन्द्र पर्वतले खायन आलु उत्पादन तथा प्रवर्द्धन कार्यक्रम संचालन गरेपछि विगतमा आलुको उपभोगमुखि खेती गर्दै आएका यहाँका करिब दुई हजार किसान व्यावसायिक खेतीमा लागेको बागवानी विकास अधिकृत शङ्कर पौडेलले जानकारी दिए ।
कार्यक्रमअन्तर्गत हिउँदे मौसममा जिल्लाभरका एक हजार आठ सय २१ जना कृषकले व्यावसायिक आलु खेती गरी आम्दानी गरेका पनि पौडेलले बताए । “किसानलाई व्यावसायिक आलु खेतीतर्फ आकर्षित गर्दै जिल्लालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम संचालन गरिएको हो । चालु आर्थिक वर्षका लागि रु तीन करोड विनियोजन गरिएको छ । सो रकमबाट आलुको बीउ, मल, कृषि औजार तथा बजारीकरणका लागि अनुदान उपलव्ध गराइएको छ”, पौडेलले भने ।
चालु आवमा एक सय २५ हेक्टरमा आलु खेती विस्तार गर्ने लक्ष्य रहेकामा कृषकको मागअनुसार एक सय ५५ हेक्टर क्षेत्रफलमा मात्र खेती गरिएको छ । त्यसबाट दुई हजार छ सय ५८ मेट्रिकटन आलु उत्पादन भएको छ । त्यसमध्ये कृषकले उपभोग गरेर बाँकी रहेको आलु बिक्रीबाट रु पाँच करोड आम्दानी गरेका कृषि ज्ञान केन्द्रले जनाएको छ ।
पर्वतमा जनकदेव, खुमल, उज्ज्वल, खुमल सेतो, एमएस ४२, कुफ्री, ज्योती, ताराखोला, जातका आलुको खेती गरिएको थियो । प्रतिहेक्टर न्यूनतम २६ मेट्रिकटनदेखि अधिकतम ४६ मेटिकटनसम्म उत्पादन भएको बागवानी विकास अधिकृत पौडेलले जानकारी दिए ।
आलु खेतीमा लागेका कृषकलाई ज्ञान केन्द्रले नियमितरूपमा प्राविधिक सल्लाहका साथै अनुगमनको काम पनि गर्ने गरेको थियो । जिल्लाभर ५४ वटा समूहमार्फत आलु खेती विस्तार गरिएको केन्द्रले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - २०:१४
पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...
पौष ५ गते, २०८२ - २०:०६
उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ। गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...
पौष ५ गते, २०८२ - २०:०४
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...
पौष ५ गते, २०८२ - १९:५७
काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...
पौष ५ गते, २०८२ - १९:४५
लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...
पौष ५ गते, २०८२ - १९:४२
बाँके । बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...
पौष ५ गते, २०८२ - १९:३८
अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...
पौष ५ गते, २०८२ - १९:३६
म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...
पौष ५ गते, २०८२ - १९:३३
कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...
पौष ५ गते, २०८२ - १९:३१
टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...




प्रतिकृया लेख्नुहोस्: