काठमाडौं । सरकारले सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक नियुक्ति गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा पर्यटन प्रवद्र्धक नियुक्त गर्न लागेको हो ।
मन्त्रालयको पर्यटन प्रवद्र्धन शाखाले आज सूचना प्रकाशित गर्दै अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यविधि, २०७९ बमोजिम नियुक्ति भएका देश/प्रान्त/सहरमा बाहेक अन्य स्थानमा पर्यटन प्रवद्र्धन नियुक्ति गर्ने कार्यक्रम तय भएकाले मापदण्ड पुगेका इच्छुक सगरमाथा आरोहीलाई सात दिनभित्र पर्यटन प्रवद्र्धन शाखामा निवेदन पेस गर्न आग्रह गरेको छ ।
पर्यटन प्रवद्र्धन शाखाका उपसचिव अनिल किरातीका अनुसार सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने आरोहीलाई पर्यटन प्रवद्र्धकमा नियुक्त गरिनेछ । यसअघि नियुक्त भएका देश र सहरका २९ जना प्रवद्र्धकबाहेकका मुलुकमा सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक नियुक्त गरिने उपसचिव किरातीले बताए । पर्यटन मन्त्रालय (२०८० फागुन १३ गतेको मन्त्रिस्तरीय निर्णय)ले विश्वमा नेपालको पर्यटन प्रवद्र्धन गर्न २९ जनालाई पर्यटक प्रवर्द्धक नियुक्त गरेको थियो ।
पर्यटन प्रवर्द्धकका लागि २१ वर्ष उमेर पूरा भएको नेपाली वा गैरआवासीय नेपाली एवं विदेशी नागरिक हुनुपर्नेछ । पर्यटनसम्बन्धी व्यापार, पेसामा कम्तीमा ७ वर्षदेखि संलग्न रही ख्याति प्राप्त गरेको वा नेपालप्रति सद्भाव र रुचि भई नेपालको पर्यटन प्रवर्द्धन गर्न सक्ने राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त गरेको हुनुपर्ने मापदण्ड राखिएको छ ।
विश्व पर्यटन बजारमा नेपाललाई आकर्षक, रमणीय र सुरक्षित पर्यटकीय गन्तव्यस्थलका रुपमा परिचित गराउँदै स्वयंसेवी भावनाका साथ नेपालको प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक एवं जैविक सम्पदा एवं खेलकुद, मनोरञ्जनको सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा फैलाउन सहयोग पुर्याउने सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक नियुक्त गरिने सूचनामा भनिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८२ - २०:३९
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अतिक्रमित क्षेत्रमा नेपाली सेनाले सुरक्षा पोष्ट सुरक्षा स्थापना गरेको छ ।भारततर्फका स्थानीयले अतिक्रमण गरेर...
आषाढ़ २३ गते, २०८२ - २०:३७
जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका– ५ ठुलोहाँका पाटनमा सोमबार साँझ चट्याङ लागेर एक व्यक्ति घाइते भएका छन् भने सयौं भेडा मरेका छन् । ठुलोहाँकामा ग...
आषाढ़ २३ गते, २०८२ - २०:२६
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख घुस रकम सहित रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष जनार्दन यादवलाई पक्राउ गरेक...
आषाढ़ २३ गते, २०८२ - १९:५३
काठमाडाैं । सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादी युनुस अन्सारी कारागार चलान भएका छन् । धरौटी रकम नबुझाउँदा अन्सारी कारागार चलान भएका हुन् । सम्पत्...
आषाढ़ २३ गते, २०८२ - १९:४९
कैलाली । पछिल्ला वर्षमा सडक पूर्वाधार स्तरोन्नति हुँदा धनगढी सहरको स्वरूप फेरिन थालेको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका मुख्य र शाखा ...
आषाढ़ २३ गते, २०८२ - १९:४४
काठमाडाैं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक...
आषाढ़ २३ गते, २०८२ - १९:४१
उदयपुर । माध्यमिक परीक्षा शिक्षा (एसइई)मा उदयपुर जिल्लाका छवटा सामुदायिक विद्यालयले शत प्रतिशत नजिता ल्याउन सफल भएका छन् । शिक्षा विकास तथा समन्वय इका...
आषाढ़ २३ गते, २०८२ - १९:३७
काठमाडाैं । शान्तिका अग्रदुत गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत ...
आषाढ़ २३ गते, २०८२ - १९:३४
जनकपुर । जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट देउरी परवाहा स्टेशनदेखि पूर्वरेल्वे लिकमा एकजनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय धनुष...
आषाढ़ २३ गते, २०८२ - १९:३१
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्ससँग जोडिएका देशहरूमा थप १० प्रतिशत कर लगाउने वाचा गरेपछि चीनले सोमबार ब्राजिल, रुस र भारतसमेत समाव...
प्रतिकृया लेख्नुहोस्: