काठमाडौं । अन्तरिक्ष यात्रा गर्ने सबैको सपना हुन्छ । तर त्यस्ता भाग्यमानी मान्छे कमै हुन्छन् जसको सपना पूरा हुन्छ । तर, अब केहीको यो सपना पूरा हुन लागेको छ ।
ब्लू ओरिजिनले लगभग दुई वर्षपछि अमेरिकी समू अनुसार आइतबार बिहान साढे ८ बजे ६ जनालाई अन्तरिक्षमा पठाउने भएको छ । सन् २०२२ मा यसको एउटा रकेट दुर्घटना भयो, त्यसपछि कम्पनीले उडानमा प्रतिबन्ध लगाएको थियो ।
अब फेरि एकपटक अमेजनका संस्थापक जेफ बेजोसको कम्पनी सबर्बिटल रकेट प्रक्षेपण गर्ने तयारीमा छ । यसले अन्तरिक्ष पर्यटन बजारमा प्रतिस्पर्धा बढाउने अपेक्षा गरिएको छ । अन्तरिक्षमा पठाइने ६ जनामध्ये पूर्व वायुसेना पाइलट एड ड्वाइट पनि सामेल छन् । उनलाई अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले सन् १९६१ मा देशको पहिलो अश्वेत अन्तरिक्ष यात्री उम्मेदवारको रूपमा चयन गरेका थिए तर उनलाई अन्तरिक्षमा उड्ने अवसर दिइएन ।
जानकारीका अनुसार सबै छ जना अमेरिकाको वेस्ट टेक्सासस्थित कम्पनीको लन्च साइट वन बेसबाट उड्नेछन् । यो उडानसँगै वायुसेनाका पूर्व पाइलटले नयाँ इतिहास रच्न लागेका छन् । ९० वर्ष, आठ महिना र १० दिनको उमेरमा, ड्वाइट अन्तरिक्षमा सबैभन्दा वृद्ध व्यक्ति बन्नेछन्। उनले स्टार ट्रेक अभिनेता विलियम शाटनरको कीर्तिमान तोड्नेछन् ।
शाटनरको जन्म क्यानडामा मार्च २२, १९३१ मा भएको थियो । उनी क्यानेडियन अभिनेताका रूपमा चिनिन्छन् । अभिनेता हुनुको अलावा उनी लेखक, निर्देशक, निर्माता, पटकथा लेखक र गायक पनि हुन् । उनी सन् २०२१ मा अन्तरिक्ष यात्री पनि बनेका थिए । ९० वर्षको उमेरमा, शाटनरले अन्तरिक्षमा यात्रा गर्ने सबैभन्दा वृद्ध अन्तरिक्ष यात्री बन्ने कीर्तिमान राखेका थिए ।
यो ब्लू ओरिजिनको पहिलो उडान होइन । न्यू शेफार्ड-२५ मिसनको लागि सातौं उडान हो । छ जना मध्येका फ्रान्सेली उद्यमी सिल्भेन चिरोन यो उडानलाई लिएर निकै उत्साहित छन् । एक अन्तर्वार्तामा उनले आकाशबाट मानव संसारलाई सीमाविहीन र सुन्दरताले हेर्न पाउँदा निकै उत्साहित भएको बताएका थिए ।
ब्लू ओरिजिनले अहिलेसम्म ३१ जनालाई अन्तरिक्षमा पुर्याइसकेका छन् । यी यात्राहरू न्यू शेपर्ड मार्फत सम्पन्न भएका छन् । न्यू शेपर्ड एउटा सानो, पूर्ण रूपमा पुन: प्रयोज्य रकेट प्रणाली हो, जसको नाम अन्तरिक्षमा पहिलो व्यक्ति अमेरिकी एलन शेपर्डको नामबाट राखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - २०:१४
पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...
पौष ५ गते, २०८२ - २०:०६
उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ। गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...
पौष ५ गते, २०८२ - २०:०४
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...
पौष ५ गते, २०८२ - १९:५७
काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...
पौष ५ गते, २०८२ - १९:४५
लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...
पौष ५ गते, २०८२ - १९:४२
बाँके । बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...
पौष ५ गते, २०८२ - १९:३८
अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...
पौष ५ गते, २०८२ - १९:३६
म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...
पौष ५ गते, २०८२ - १९:३३
कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...
पौष ५ गते, २०८२ - १९:३१
टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...




प्रतिकृया लेख्नुहोस्: