Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने

खबरडबली संवाददाता

पर्सा । भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले यही जेठ १० देखि १२ गते बेलुका ६ बजेसम्म भारतसँग जोडिएका पर्साको सीमानाका बन्द हुने जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भारतको विहार राज्यको पश्चिम चम्पारण जिल्लामा जेठ १२ गते हुने लोकसभा निर्वाचनलाई लक्षित दुई देशबीचको सीमानाका बन्द हुने बताए । 

“दुवै मुलुकमा निर्वाचन हुँदा ४८ घण्टाअगावै सीमानाका बन्द गर्ने परम्पराअनुसार सीमानाका बन्द गर्ने सहमति भएको छ”, उनले भने, “भारतको विहार राज्यको पश्चिम चम्पारण जिल्लामा हुन गरिरहेको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न शुक्रबार बसेको बिडिसिसी बैठकको निर्णयअनुसार निर्वाचन हुनु ४८ घण्टाअघिदेखि सीमानाका बन्द गर्ने निर्णय भएको छ ।”

पर्साको एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ । दुवै मुलुकको बिडिसिसी बैठकको निर्णय र समाहरणालय, पश्चिम चम्पारण, बेतिया (विहार)को पत्राङ्कको पत्रबाट समेत अनुरोध भएर आएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । नेपालमा निर्वाचन हुँदा पनि भारतको सीमानाका बन्द गर्ने परम्परा रहँदै आइरहेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डोटीमा तीजको लागि माइत हिँडेकी महिलालाई पहिरोले पुर्‍यो

डोटी । डोटीमा पहिरोमा परेर एक महिलाको मृत्यु भएको छ।  आदर्श गाउँपालिका–३ उन्ने ओडारमा पहिरोमा परेर ६१ वर्षीया कौमतीदेवी ऐरको मृत्यु भएको हो। तीजको ...

इजरायल-हमास युद्ध १२औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

पेरिस । गाजामा इजरायल र हमासबीच जारी युद्ध शनिबार (सेप्टेम्बर ७ तारिख) १२औँ महिनामा प्रवेश गरेको छ। जारी युद्धबीच युद्धविरामका लागि इजिप्ट, अमेरिका...

सदरमुकाम नजिकै रहेर पनि ओझेलमा तनहुँको गलेखामकोट

तनहुँ । व्यास नगरपालिका–६ मा पर्ने गलेखामकोट तनहुँ सदरमुकाम दमौलीबाट १५ किलोमिटरको दूरीमा पर्छ। समुद्री सतहबाट एक हजार ३०० मिटर उचाइमा अवस्थित यहाँबाट...

यी प्रदेशमा हुँदैछ हल्कादेखि भारी वर्षा

काठमाडौं । देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो।  मौसम पूर्वानुमान महाशाखा...

आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।  प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने...

सुदन किरातीको दाबी : यो सरकार दसैँ-तिहारपछि आफैँ ढल्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले भ्रष्टाचारीलाई जोगाउने उद्देश्यले बनेको वर्तमान सरकार प्रथम दिनबाटै चरम विवादमा पर्दै आएको बताएक...

बागलुङमा बाढीले मोटरसाइकल र स्कुटर बगाउँदा ३ जनाको मृत्यु

बागलुङ । अविरल झरी र मध्यरातमा आएको बाढीले मोटरसाइकल र स्कुटर बगाउँदा ३ जनाको मृत्यु भएको छ। बागलुङ नगरपालिका ५ को बान्द्रेमा बिहीबार राति साढे १२ बजे...

तबला उपहार दिएका ओलीसँग बालेनको किन पर्दैछ जुहारी ?

काठमाडौं । काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’को समर्थन गरेको देखिने केही मानिसले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत फेसबुक पेज ...

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणमा श्रीमती राधिकासहित २२ जना जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण २२ सदस्यीय हुने भएको छ। राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्री सहितको टोली असोज ६ गते न्युयो...

४ वर्षीया बालिकाको पोखरीमा डुबेर, २१ वर्षीया युवतीको करेन्ट लागेर मृत्यु

बर्दिया । बर्दियामा भएका दुई छुट्टाछुट्टै घटनामा परेर दुई जनाको मृत्यु भएको छ।  गुलरिया नगरपालिका–३ भगवती टोलकी एक बालिकाको पोखरीमा डुबेर मृत्यु भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy