मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट जनमुखी, पारदर्शी र जनताप्रति उत्तरदायित्व हुने गरी बजेटको खाका तयार पारिएको बताएका छन् ।
प्रदेशसभाको आज बसेको बैठकमा आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री थपलियाले सो कुरा बताएका हुन् । सरकारले अब आफ्नै क्षमताअनुसार कृषि उत्पादन बढाउन जैविक मल कारखानाको स्थापना गर्ने र सिमान्तकृत चेपाङ, दलित, आदिवासी जनजातिलाई क्रमशः स्वास्थ्य उपचार, शिक्षा र आर्थिक आत्मनिर्भर बनाउने गरी बजेटमा समेटिएको उनले उल्लेख गरे ।
गत आव २०८०/८१ को बजेट निर्माणमा देखिएका कमजोरीलाई सच्याएर प्रदेशको सबै क्षेत्रमा भौतिक पूर्वाधार र बहुवर्षीय योजनालाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने मन्त्री थपलियाको भनाइ छ । उनले आगामी वर्षको बजेटमा काठमाडौं उपत्यकालगायतका जिल्लामा समस्याको रुपमा रहेको फोहरमैला व्यवस्थापनलाई गुरु योजना तयार गरी चरणबद्ध रुपमा व्यवस्थित ढङ्गबाट नष्ट गर्ने र प्रदूषणबाट प्रभावितलाई स्वास्थ्य उपचार, रोजगारीका अवसर दिलाउने लक्ष्य लिएको बताए ।
बैठकमा आगामी आवको विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफलको क्रममा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामा तामाङले सङ्घीय सरकारदेखि प्रदेश सरकारसम्म सरकार हेरफेर भइरहँदा जनता हकअधिकारबाट वञ्चित हुनुपरेकोमा दुःख व्यक्त गरे ।
उनले प्रदेश सरकारले दलगत स्वार्थभन्दा माथि उठेर बहुवर्षीय योजना, भौतिक पूर्वाधारलाई बजेट विनियोजित गर्न र प्रदेशको विभिन्न जिल्लामा देखिएका बन्यजन्तुबाट आक्रमणमा परेका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेलगायतका विषयमा जोड दिए ।
प्रतिपक्ष दल राप्रपा संसदीय दलका नेता उद्धव थापाले सरकारले आगामी आवको बजेट तर्जुमा गर्दा बहुवर्षीय योजना, भौतिक पूर्वाधारको विकासमा प्रत्यक्ष जनता लाभान्वित हुने योजनालाई कार्यान्वयन गर्न सौद्धान्तिक पक्ष राम्रो भएपनि बजेटले भौगोलिक अवस्थाको मूल्याङ्कन नगरी बजेट विनियोजित गर्दा ती योजनालाई कार्यान्वयन गर्न कठिनाई भएको बताए ।
यस विषयमा पुनः सरकारले समिक्षा गरेर अघि बढ्नुपर्ने उनको सुझाव थियो । उक्त बैठकमा विधेयकको सैद्धान्तिक पक्षमा प्रदेश सभाका सदस्यहरु क्रमशः उर्मिलाकुमारी तामाङ, कुमारी तामाङ, सृजना सैजू, गीरबहादुर तामाङ, जयराम थापा, सुना परियार, गीता गुरुङ, गीता काफ्ले, मीना पराजुली, मधुसुदनप्रसाद पौडेल, कृष्णप्रसाद सिलवाल, गोविन्दप्रसाद लम्साल, राकृष्ण चित्राकार, सुरेन्द्रराज गोरसाईं र रत्नप्रसाद ढकाललगायतले सुझाव दिएका थिए ।
उनिहरुले सरकारलाई सैद्धान्तिक पक्षमा मात्र नभई प्रदेशको सबै जिल्लाका जनताको चाहाना र आवश्यकतालाई मध्यनजर गरी सम्मानजनक बजेट र योजना बाँडफाड गर्न सुझाव दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: