काठमाडौं । ‘भोलिको दिगोपनका लागि आज मापन गछौँ’ मूल नाराका साथ आज विश्व नापतौल दिवस मनाइएको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग र गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंको आयोजनामा विश्व नापतौल दिवस मनाइएको हो ।
फ्रान्सको पेरिसमा सन् १९७५ मा संसारभरि एकै प्रकारको नापतौल प्रणाली लागू गर्ने उद्देश्यले सुरु भएको मिटर सम्मेलनलाई आधार मानेर विश्वभरसहित नेपालमा समेत विश्व नापतौल दिवस मनाउन थालिएको हो ।
नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक ज्योति जोशीभट्टले औद्योगिक रुपमा विकासशील नेपालको औद्योगिक उत्पादनमा अन्तर्राष्ट्रिय नापतौलका एकाइ प्रयोग गर्दा आफ्ना उत्पादन अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सहज हुने हुँदा यसको महत्व अझ बढिरहेको बताइन ।
नेपाल नापतौलका अन्तर्राष्ट्रिय गतिविधिमा संलग्न रहेर निरन्तर रुपमा नापतौलका आधुनिक प्रणालीको विकास गरी नेपाल गुणस्तर तथा नापतौल विभागमार्फत देशभरिका उद्योग, कलकारखाना, व्यवसाय तथा प्रयोगशालालाई सेवा दिइरहेको उनको भनाइ छ ।
विभागका उपमहानिर्देशक तारादत्त भट्टले नेपालमा नापतौलको महत्व व्यापक बढेर गएको उल्लेख गरे । उनले औषधिमा नापतौल गडबढ भएमा बिरामीको ज्यान जान सक्ने उदाहरण प्रस्तुत गर्दै ऐन, नियमको पालना गरी नापतौलको प्रयोग गर्न आम व्यवसायी तथा उपभोक्तालाई आग्रह गरे ।
विभागका नापतौल महाशाखा प्रमुख एवं वरिष्ठ निरीक्षक मौनता मानन्धरले मानव जीवनमा नापतौलको ठूलो महत्व रहेको जनाउँदै यसलाई साँघुरो घेराबाट हेर्न नमिल्ने बताए । नेपाली उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा पुर्याउनका लागि नापतौलको महत्व बढेर गएको उनको भनाइ थियो ।
नापतौलमा विश्वभर एकरुपता कायम होस् भन्ने उद्देश्यले सन् १८७५ मा फ्रान्सको पेरिसमा सम्पन्न मिटर सम्मेलनमा अवधारणा ल्याइएको थियो । सुरुको समयमा उक्त सम्मेलनमा १७ देशले भाग लिए पनि हाल एक सयभन्दा बढी संस्था उक्त संस्थामा आबद्ध भइसकेका छन् ।
गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख राकेशकुमार झाले नापतौल कार्यालयबाट इजाजत लिएर मात्र नापतौलको प्रयोग गर्न आम व्यवसायीलाई आग्रह गरे । उनले सुरुमा जयस्थिति मल्ल र राम शाहको पालामा मानापाथीको चलन चले पनि विसं २०२५ मा स्ट्यान्डर्ड नापतौल ऐन निर्माण भई जारी भएको उल्लेख गरे ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले ढुङ्गा प्रयोग गरेर नापतौल भइरहेको उल्लेख गरे । उनले आगामी दिनमा देशभरका सबै स्थानीय तहमा नापतौल निरीक्षक राखेर अगाडि बढ्न सके नापतौलमा उपभोक्ता नठगिने बताए । विभागसहित आज देशभरका ११ वटा कार्यालयमा विभिन्न कार्यक्रम गरी विश्व नापतौल दिवस मनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...
पौष ६ गते, २०८२ - १८:०८
भोजपुर । टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण थालिएको बौद्धस्तूप सम्पन्न भ...
पौष ६ गते, २०८२ - १८:०५
काठमाडाैं । प्रतिनिधिसभा पुनर्स्थापनाको मागलाई लिएर नेपाली कांग्रेस र नेकपा एमाले खुला रूपमा अदालतसम्म जाने तयारीमा उत्रिनु वर्तमान नेपाली राजनीतिमा द...
पौष ६ गते, २०८२ - १७:५५
हाइनान । चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट नयाँ सञ्चार प्रविधि परीक्षण उपग्रह सफलतापूर्वक अन्तरिक्ष...
पौष ६ गते, २०८२ - १७:५३
जोहान्सबर्ग । दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले एक बारमा गोली चलाउँदा ९ जनाको मृत्यु भएको छ भने १...
पौष ६ गते, २०८२ - १७:५१
अमेरिका । दोस्रो विश्वयुद्धका नौसेनाका दिग्गज इरा ‘इके’ स्काब, सन् १९४१ मा पर्ल हार्बरमा भएको जापानी आक्रमणबाट बाँच्न सफल अन्तिम व्यक्तिहरूमध्ये एक, क...
पौष ६ गते, २०८२ - १७:४९
वासिङ्टन । संयुक्त राज्य अमेरिकाले शनिबार भेनेजुएलाको तट नजिकबाट एउटा तेल ट्याङ्कर नियन्त्रणमा लिएको छ । भेनेजुएलाले यस कदमलाई वासिङ्टनको दबाब अभियानक...
पौष ६ गते, २०८२ - १७:४७
फोनोम पेन । कम्बोडियामा थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद जारी रहँदा १९ जना नागरिकको मृत्यु भएको छ । यो विवादको १५औँ दिन हो । कम्बोडियाको रक्षा मन्...




प्रतिकृया लेख्नुहोस्: