पर्वत । पर्वतमा करिब दुई हजार किसान व्यावसायिक आलु खेती गर्न लागेका छन् ।
कृषि ज्ञान केन्द्र पर्वतले खायन आलु उत्पादन तथा प्रवर्द्धन कार्यक्रम संचालन गरेपछि विगतमा आलुको उपभोगमुखि खेती गर्दै आएका यहाँका करिब दुई हजार किसान व्यावसायिक खेतीमा लागेको बागवानी विकास अधिकृत शङ्कर पौडेलले जानकारी दिए ।
कार्यक्रमअन्तर्गत हिउँदे मौसममा जिल्लाभरका एक हजार आठ सय २१ जना कृषकले व्यावसायिक आलु खेती गरी आम्दानी गरेका पनि पौडेलले बताए । “किसानलाई व्यावसायिक आलु खेतीतर्फ आकर्षित गर्दै जिल्लालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम संचालन गरिएको हो । चालु आर्थिक वर्षका लागि रु तीन करोड विनियोजन गरिएको छ । सो रकमबाट आलुको बीउ, मल, कृषि औजार तथा बजारीकरणका लागि अनुदान उपलव्ध गराइएको छ”, पौडेलले भने ।
चालु आवमा एक सय २५ हेक्टरमा आलु खेती विस्तार गर्ने लक्ष्य रहेकामा कृषकको मागअनुसार एक सय ५५ हेक्टर क्षेत्रफलमा मात्र खेती गरिएको छ । त्यसबाट दुई हजार छ सय ५८ मेट्रिकटन आलु उत्पादन भएको छ । त्यसमध्ये कृषकले उपभोग गरेर बाँकी रहेको आलु बिक्रीबाट रु पाँच करोड आम्दानी गरेका कृषि ज्ञान केन्द्रले जनाएको छ ।
पर्वतमा जनकदेव, खुमल, उज्ज्वल, खुमल सेतो, एमएस ४२, कुफ्री, ज्योती, ताराखोला, जातका आलुको खेती गरिएको थियो । प्रतिहेक्टर न्यूनतम २६ मेट्रिकटनदेखि अधिकतम ४६ मेटिकटनसम्म उत्पादन भएको बागवानी विकास अधिकृत पौडेलले जानकारी दिए ।
आलु खेतीमा लागेका कृषकलाई ज्ञान केन्द्रले नियमितरूपमा प्राविधिक सल्लाहका साथै अनुगमनको काम पनि गर्ने गरेको थियो । जिल्लाभर ५४ वटा समूहमार्फत आलु खेती विस्तार गरिएको केन्द्रले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: