Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

विश्व नापतौल दिवस मनाइयो

खबरडबली संवाददाता

काठमाडौं । ‘भोलिको दिगोपनका लागि आज मापन गछौँ’ मूल नाराका साथ आज विश्व नापतौल दिवस मनाइएको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग र गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंको आयोजनामा विश्व नापतौल दिवस मनाइएको हो । 

फ्रान्सको पेरिसमा सन् १९७५ मा संसारभरि एकै प्रकारको नापतौल प्रणाली लागू गर्ने उद्देश्यले सुरु भएको मिटर सम्मेलनलाई आधार मानेर विश्वभरसहित नेपालमा समेत विश्व नापतौल दिवस मनाउन थालिएको हो । 

नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक ज्योति जोशीभट्टले औद्योगिक रुपमा विकासशील नेपालको औद्योगिक उत्पादनमा अन्तर्राष्ट्रिय नापतौलका एकाइ प्रयोग गर्दा आफ्ना उत्पादन अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सहज हुने हुँदा यसको महत्व अझ बढिरहेको बताइन । 

नेपाल नापतौलका अन्तर्राष्ट्रिय गतिविधिमा संलग्न रहेर निरन्तर रुपमा नापतौलका आधुनिक प्रणालीको विकास गरी नेपाल गुणस्तर तथा नापतौल विभागमार्फत देशभरिका उद्योग, कलकारखाना, व्यवसाय तथा प्रयोगशालालाई सेवा दिइरहेको उनको भनाइ छ । 

विभागका उपमहानिर्देशक तारादत्त भट्टले नेपालमा नापतौलको महत्व व्यापक बढेर गएको उल्लेख गरे । उनले औषधिमा नापतौल गडबढ भएमा बिरामीको ज्यान जान सक्ने उदाहरण प्रस्तुत गर्दै ऐन, नियमको पालना गरी नापतौलको प्रयोग गर्न आम व्यवसायी तथा उपभोक्तालाई आग्रह गरे । 

विभागका नापतौल महाशाखा प्रमुख एवं वरिष्ठ निरीक्षक मौनता मानन्धरले मानव जीवनमा नापतौलको ठूलो महत्व रहेको जनाउँदै यसलाई साँघुरो घेराबाट हेर्न नमिल्ने बताए । नेपाली उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा पुर्‍याउनका लागि नापतौलको महत्व बढेर गएको उनको भनाइ थियो । 

नापतौलमा विश्वभर एकरुपता कायम होस् भन्ने उद्देश्यले सन् १८७५ मा फ्रान्सको पेरिसमा सम्पन्न मिटर सम्मेलनमा अवधारणा ल्याइएको थियो । सुरुको समयमा उक्त सम्मेलनमा १७ देशले भाग लिए पनि हाल एक सयभन्दा बढी संस्था उक्त संस्थामा आबद्ध भइसकेका छन् । 

गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख राकेशकुमार झाले नापतौल कार्यालयबाट इजाजत लिएर मात्र नापतौलको प्रयोग गर्न आम व्यवसायीलाई आग्रह गरे । उनले सुरुमा जयस्थिति मल्ल र राम शाहको पालामा मानापाथीको चलन चले पनि विसं २०२५ मा स्ट्यान्डर्ड नापतौल ऐन निर्माण भई जारी भएको उल्लेख गरे । 

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले ढुङ्गा प्रयोग गरेर नापतौल भइरहेको उल्लेख गरे । उनले आगामी दिनमा देशभरका सबै स्थानीय तहमा नापतौल निरीक्षक राखेर अगाडि बढ्न सके नापतौलमा उपभोक्ता नठगिने बताए । विभागसहित आज देशभरका ११ वटा कार्यालयमा विभिन्न कार्यक्रम गरी विश्व नापतौल दिवस मनाइएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending